नुवाकोट हेलिकप्टर दुर्घटना : पाँच जनाको शव फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २३, २०८१
|
|
२८ पटक हेरिएको
Shares
नुवाकोट हेलिकप्टर दुर्घटना : पाँच जनाको शव फेला

सारांश

  • सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ।
  • गृहमन्त्रालयका आज बुधबार अनुसार हेलिकप्टरमा पाइलट अरुण मल्ल र चार जना चिनियाँ पर्यटक सवार थिए।
  • जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव भेटिएको छ।

 

२३ साउन, काठमाडौँ- नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ।

सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको ज्यान गएको छ। गृहमन्त्रालयका आज बुधबार अनुसार हेलिकप्टरमा पाइलट अरुण मल्ल र चार जना चिनियाँ पर्यटक सवार थिए। जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव भेटिएको छ।  हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याप्रुबेसीका लागि उडेको थियो।

एयर डाइनेस्टीको नाइन एनएजेडी हेलिकप्टर हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए। हेलिकप्टरमा  चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जीलि (पुरुष), यियाद वु-महिला) र जेमिङ सी (पुरुष) रहेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?