१५ वाम घटकबीचको एकताले रेकर्ड बन्यो, हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
२६ पटक हेरिएको
Shares
१५ वाम घटकबीचको एकताले रेकर्ड बन्यो, हाम्रो ध्यान एमालेतिर पनि छ : प्रचण्ड

सारांश

  • नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकरणका लागि आफूहरूको ध्यान एमालेतिर पनि रहेको बताएका छन् ।
  • नेकपाले सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको एकता सन्देश सभामा प्रचण्डले १५ भन्दा बढी वाम घटक गोलबद्ध भएर नेपाली कम्युनिस्ट गठन भएको बताउँदै प्रचण्डले एमालेतिर पनि ध्यान रहेको बताए ।
  • १५ वटा वाम घटकबीच एकता हुनु नेपालको इतिहासमै पहिलो रेकर्ड भएको प्रचण्डको दाबी छ ।

१२ मंसिर, काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकरणका लागि आफूहरूको ध्यान एमालेतिर पनि रहेको बताएका छन् । नेकपाले सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको एकता सन्देश सभामा प्रचण्डले १५ भन्दा बढी वाम घटक गोलबद्ध भएर नेपाली कम्युनिस्ट गठन भएको बताउँदै प्रचण्डले एमालेतिर पनि ध्यान रहेको बताए ।

१५ वटा वाम घटकबीच एकता हुनु नेपालको इतिहासमै पहिलो रेकर्ड भएको प्रचण्डको दाबी छ । देशभरका क्रान्तिकारीले नेपाली कम्युनिस्ट पार्टीलाई आशा र नयाँ भरोसाका साथ हेरिरहेको उनको भनाइ छ । उनले भने, ‘यत्ति भयो पुग्यो भन्नेमा हामी छैनौं, हामी अझै पनि वृहत् वामन्थी एकता हुनुपर्दछ र यो राष्ट्रको रक्षाको निम्ती, जनताको आकांक्षा र आवश्यकता परिपूर्तिको निम्ती हामीले अन्य वामपन्थी शक्तिहरूसँग पनि, हाम्रो ध्यान एमालेतिर पनि त्यत्तिकै छ, एमालेभित्रका सबै देशभक्त, सबै वामपन्थी क्रान्तिकारीहरू पनि यही नेपाली कम्युनिस्ट पार्टीमै नै केन्द्रित हुनुपर्दछ भन्ने हाम्रो जोड छ ।’

धनगढीको एकता सन्देश सभामा एमालेबाट नेकपामा प्रवेश गरेकालाई धन्यवाद दिँदै प्रचण्डले एमालेभित्र रहेका सबै देशभक्त, वामपन्थी नेताहरूलाई नेपाली कम्युनिस्ट पार्टीमा आउन आह्वान गरे । ‘हामीले नेपाली कम्युनिस्ट पार्टी भन्ने नाम त्यत्तिकै राखेका होइनौं, सबैलाई अट्न सक्ने, सबैको अधिकार, सबैको क्षमता प्रयोग हुनसक्ने नेपाली कम्युनिस्ट, सबै अट्न सक्छ, अब यहाँ माओवादी छैन, कोही समाजवादी छैन, कोही के केन्द्र छैन, कोही अर्को छैन सबै नेपाली कम्युनिस्ट, त्यसकारण अब पुच्छर झुण्डाइराख्न पर्ने आवश्यकता छैन, हामी सबै नेपाली कम्युनिस्ट,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अखिल क्रान्तिकारीको २३ औँ नेतृत्व छनोटका लागि मतदान सुरू
अखिल क्रान्तिकारीको २३ औँ नेतृत्व छनोटका लागि मतदान सुरू
फागुन २१ गते निर्वाचन मिति घोषणा गर्ने तयारी ! कार्कीसँगै मन्त्रीले पनि लिँदैछन् शपथ ?
फागुन २१ गते निर्वाचन मिति घोषणा गर्ने तयारी ! कार्कीसँगै मन्त्रीले पनि लिँदैछन् शपथ ?
देउवाले बोलाए शीर्ष नेताको बैठक, अध्यादेश र भातृसंस्थाको अधिवेशन मुख्य एजेण्डा
देउवाले बोलाए शीर्ष नेताको बैठक, अध्यादेश र भातृसंस्थाको अधिवेशन मुख्य एजेण्डा
भोजपुरको आठ सय घरमा खानेपानीको पहुँच
भोजपुरको आठ सय घरमा खानेपानीको पहुँच
दाउन्नेमा वैशाख ३१ सम्म रातिको समयमा सवारी चलाउन रोक
दाउन्नेमा वैशाख ३१ सम्म रातिको समयमा सवारी चलाउन रोक
जेनजी आन्दोलन गरेर द्वन्द्वकालको माओवादीले भन्दा हिंसात्मक बाटो रोजियो
जेनजी आन्दोलन गरेर द्वन्द्वकालको माओवादीले भन्दा हिंसात्मक बाटो रोजियो
रोजगारी सृजना र उत्पादनशिल क्षेत्रमा लगानी कोष उपयोग गर्नुपर्छ : अध्यक्ष ढकाल
रोजगारी सृजना र उत्पादनशिल क्षेत्रमा लगानी कोष उपयोग गर्नुपर्छ : अध्यक्ष ढकाल
वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा
वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि १६ सदस्यीय नेपाली टोली घोषणा
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर
काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिव धम्क्याउने खड्का पक्राउ
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिव धम्क्याउने खड्का पक्राउ