सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

लुम्बिनी सरकार : कांग्रेसका मन्त्रीहरूले संसदीय दलमा बुझाए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १०, २०८३
|
|
२२७ पटक हेरिएको
Shares
लुम्बिनी सरकार : कांग्रेसका मन्त्रीहरूले संसदीय दलमा बुझाए राजीनामा

सारांश

  • लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् ।
  • सरकारमा सामेल भएका पाँचै जना मन्त्रीहरूले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएका छन् ।
  • सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दल नेता चौधरीलाई राजीनामा पठाएको पुष्टि गरे ।

 

१० साउन, बुटवल ।

लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाँचै जना मन्त्रीहरूले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई राजीनामा बुझाएका छन् । सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले दल नेता चौधरीलाई राजीनामा पठाएको पुष्टि गरे । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच शनिबार प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि आइतबार कांग्रेसबाट प्रदेश सरकारमा रहेका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी थिए । अब कांग्रेस संसदीय दलले नै मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा पत्र बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी थालेको छ । मुख्यमन्त्री आचार्य नेकपा एमालेबाट प्रतिनिधित्व गर्छन् । यसअघि लुम्बिनी प्रदेशमा कांग्रेस र एमालेबीचको सहकार्यमा सरकार थियो । तर, एमाले–नेकपा सहकार्यको सहमतिपछि कांग्रेस प्रतिपक्षमा पुग्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’
‘लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छ’
अस्ट्रेलिया पुगेको नेपाली टिमले आज पहिलो खेल खेल्दै
अस्ट्रेलिया पुगेको नेपाली टिमले आज पहिलो खेल खेल्दै
वीरगञ्जमा पौडी सिक्न गएका ९ वर्षीय बालकको डुबेर मृ*त्यु, प्रशिक्षक पक्राउ
वीरगञ्जमा पौडी सिक्न गएका ९ वर्षीय बालकको डुबेर मृ*त्यु, प्रशिक्षक पक्राउ
कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्षलाई बोर्डले गर्‍यो कारबाही
कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्षलाई बोर्डले गर्‍यो कारबाही
विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ
विद्यार्थीलाई कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान सिंह ऐरीले दिए प्रहरीबाट राजीनामा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान सिंह ऐरीले दिए प्रहरीबाट राजीनामा
खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
खुर्कोटको हिरासतमा थुनुवा मृत्यु प्रकरणः एसपीसहित १० प्रहरीलाई कारबाही सिफारिस
जनकपुरले गुमायो तेस्रो विकेट
जनकपुरले गुमायो तेस्रो विकेट
विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहत वितरणसहित ९ एजेण्डा तय
विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहत वितरणसहित ९ एजेण्डा तय