Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १२, २०८२
|
|
३४ पटक हेरिएको
Shares
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री

सारांश

  • स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पछिल्लो समयमा जलविद्युत् आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै गृह र ऊर्जा तथा जलस्रोत मन्त्री गुहारेको छ ।
  • आज दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरुमा सरकारको नीति र कानून विपरीत १० प्रतिशत निःशुल्क सेयर माग्ने तथा ती आयोजनाहरुमा अवरोध गर्ने कार्यहरु बढेकाले सरकारसँग सुरक्षा माग गर्नुपरेको उल्लेख गरेका छन् ।
  • उक्त पत्रमा नेपालको आर्थिक समृद्धिका लागि प्रमुख र महत्वपूर्ण क्षेत्रको रुपमा रहेको ऊर्जा क्षेत्रको आवश्यकता र महत्वलाई हृदयगम गरी लगानीकर्ताहरुलाई ढुक्क भई लगानीको वातावरण निर्माण गर्न आग्रह गरिएको छ ।

१२ असोज, काठमाडौं ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले पछिल्लो समयमा जलविद्युत् आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै गृह र ऊर्जा तथा जलस्रोत मन्त्री गुहारेको छ । आज दुवै मन्त्रीलाई पत्र लेख्दै इप्पान अध्यक्ष गणेश कार्कीले पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरुमा सरकारको नीति र कानून विपरीत १० प्रतिशत निःशुल्क सेयर माग्ने तथा ती आयोजनाहरुमा अवरोध गर्ने कार्यहरु बढेकाले सरकारसँग सुरक्षा माग गर्नुपरेको उल्लेख गरेका छन् ।

उक्त पत्रमा नेपालको आर्थिक समृद्धिका लागि प्रमुख र महत्वपूर्ण क्षेत्रको रुपमा रहेको ऊर्जा क्षेत्रको आवश्यकता र महत्वलाई हृदयगम गरी लगानीकर्ताहरुलाई ढुक्क भई लगानीको वातावरण निर्माण गर्न आग्रह गरिएको छ । विशेष गरी सिन्धुपाल्चोकमा निर्माण सम्पन्न ४५ मेगावाटको भोटेकोशी जलविद्युत् आयोजनामा भोटेकोशी गाउँपालिका जेनजी समूहका नाममा १० प्रतिशत शेयर निःशुल्क लगायतका माग राखेर विगत १७ दिनदेखि विद्युत् गृह बन्द छ भने यही कारण दैनिक करिब रु ९८ लाखसहित हालम्म रु १६ करोडभन्दा बढी गुमाउनु परेको उल्लेख छ ।

विद्युत् गृह बन्द गरेपछि पनि दैनिक रुपमा गर्नुपर्ने मर्मत सम्भार र अनुगमनका लागि समेत जान नदिएको घटनाप्रति इप्पानको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख गरिएको छ । यसैगरी सिन्धुपाल्चोककै जुगल गाउँपालिकाका स्थानीयबासीको नाममा १० जलविद्युत् आयोजनासँग निःशुल्क सेयर मागेर सम्बन्धित आयोजनाहरुमा पत्र पठाइएको तथा अन्य अन्य क्षेत्रहरुमा समेत विभिन्न माग राखेर आयोजनाहरुमा अवरुद्ध गर्ने क्रम बढेको छ भन्दै ती आयोजनाहरुमा शान्ति सुरक्षा कायम गर्न माग गरिएको छ । आयोजनामा हुने अवरोधले आयोजनाको लागत र समय बढ्नुका साथै निजी क्षेत्रको लगानीलाई पूर्ण रुपमा निरुत्साहित पनि बनाउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी प्रतिनिधिसँगको सम्झौता मन्त्रिपरिषद्‍बाट अनुमोदन, राजपत्रमा प्रकाशित गर्ने
जेनजी प्रतिनिधिसँगको सम्झौता मन्त्रिपरिषद्‍बाट अनुमोदन, राजपत्रमा प्रकाशित गर्ने
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न
पाकिस्तानमा एक विदेशी युवतीमाथि लगातार पाँच दिनसम्म सामूहिक बलात्कार
पाकिस्तानमा एक विदेशी युवतीमाथि लगातार पाँच दिनसम्म सामूहिक बलात्कार
नेताहरूले देशै बेच्न लागे भए पनि महानगर एक्लै नेपाल भनेर उभिनेछः बालेन
नेताहरूले देशै बेच्न लागे भए पनि महानगर एक्लै नेपाल भनेर उभिनेछः बालेन
बोलेरोको ठक्करबाट एक  विद्यार्थीको मृत्यु, एक घाइते
बोलेरोको ठक्करबाट एक विद्यार्थीको मृत्यु, एक घाइते
आज देशभर मनसुनको प्रभाव रहने
आज देशभर मनसुनको प्रभाव रहने
कर्मचारीलाई काममा ढिलासुस्ती नगर्न ऊर्जामन्त्रीको निर्देशन
कर्मचारीलाई काममा ढिलासुस्ती नगर्न ऊर्जामन्त्रीको निर्देशन
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर
यस्तो छ, शनिबार विदेशी मुद्राको विनिमयदर
एकैदिन १४ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य
एकैदिन १४ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्य
नुवाकोट हेलिकप्टर दुर्घटना : पाँच जनाको शव फेला
नुवाकोट हेलिकप्टर दुर्घटना : पाँच जनाको शव फेला