जगन्नाथ हटाउन नसकेपछि हिक्मत हटाउने प्रयासमा अध्यक्ष ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १७, २०८३
|
|
१०८ पटक हेरिएको
Shares
जगन्नाथ हटाउन नसकेपछि हिक्मत हटाउने प्रयासमा अध्यक्ष ओली

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपासँगको प्रदेश सत्ता गठबन्धनपछि आफ्नो पार्टीको भागमा परेका तीन प्रदेशका मुख्यमन्त्री पनि आफू निकटकै व्यक्ति बनाउन चाहन्थे ।
  • त्यसका लागि अध्यक्ष ओलीले आफू निकटका नेताहरूमार्फत पार्टीबाटै भइरहेका मुख्यमन्त्रीसमेत फेर्ने कसरत तीव्र बनाए ।
  • नभएका ठाउँमा संसदीय दलको नेता परिवर्तनको गृहकार्य पनि गरे ।

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपासँगको प्रदेश सत्ता गठबन्धनपछि आफ्नो पार्टीको भागमा परेका तीन प्रदेशका मुख्यमन्त्री पनि आफू निकटकै व्यक्ति बनाउन चाहन्थे । त्यसका लागि अध्यक्ष ओलीले आफू निकटका नेताहरूमार्फत पार्टीबाटै भइरहेका मुख्यमन्त्रीसमेत फेर्ने कसरत तीव्र बनाए । नभएका ठाउँमा संसदीय दलको नेता परिवर्तनको गृहकार्य पनि गरे । यो प्रयासअनुसार ओलीले बागमती संसदीय दलका नेताबाट जगन्नाथ (जेएन) थपलियालाई हटाएर आफू निकट किरण थापालाई दलको नेता बनाउने भरमग्दुर प्रयास गरे । थपलियालाई हटाउन भन्दै केही सांसदहरूले हस्ताक्षर नै गरेको एमालेभित्र प्रचारवाजीसँगै विरोधसमेत भयो । थपलियालाई दलको नेता हटाएर थापालाई दलको नेता बनाउने र मुख्यमन्त्री बनाउने उक्त योजनामा एमाले सचिव महेश बस्नेत खटिएका थिए ।

तर, प्रदेश तथा स्थानीय तहको निर्वाचन हुन गइरहेका समयमा दलको नेता नै परिवर्तन गरेर मुख्यमन्त्री बनाउँदा त्यसले पार्टीमा असन्तुष्टि र विवाद थप चर्किन सक्ने भन्दै प्रदेश र जिल्लास्तरीय नेताहरूले ओलीलाई त्यसो नगर्न चर्को दबाब दिए । अन्ततः ओली थापालाई दलको नेता बनाउने आफ्नो निर्णय परिवर्तन गर्न बाध्य भए र थपलियालाई नै दलको नेता र मुख्यमन्त्री बनाउन सहमति जनाएका थिए । बागमतीमा ‘ब्याक’ भएका ओली चुप भने बसेनन् । उनले कोशीमा हाल मुख्यमन्त्री रहेका हिक्मत कार्कीलाई हटाएर उनको स्थानमा तिलकुमार मेन्याङ्बोलाई प्रदेशको मुख्यमन्त्री बनाउन निर्देशन दिए । ओलीको निर्देशनअनुसार केही नेताहरूले छलफल चलाइरहेका छन् । विगतमा ओली निकट मानिएका कोशीका मुख्यमन्त्री कार्की पछिल्ला दिनमा पार्टी पुनर्गठनको पक्षमा उभिएका छन् । कार्की पार्टी पुनर्गठनको पक्षमा उभिएपछि ओली उनीसँग सन्तुष्ट हुन सकेका छैनन् । एमालेमा पार्टी पुनर्गठन र रूपान्तरणको पक्षमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसहित कार्की पनि उतै उभिएसँगै ओली उनलाई मुख्यमन्त्रीमा निरन्तरता दिन नहुने पक्षमा पुगेका हुन् । ‘कोशीमा कार्कीलाई नै निरन्तरता दिँदा सहज हुने हो । तर अध्यक्ष ओलीलाई कार्की पुनर्गठनको पक्षमा लागेको चित्त बुझेको छैन,’ एमालेका एक सचिवालय सदस्य भन्छन्, ‘त्यही भएर उहाँ अहिले कार्कीको ठाउँमा मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने कसरतमा हुनुहुन्छ ।’

त्यसका लागि अध्यक्ष ओलीले कोशी प्रदेश इन्चार्ज तथा एमाले सचिव शेरधन राईलाई खटाएको स्रोतले बताएको छ । ओलीको निर्देशनअनुसार नै पूर्वमुख्यमन्त्रीसमेत रहेका राई विराटनगर पुगेर छलफल थालेका छन् । तर, मुख्यमन्त्री कार्कीले आफू विधि र प्रक्रियाको पक्षमा रहेको भन्दै पार्टीको संस्थागत निर्णय नआएसम्म राजीनामा नदिने अडान दोहोर्‍याएको स्रोतको दाबी छ । ‘शेरधन राईले राजीनामा दिनुपर्‍यो भन्नुभयो,’ कार्की निकट स्रोतले भन्यो, ‘मुख्यमन्त्रीज्यूले राजीनामा नदिने, बरु संस्थागत निर्णय चाहिने अडान राख्नुभयो भन्ने बुझिएको छ ।’ संविधानको धारा १६८ (५) बमोजिम कार्की कोशी प्रदेशको मुख्यमन्त्री बनेका हुन् । सोही कारण उनले राजीनामा दिन अस्वीकार गरिरहेका छन् । उपधारा (५) अनुसार बनेको सरकारका मुख्यमन्त्रीले राजीनामा नदिएसम्म पार्टीले हटाउन सक्दैन । सोही कारण एमालेलाई कोशीमा मुख्यमन्त्री फेर्न समस्या भएको छ । कार्की २०८१ वैशाख २७ गते एमाले र माओवादीका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । अध्यक्ष ओली पार्टीको संस्थागत निर्णय गराएर कार्कीलाई हटाउन सक्ने अवस्थामा छैनन् । किनभने एमाले सचिवालयमा ओली हाल अल्पमतमा परिसकेका छन् । यस्तो अवस्थामा व्यक्तिगत रूपमै नेताहरूलाई प्रेसर क्रिएट गरेर आफ्नो रणनीति पूरा गर्ने ओलीको चाहना रहेको बताइन्छ ।

उता लुम्बिनीमा पनि ओलीले चेतनारायण आचार्यलाई हटाएर भूमिश्वर ढकाललाई मुख्यमन्त्री बनाउने प्रयास नगरेका होइनन् । तर, त्यहाँ पनि विद्रोह हुने संकेत बुझेपछि उनी पछि हटेका हुन् ।

‘लुम्बिनीमा अहिलेकै मुख्यमन्त्री आचार्यलाई निरन्तरता दिने त भनिएको छ, तर अझै यसै हुन्छ भन्ने निश्चित छैन,’ लुम्बिनी प्रदेशका एक जना एमाले नेता भन्छन्, ‘केही नलागेपछि आचार्यलाई नै निरन्तरता दिन अध्यक्ष सहमत त हुनुभएको हो, तर अझै भर छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेनाका सहायक रथी खड्का र सेनानी कार्की बर्खास्त
सेनाका सहायक रथी खड्का र सेनानी कार्की बर्खास्त
कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित
कर्णाली प्रदेशसभाबाट पहिलो पटक सङ्कल्प प्रस्ताव पारित
खो खो विश्वकपमा आज नेपाल र भारतबिच उपाधि भिडन्त
खो खो विश्वकपमा आज नेपाल र भारतबिच उपाधि भिडन्त
बर्दियामा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु, अमेरिकी नागरिक घाइते
बर्दियामा गैंडाको आक्रमणबाट एकजना गाइडको मृत्यु, अमेरिकी नागरिक घाइते
अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका
अफगानिस्तानबाट ५ लाख अमेरिकी हतियार गायब, केही अलकायदासम्म पुगेको आशंका
सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी, अनुसन्धान सुरु
सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी, अनुसन्धान सुरु
हेटौंडामा पेस्तोल र १९ राउन्ड गोलीसहित तीनजना पक्राउ
हेटौंडामा पेस्तोल र १९ राउन्ड गोलीसहित तीनजना पक्राउ
‘सगरमाथा संवाद अन्तरराष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण’
‘सगरमाथा संवाद अन्तरराष्ट्रिय मञ्चमा नेपालको उपस्थितिका लागि महत्त्वपूर्ण’
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युत उत्पादकका ७ माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म
ऊर्जामन्त्री घिसिङसामु बाढीप्रभावित जलविद्युत उत्पादकका ७ माग, भन्सार छुटदेखि आरसीओडी थपसम्म
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या
सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या