एक महिना पनि नपुग्दै फेरिए विमानस्थल अध्यागमन प्रमुख

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आषाढ ३१, २०८२
|
|
३६ पटक हेरिएको
Shares
एक महिना पनि नपुग्दै फेरिए विमानस्थल अध्यागमन प्रमुख

सारांश

  • गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखलाई एक महिना पनि नपुग्दै जिम्मेवारीबाट हटाएको छ ।
  • मंगलबार गृहमन्त्रीस्तरीय निर्णयबाट प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाको सरुवा भएको हो ।
  • उनलाई ६ जेठमा पाँचथरको प्रमुख जिल्ला अधिकारीबाट सरुवा गरेर विमानस्थल अध्यागमनमा ल्याइएको थियो ।

३१ असार, काठमाडौं ।

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखलाई एक महिना पनि नपुग्दै जिम्मेवारीबाट हटाएको छ ।मंगलबार गृहमन्त्रीस्तरीय निर्णयबाट प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाको सरुवा भएको हो । उनलाई ६ जेठमा पाँचथरको प्रमुख जिल्ला अधिकारीबाट सरुवा गरेर विमानस्थल अध्यागमनमा ल्याइएको थियो ।

अख्तियारले तत्कालीन अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईमाथि छानबिन गरिरहेको थाहा पाएपछि मन्त्रालयले उनलाई हटाएर कोइरालालाई जिम्मेवारी दिएको थियो । भोलिपल्ट कोइराला हाजिर हुन आउन नपाउँदै अख्तियारले विमानस्थलमा छापा मारेको थियो । सहसचिव भट्टराई पक्राउ परेका थिए ।पछि हाजिर जमानतमा उनी छुटेका थिए । अहिले उनको ठाउँमा आएका कोइरालालाई समेत हटाएर खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई यो जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापामा बस दुर्घटना हुँदा ११ जना घाइते, चालक पक्राउ
झापामा बस दुर्घटना हुँदा ११ जना घाइते, चालक पक्राउ
आज यी १० सडक पूर्ण रूपमा अवरुद्ध, ५ सडकमा एकतर्फी सवारी
आज यी १० सडक पूर्ण रूपमा अवरुद्ध, ५ सडकमा एकतर्फी सवारी
सशस्त्र एसपी साहूविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप
सशस्त्र एसपी साहूविरुद्ध भ्रष्टाचार मुद्दा, नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोप
२०८२ को पहिलो कारोबार बढ्यो सेयर बजार
२०८२ को पहिलो कारोबार बढ्यो सेयर बजार
आयोगद्वारा निर्वाचन सम्पन्न प्रतिवेदन प्रधानमन्त्री समक्ष पेस
आयोगद्वारा निर्वाचन सम्पन्न प्रतिवेदन प्रधानमन्त्री समक्ष पेस
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति ईश्वरी देवी न्यौपानेले लिइन् शपथ
वीरगञ्ज र जनकपुरमा हुने जय ट्रफी कपको तयारी अन्तिम चरणमा
वीरगञ्ज र जनकपुरमा हुने जय ट्रफी कपको तयारी अन्तिम चरणमा
  निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध
  निकासी कर हटाउन माग गर्दै किसानद्वारा तरकारी राखेर राजमार्ग अवरुद्ध
उज्यालोको पर्व तिहार सुरु: आज कागतिहार
उज्यालोको पर्व तिहार सुरु: आज कागतिहार
घट्यो सुनको मूल्य, तोलामा १,७०,३०० रुपैयाँ कायम
घट्यो सुनको मूल्य, तोलामा १,७०,३०० रुपैयाँ कायम