Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर ४, २०८२
|
|
४१ पटक हेरिएको
Shares
अमेरिका द्वारा भारतलाई ९३ मिलियन डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत

सारांश

  •   अमेरिका द्वारा भारतलाई ९३ मिलियन अमेरिकी डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत भएको छ ।
  • अमेरिकाले एफजीएम–१४८ जेभलिन एन्टि–ट्यांक निर्देशित मिसाइल प्रणाली तथा एम ९८२ ए–१ एक्सक्यालिबर प्रिसिजन–गाइडेड तोपगोला बिक्रीका लागि स्वीकृति दिएको हो ।
  • कुल मूल्य करिब ९३ मिलियन अमेरिकी डलर पर्ने उक्त बिक्रीबारे अमेरिकी डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सी (डिएससीए) ले जानकारी गराएको हो ।

४ मंसिर, काठमाडौं । 

अमेरिका द्वारा भारतलाई ९३ मिलियन अमेरिकी डलरको मिसाइल बेच्ने सम्झौता स्विकृत भएको छ । अमेरिकाले एफजीएम–१४८ जेभलिन एन्टि–ट्यांक निर्देशित मिसाइल प्रणाली तथा एम ९८२ ए–१ एक्सक्यालिबर प्रिसिजन–गाइडेड तोपगोला बिक्रीका लागि स्वीकृति दिएको हो । कुल मूल्य करिब ९३ मिलियन अमेरिकी डलर पर्ने उक्त बिक्रीबारे अमेरिकी डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सी (डिएससीए) ले जानकारी गराएको हो ।

स्वीकृत प्याकेजअन्तर्गत भारतले १०० थान जेभलिन मिसाइल, १ थान ‘फ्लाइ–टु–बाइ’ राउन्ड, २५ कमाण्ड–लन्च एकाइ, प्रशिक्षण सामग्री, सिमुलेसन राउन्ड, स्पेयर पाट्र्स तथा लाइफसाइकल सपोर्ट पाउनेछ । यसबाहेक, भारतलाई २१६ थानसम्म एम ९८२ ए–१ एक्सक्यालिबर उच्च–सटीकता तोपगोला आपूर्ति गरिनेछ, जसको अनुमानित मूल्य ४७.१ मिलियन डलर पर्ने बताइएको छ । बिक्री प्रक्रियाअन्तर्गत अमेरिकी कांग्रेसलाई आवश्यक जानकारी पठाइएको डिएससीए  ले जनाएको छ । यसमा नन–एमडीई सामग्रीहरू जस्तै पोर्टेबल इलेक्ट्रोनिक फायर कंट्रोल सिस्टम सहितका सुधारिएको प्लेटफर्म एकीकरण किट, प्राइमर, प्रोपेल्यान्ट, प्रविधिक सहयोग, मर्मत तथा अन्य लजिस्टिक तथा कार्यक्रम समर्थनसमेत समावेश गरिएको छ ।

डिएससीए का अनुसार, प्रस्तावित यो बिक्रीले अमेरिकी वैदेशिक नीति तथा राष्ट्रिय सुरक्षा लक्ष्यलाई सुदृढ पार्नेछ, साथै अमेरिका–भारत रणनीतिक साझेदारीलाई बलियो बनाउनेछ । यो सहकार्यले इन्डो–प्यासिफिक र दक्षिण एसियाली क्षेत्रमा स्थिरता तथा आर्थिक प्रगतिलाई सहयोग गर्ने उल्लेख गरिएको छ । एजेन्सीले भारतको वर्तमान तथा भविष्यका सुरक्षासम्बन्धी चुनौती सामना गर्ने क्षमतामा वृद्धि हुने र भारतीय सेनाले यी प्रणालिहरू सहज रूपमा अपनाउन सक्ने बताएको छ । साथै, यसले क्षेत्रीय सैन्य सन्तुलनमा कुनै असर नपर्ने डिएससीएको भनाइ छ ।

यस बिक्रीका मुख्य ठेकेदार अमेरिकाको आर्लिङ्टन, भर्जिनियामा अवस्थित एक लकम्पनी हुनेछ । हालसम्म कुनै ‘अफसेट एग्रिमेन्ट’ प्रस्तावित नभएको र त्यस्तो व्यवस्था भएमा भारत र ठेकेदारबीचको वार्ताबाट तय हुने डिएससीएले स्पष्ट पारेको छ । सञ्चालनका लागि भारतमा थप अमेरिकी सरकारी वा ठेकेदार प्रतिनिधि खटाउन आवश्यक नपर्ने तथा यस बिक्रीले अमेरिकी रक्षा तयारीमा नकारात्मक प्रभाव नपार्ने एजेन्सीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकियो : प्रचण्ड
विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकियो : प्रचण्ड
सरकारी वकिलको कार्यालयमा रविको बयान जारी
सरकारी वकिलको कार्यालयमा रविको बयान जारी
सरकारको ज्यादती बढ्यो, दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँ : प्रचण्ड
सरकारको ज्यादती बढ्यो, दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँ : प्रचण्ड
यातायात कार्यालय चितवनमा अख्तियारको छापा, झन्डै २ लाख नगदसहित २ जना पक्राउ
यातायात कार्यालय चितवनमा अख्तियारको छापा, झन्डै २ लाख नगदसहित २ जना पक्राउ
तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य
तोलामा २ सय रुपैयाँले बढ्यो सुनको मूल्य
प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नति
प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नति
एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै
एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै
कालीगण्डकी करिडोर सडक अवरुद्ध
कालीगण्डकी करिडोर सडक अवरुद्ध
स्कुल कलेज छाडेर माइतीघरमा जुटे जेनजी, अव्यवस्थाविरुद्ध प्रदर्शन
स्कुल कलेज छाडेर माइतीघरमा जुटे जेनजी, अव्यवस्थाविरुद्ध प्रदर्शन
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता हुँदैनः बाबुराम भट्टराई
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता हुँदैनः बाबुराम भट्टराई