गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीनजनाको मृत्यु, दुई बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ १५, २०८१
|
|
५१ पटक हेरिएको
Shares
गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीनजनाको मृत्यु, दुई बेपत्ता

सारांश

  •  गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
  • दुईजना बेपत्ता भएका छन् ।
  • मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो।

१५ असार, गुल्मी । गुल्मीमा गएराति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। दुईजना बेपत्ता भएका छन् ।

मालिका गाउँपालिका–६ अर्जेको कँडेलपाटामा भेषबहादुर विकको घर गए राति पहिरोले पुरिएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार ५६ वर्षीय भेषबहादुर विक, उनकी श्रीमती ४७ वर्षीया सुन्तली, बुहारी ३० वर्षीया सीता तथा दुई नातिनी सात वर्षीया सपना र दुई वर्षीया विपना पहिरोमा पुरिएका हुन्।

पहिरोमा पुरिएकामध्ये भेषबहादुर, सीता र सपनाको  शव फेला परेको छ। सुन्तली र विपनाको अवस्था भने अज्ञात छ। इस्मा प्रहरीचौकीबाट उद्धारका लागि प्रहरी टोली घटनास्थलमा पुगेको छ । स्थानीयको सहयोगमा अहिले प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेको मालिका–६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिए। सदरमुकाम तम्घासबाट पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा कैदीको मृ*त्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ
कैलालीमा कैदीको मृ*त्यु घटना : प्रहरीका सई हरजीत नाथ पक्राउ
विपिनको सम्झनामा माइतीघरमा जेनजी युवाको दीप प्रज्वलन
विपिनको सम्झनामा माइतीघरमा जेनजी युवाको दीप प्रज्वलन
सार्वजनिक यातायात ठप्प हुँदा यात्रु मारमा
सार्वजनिक यातायात ठप्प हुँदा यात्रु मारमा
डब्लूएचओमा नेपालको प्रस्ताव : नेपाली श्रमिकको उपचार जिम्मा वैदेशिक रोजगारदाताले लिनुपर्ने
डब्लूएचओमा नेपालको प्रस्ताव : नेपाली श्रमिकको उपचार जिम्मा वैदेशिक रोजगारदाताले लिनुपर्ने
लगातार छैटौं दिन बढ्यो सेयर बजार, साढे ६ अर्ब नाघ्यो कारोबार
लगातार छैटौं दिन बढ्यो सेयर बजार, साढे ६ अर्ब नाघ्यो कारोबार
प्रतिनिधि सभा विघटनको निर्णय विडम्बनापूर्णः शंकर पोखरेल
प्रतिनिधि सभा विघटनको निर्णय विडम्बनापूर्णः शंकर पोखरेल
शिक्षकलाई धन्यवाद दिँदै बालेनले भने- हामीले जरिवाना खोजेका होइनौं
शिक्षकलाई धन्यवाद दिँदै बालेनले भने- हामीले जरिवाना खोजेका होइनौं
बीपी राजमार्गमा खुलाइयो सवारी आवागमन
बीपी राजमार्गमा खुलाइयो सवारी आवागमन
अब गाली खाएर बस्ने होइन, व्यक्तिको अपराधको भारी पार्टीले बोक्दैन : गगन थापा
अब गाली खाएर बस्ने होइन, व्यक्तिको अपराधको भारी पार्टीले बोक्दैन : गगन थापा
ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?
ज्ञानेन्द्र शाहीको प्रश्न- प्रधानमन्त्रीले सडकमा मान्छे उतारेर आन्दोलन गर्छौं भन्न मिल्छ?