कर्मचारीलाई काममा ढिलासुस्ती नगर्न ऊर्जामन्त्रीको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ११, २०८२
|
|
२१ पटक हेरिएको
Shares
कर्मचारीलाई काममा ढिलासुस्ती नगर्न ऊर्जामन्त्रीको निर्देशन

सारांश

  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
  • मन्त्रालय र मातहतका कर्मचारीको आज यहाँ बसेको बैठकमा उहाँले ढिलासुस्ती नगरी प्रभावकारी कार्यसम्पादनमा लाग्ने सबैलाई निर्देशन दिनुभएको हो ।
  • “ मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिने, काममा ढिलाइ हुने गरेको गुनासो आएका छन् ।

११ जेठ, काठमाडौँ  ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालय र मातहतका निकायमा हुने काममा ढिलासुस्ती नगर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालय र मातहतका कर्मचारीको आज यहाँ बसेको बैठकमा उहाँले ढिलासुस्ती नगरी प्रभावकारी कार्यसम्पादनमा लाग्ने सबैलाई निर्देशन दिनुभएको हो । “

मन्त्रालय र अन्तर्गतका निकायमा फाइल रोकिने, काममा ढिलाइ हुने गरेको गुनासो आएका छन् । कुनै पनि फाइल रोकिएर नागरिकले समस्या भोग्नु भएन, तीन दिनभित्र कुनैपनि फाइलको छिनोफानो हुनेगरी काम गर्नुहोस्”, मन्त्री खड्काले भन्नुभयो । उहाँले मन्त्रालयअन्तर्गतका निकायबाट उल्लेख्य प्रगति हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरेमात्र हामीले लिएका लक्ष्य हासिल गर्न सहज हुने मन्त्रीको भनाइ छ । “कर्मचारीलाई स्थायी सरकार भन्छौँ, काम स्थायी देखिँदैन, आफूले पाएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गरौँ”, उहाँले भन्नुभयो ।

ऊर्जामन्त्री खड्काले मनसुन सुरु हुन लागेको भन्दै वर्षाबाट हुने जोखिम न्यूनीकरणका लागि सूचना प्रवाहलाई जनस्तरसम्म पु¥याउन जल तथा मौसम विज्ञान विभागलाई निर्देशन दिनुभयो । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराल, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, मन्त्रालयका सहसचिवलगायत मातहत निकायका कर्मचारीको सहभागिता थियो । बैठकमा मन्त्रालय र मन्त्रालय मातहतका निकायको वैशाख मसान्तसम्म भएको भौतिक तथा वित्तीय प्रगति विवरणसमेत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने
आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिवार्य
२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई विद्युतीय बिल अनिवार्य
रसुवा र संखुवासभामा पहिरो र बाढी : पासाङ ल्हामु राजमार्गसहित चीन जोड्ने नाका अझै अवरुद्ध
रसुवा र संखुवासभामा पहिरो र बाढी : पासाङ ल्हामु राजमार्गसहित चीन जोड्ने नाका अझै अवरुद्ध
शिक्षक आन्दोलनका कारण एकीकृत समाजवादीको बैठक स्थगित
शिक्षक आन्दोलनका कारण एकीकृत समाजवादीको बैठक स्थगित
भैरहवाको होटल निर्वाणा अगाडि गोली चल्यो, सुरक्षागार्ड घाइते
भैरहवाको होटल निर्वाणा अगाडि गोली चल्यो, सुरक्षागार्ड घाइते
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बन्द : महानिर्देशक अधिकारीलाई कारबाहीको माग
भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बन्द : महानिर्देशक अधिकारीलाई कारबाहीको माग
स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ
स्रोत नखुलेको ३९ लाखसहित एक जना पक्राउ
चितवनको क्यान्सर अस्पतालमा बालबालिकाको निःशुल्क उपचार सुरु,
चितवनको क्यान्सर अस्पतालमा बालबालिकाको निःशुल्क उपचार सुरु,
कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्
कार्यकर्तालाई प्रचण्डको निर्देशन- यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्
प्रतिनिधिसभा बैठक बस्दै,स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउने
प्रतिनिधिसभा बैठक बस्दै,स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराउने