गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ७, २०८१
|
|
१०२ पटक हेरिएको
Shares
गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

सारांश

  • गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
  • शुक्रबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले अधिवेशन सुरू भएको सूचना पढेर सुनाएका थिए ।
  • सूचना सुनाएलगत्तै कार्यसूचीमा प्रवेश नगरी बैठकको अर्को मिति तय नगरी स्थगित गरिएको छ ।

७ वैशाख, पोखरा । गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

शुक्रबारको बैठकमा सभामुख कृष्णप्रसाद धितालले अधिवेशन सुरू भएको सूचना पढेर सुनाएका थिए । सूचना सुनाएलगत्तै कार्यसूचीमा प्रवेश नगरी बैठकको अर्को मिति तय नगरी स्थगित गरिएको छ । आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । सभामुख समेतको समर्थनमा प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेपछि नेपाली कांग्रेस त्यसविरुद्ध अदालत गएको छ ।

सर्वोच्च अदालतले कांग्रेसले हालेको रिटमाथि सुनुवाइ गर्दै गण्डकी सरकारलाई दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । साथै मुद्दालाई अग्राधिकार दिएर १० वैशाखमा पेशी तोकेको छ । सर्वोच्चको आदेश विपरीत बैठक आह्वान भएको भन्दै कांग्रेसले विरोध जनाएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले १० वैशाख अघि नै विश्वासको मत लिने तयारी गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?