जेनजी आन्दोलन गरेर द्वन्द्वकालको माओवादीले भन्दा हिंसात्मक बाटो रोजियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण ७, २०८३
|
|
८५ पटक हेरिएको
Shares
जेनजी आन्दोलन गरेर द्वन्द्वकालको माओवादीले भन्दा हिंसात्मक बाटो रोजियो

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३/२४ गतेको जेनजी आन्दोलन इतिहासकै धेरै ध्वंसात्मक भएको बताएका छन् ।
  • काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गत भदौमा भएको जेनजी आन्दोलनका विषयमा टिप्पणी गरेका हुन् ।
  • ‘विभिन्न देशमा चुनाव हुन्छ तर लोकतन्त्र हुँदैन ।

७ साउन, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३/२४ गतेको जेनजी आन्दोलन इतिहासकै धेरै ध्वंसात्मक भएको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गत भदौमा भएको जेनजी आन्दोलनका विषयमा टिप्पणी गरेका हुन् ।

‘विभिन्न देशमा चुनाव हुन्छ तर लोकतन्त्र हुँदैन । यहाँ हाम्रो देशमा पनि के भयो भनेर बोल्नलाई जिब्रो चपाइरहनुपर्दैन । भदौ २३/२४ गते जुन खालको मार्ने मराउने, आगजनी गराउने, नेपालको इतिहासमा कल्पना गर्नै नसक्ने घटना घटाइयो,’ ओलीले भने, ‘माओवादीले सत्ताकब्जा गर्न हिंसात्मक बाटो रोज्यो तर समाजलाई भयमा राख्ने क्रियाकलाप गरेन ।’ उनले तत्कालीन माओवादीले भन्दा धेरै हिंसात्मक बाटो रोजेर सत्ता कब्जा गरिएको आरोप लगाए ।

जेनजी आन्दोलनपछि वैधानिक सरकारलाई अवैध ततरिकाले क्रियाकलाप गरिएको उनको भनाइ छ ।
‘वैधानिक सरकारलाई अवैध आतंकपूर्ण अपराधि कृयाकलाप गरियो । संविधानको धाराले जुन कुरा हुँदैन भन्छ त्यही पूर्वप्रधानन्यायाधीशको अगुवाइमा गरियो,’ उनले भने, ‘अवैध सिफारिसमा जननिर्वाचित संसद् भंग गर्ने काम भयो असंवैधानिक तरिकाले ।’ त्यस्तै उनले अहिले लोकतन्त्र खतरामा परेको टिप्पणी पनि गरे । ‘लोकतन्त्र कहाँ छ अहिले ? लोकतन्त्र अपरण भएको छ। लोकतन्त्र वापसी चाहिएको छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् अवरुद्ध हुँदा ४८० घरमा तीन महिनादेखि अन्धकार
विद्युत् अवरुद्ध हुँदा ४८० घरमा तीन महिनादेखि अन्धकार
पुलिस आहा–रारा गोल्डकपको फाइनलमा
पुलिस आहा–रारा गोल्डकपको फाइनलमा
सर्लाहीमा पुनः दुइ समुदाय विच झडप, अवस्था तनावग्रस्त
सर्लाहीमा पुनः दुइ समुदाय विच झडप, अवस्था तनावग्रस्त
तीन महिनाका लागि राकियो भूमिगत विद्युतीकरणको काम
तीन महिनाका लागि राकियो भूमिगत विद्युतीकरणको काम
दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी
दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी
धनगढीमा महेश बस्नेतको विरोधमा प्रदर्शन
धनगढीमा महेश बस्नेतको विरोधमा प्रदर्शन
कांग्रेसका १२ जना मन्त्री मध्यरातसम्म बुढानीलकण्ठमा, सरकारको गतिविधिबारे ५ घण्टा छलफल
कांग्रेसका १२ जना मन्त्री मध्यरातसम्म बुढानीलकण्ठमा, सरकारको गतिविधिबारे ५ घण्टा छलफल
१ लाख १० हजारका कारण सर्लाहीका  एक युवकको हत्या , शव वर्कसपमै खाल्डो खनेर गाडियो , यी हुन पक्राउ परेका अभियुक्तहरु
१ लाख १० हजारका कारण सर्लाहीका एक युवकको हत्या , शव वर्कसपमै खाल्डो खनेर गाडियो , यी हुन पक्राउ परेका अभियुक्तहरु
सुरक्षित मातृत्व कार्यक्रम किन जीवनरक्षक छ ?
सुरक्षित मातृत्व कार्यक्रम किन जीवनरक्षक छ ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?
आजको लागि विदेशी मुद्राको विनिमय दर कति ?