अस्ट्रेलिया पुगेको नेपाली टिमले आज पहिलो खेल खेल्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ३०, २०८२
|
|
१८ पटक हेरिएको
Shares
अस्ट्रेलिया पुगेको नेपाली टिमले आज पहिलो खेल खेल्दै

सारांश

  • अस्ट्रेलिया पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज अस्ट्रेलियाको उत्तरी क्षेत्रमा रहेको डार्विनमा ‘टप एण्ड टी-२० सिरिज’ को आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछ।
  • नेपालले आज स्थानीय टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग खेल्न लागेको हो।
  • डार्विनको मरारा क्रिकेट ग्राउण्डमा हुने खेल दिउँसो २:१५ बजे सुरु हुनेछ।

३० साउन, काठमाडौँ ।

अस्ट्रेलिया पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज अस्ट्रेलियाको उत्तरी क्षेत्रमा रहेको डार्विनमा ‘टप एण्ड टी-२० सिरिज’ को आफ्नो पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछ। नेपालले आज स्थानीय टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग खेल्न लागेको हो। डार्विनको मरारा क्रिकेट ग्राउण्डमा हुने खेल दिउँसो २:१५ बजे सुरु हुनेछ। नेपाली टोलीको कप्तानी रोहित पौडेलले गर्दा एनटीको कप्तानी जेक वेदराल्डले गर्नेछन्। एनटी स्ट्राइकले सन् २०२३ मा भएको सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो भने गत वर्ष सेमिफाइनलसम्म पुगेको थियो।

टोलीमा बिग ब्यासको राम्रो अनुभव भएका खेलाडीहरू छन्। नेपालले यो प्रतियोगितालाइ वेस्टइन्डिजसँगको सिरिज अघिको राम्रो तयारीका रुपमा लिएको छ। यहाँ बलियो आत्माविश्वाससहित नेपाल अघि बढ्ने प्रयासमा रहेको छ। कप्तान पौडेलले अस्ट्रेलियाको यो पिचलाई नेपालको जस्तो सहज रुपमा नलिने बताएका छन्। उनका अनुसार डार्विनको पिचमा बाउन्स र सिम मुभमेन्ट हुने भएकाले ब्याटरका लागि चुनौती हुन सक्ने बताए।

त्यसैले यो खेलमा पनि बलरहरु हावी हुने सम्भावना रहेको छ। २४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यो प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन्। नेपालले यसपछि बंगलादेशको टोली ‘ए’, मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनिगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?