मेरो हातबाट गलत काम भएको दिनदेखि राजनीतिमा देखापर्दिनँः गृहमन्त्री लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ १०, २०८२
|
|
३१ पटक हेरिएको
Shares
मेरो हातबाट गलत काम भएको दिनदेखि राजनीतिमा देखापर्दिनँः गृहमन्त्री लेखक

सारांश

  • शनिबार धनुषामा नेपाली कांग्रेसका कार्यकर्तासँगको छलफलका क्रममा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो हातबाट कुनै गलत काम भएको भए राजनीतिमा देखानपर्ने बताए।
  • उनले भने, ‘म एउटै कुरा के भन्छु भने जीवनभरि राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने, टाउको निहुरिने काम गर्दैनँ।
  • जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ, त्यो दिनदेखि म राजनीतिमा देखापर्दिनँ।

काठमाडौँ –

गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएको विषयमा मुख खोलेका छन्। शनिबार धनुषामा नेपाली कांग्रेसका कार्यकर्तासँगको छलफलका क्रममा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो हातबाट कुनै गलत काम भएको भए राजनीतिमा देखानपर्ने बताए। उनले भने, ‘म एउटै कुरा के भन्छु भने जीवनभरि राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने, टाउको निहुरिने काम गर्दैनँ। जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ, त्यो दिनदेखि म राजनीतिमा देखापर्दिनँ।’

यस विषयमा आफू काठमाडौँ पुगेपछि मन्त्रालयले विज्ञप्ति निकाल्ने बताए। साथै दुई चार दिनमा आफै पनि केही कुरा बोल्ने उनको भनाइ थियो। भिजिट भिसा प्रकरणमा आफूले खोजी गरिरहेको उनको दाबी थियो। उनले भने,’यस विषयमा मैले धेरै कुरा थाहा पाइसकेको छु। आजै काठमाडौँ गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुई–चार दिनमा आफैं पनि केही कुरा बोल्छु। त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि गृहमन्त्री लेखकको राजीनामा माग भइरहेको छ। गृहमन्त्री लेखकको चाहनामै भट्टराईलाई विमानस्थल अध्यागमनको जिम्मवारी दिइएको बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाः मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न आग्रह
प्रतिनिधिसभाः मर्यादापालकलाई खाजा र भत्ताको व्यवस्था गर्न आग्रह
सुदूरपश्चिममा पहिलोपटक ११ करोड दीप प्रज्वलन
सुदूरपश्चिममा पहिलोपटक ११ करोड दीप प्रज्वलन
बक्यौता असुली ठोस परिणाम तर्फ अग्रसर भएको ऊर्जा मन्त्री घिसिङको दाबी
बक्यौता असुली ठोस परिणाम तर्फ अग्रसर भएको ऊर्जा मन्त्री घिसिङको दाबी
चीनमा नेपाली संस्कृति प्रदर्शन
चीनमा नेपाली संस्कृति प्रदर्शन
सत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय
सत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय
संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह
संसद् बैठकमा विद्युतीय हाजिरी लागू गरिँदै, सांसदलाई बायोमेट्रिक विवरण दिन आग्रह
कप्तानगञ्ज घटनाकाे विराेधमा सर्लाहीमा पनि विरोध प्रदर्शन
कप्तानगञ्ज घटनाकाे विराेधमा सर्लाहीमा पनि विरोध प्रदर्शन
प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी
प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी
जटिल शल्यक्रिया मार्फत गर्भवतीको ज्यान जोगाउन सफल
जटिल शल्यक्रिया मार्फत गर्भवतीको ज्यान जोगाउन सफल
सांसद डाँगीको प्रश्न :संसद् भवनका कुर्सी स्वदेशी काठका हुन् कि विदेशी?
सांसद डाँगीको प्रश्न :संसद् भवनका कुर्सी स्वदेशी काठका हुन् कि विदेशी?