२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २५, २०८१
|
|
१११ पटक हेरिएको
Shares
२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने

सारांश

  • २५ वर्षअघि कक्षा ११ र १२ मा भर्ना भएका तर पढाइ पूरा गर्न नसकेका विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएका छन् ।
  • अर्थात् २०५६ सालयताका कक्षा ११ र १२ का परीक्षार्थीहरुले मौका परीक्षा दिन पाउने भएका हुन् ।
  • मौका परीक्षामा सहभागी हुन इच्छुकहरुलाई २०८१ मंसिर २७ गतेसम्म सम्बन्धित विद्यालयमार्फत परीक्षा फाराम भर्न राष्ट्रिय परीक्षा बोर्डले भनेको छ ।

२५ कात्तिक, काठमाडौं । २५ वर्षअघि कक्षा ११ र १२ मा भर्ना भएका तर पढाइ पूरा गर्न नसकेका विद्यार्थीहरुले मौका परीक्षा दिन पाउने भएका छन् ।

अर्थात् २०५६ सालयताका कक्षा ११ र १२ का परीक्षार्थीहरुले मौका परीक्षा दिन पाउने भएका हुन् । मौका परीक्षामा सहभागी हुन इच्छुकहरुलाई २०८१ मंसिर २७ गतेसम्म सम्बन्धित विद्यालयमार्फत परीक्षा फाराम भर्न राष्ट्रिय परीक्षा बोर्डले भनेको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण भएका, परीक्षामा अनुपस्थित भएका वा अक्षरांकन पद्दतिमा पुरानो ग्रेडिङ प्रणालीअनुसार डी र ई ग्रेड प्राप्त गरेकाहरुले मौका परीक्षा दिन पाउनेछन् । उनका अनुसार जति विषयमा फेल भएका विद्यार्थीहरुले पनि मौका परीक्षा दिन पाउँछन् ।

प्रयोगात्मक विषय मात्र बाँकी रहेका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउँछन् । कक्षा १२ कालागि रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम भएकाले मौका परीक्षाको फारम भर्न पाउँछन् । यसैगरी कक्षा ११ का लागि रजिष्ट्रेसन नम्बरको सुरुका दुई अंक ५६ वा सोभन्दा बढी र ७६ वा सोभन्दा कम भएकाहरुले अन्तिम एक पटकका लागि मौका परीक्षा दिन पाउँछन् ।

यस्ता विद्यार्थीहरुको संख्या करिब १४ लाख रहेको अनुमान छ । आवेदन फारम प्राप्त भइसकेपछि मौका परीक्षाको तालिका सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । पुराना विद्यार्थीहरुको परीक्षा पुरानै पाठ्यक्रम अनुसार हुने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुर महानगरले नगर प्रहरीमा भर्ना खोल्यो
ललितपुर महानगरले नगर प्रहरीमा भर्ना खोल्यो
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
जनकपुरलाई हराएपछि चितवनको प्लेअफ सम्भावना बढ्यो, विराटनगर र पोखरा बाहिरिए
रास्वपाको सरकारलाई हामीले खबरदारी गर्न सक्नुपर्छ : डा.वाग्ले
रास्वपाको सरकारलाई हामीले खबरदारी गर्न सक्नुपर्छ : डा.वाग्ले
सिरहा नगरपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा
सिरहा नगरपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा
उपप्रधानमन्त्री सिंहको ठमेलस्थित घर र गाडी जलेर ध्वस्त
उपप्रधानमन्त्री सिंहको ठमेलस्थित घर र गाडी जलेर ध्वस्त
राजदूत फिर्ता प्रकरण : प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी रिट दर्ता
राजदूत फिर्ता प्रकरण : प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी रिट दर्ता
नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा धुँजु, महासचिवमा कल्पित
नेपाल सिनेमाटोग्राफर एशोसिएसन’ गठन, अध्यक्षमा धुँजु, महासचिवमा कल्पित
सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवन
सञ्चालनमा नआउँदै भत्कियो प्रसूति केन्द्रको भवन
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति