प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता हुँदैनः बाबुराम भट्टराई

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ९, २०८२
|
|
३० पटक हेरिएको
Shares
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता हुँदैनः बाबुराम भट्टराई

सारांश

  • पूर्व प्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता नहुने बताएका छन् ।
  • बिहीबार आयोजीत पत्रकार सम्मेलनका बोल्दै उनले राजनीतिक लोकतान्त्रिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने बताएका हुन् ।

९ असोज, काठमाडौं ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता नहुने बताएका छन् । बिहीबार आयोजीत पत्रकार सम्मेलनका बोल्दै उनले राजनीतिक लोकतान्त्रिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने बताएका हुन् । देशमा स्थिरता नभएसम्म सुशासन र समृद्धि नहुने भन्दै भने, ‘लोकतान्त्रिक स्थिरताको निम्ती शासकीय प्रणालीमा समय अनुसार सुधार गर्नैपर्छ । त्यो भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै हो ।

प्रधानमन्त्री भन्ने वहस पनि छ तर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा नगएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन,’ उनले भने, ‘नत्र यिनै भ्रष्ट्रहरु विभिन्न ढङगले चलखेल गरी फेरी सत्तामा आउने र तपाईहरुको बलिदान खेर जाने खतरा रहन्छ ।’ डा.भट्टराईले निर्वाचन गर्नुपूर्व नै व्यवस्थामा केही सुधार हुनपर्ने भन्दै निर्वाचन प्रणालीमा नै क्रुटि रहेको धारणा राखे ।

‘अहिले हामीले व्यवस्था नै बदल्न खोजेको त हैन तर व्यवस्थामा केही महत्वपूर्ण सुधार गरेर जुन यस्ता भ्रष्ट्रहरु त्यहाबाट जन्मिए फेरी भ्रष्ट्रहरु जन्मन नपाउन् र तपाईहरु आफै त्यो सत्ताले भ्रष्ट्र नपावस् भन्नको निम्त केही सुधार गरेर मात्र निर्वाचनमा जानुपर्छ,’ उनले थप अगाडि भने, ‘खासगरी निर्वाचन प्रणालीका जुन त्रुटि छ मैले संविधान बनाउने बेला यो संविधान आधा गिलास भरी, आधि खाली छ भनेको थिएँ ।

किनकी यसको शासकीय त्रुटि छ त्यसले गर्दा कसैलाई बहुमत ल्याउन दिँदैन । कुनैपनि सरकार पाचँ वर्ष टिक्न दिदैन ।’ उनले सरकारसँग वार्ता गरेर निर्वाचन हुनु अगाडि नै भ्रष्ट्रचारीहरुलाई कारवाही गर्न छानविन आयोग बनाउनुपर्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुबईमा जीसीडी कप फेब्रुअरी २८ देखि हुने
दुबईमा जीसीडी कप फेब्रुअरी २८ देखि हुने
बाक्लो हुस्सु लागेका कारण सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध
बाक्लो हुस्सु लागेका कारण सिमरा, भरतपुर र भैरहवाको उडान अवरुद्ध
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व सङ्कलन
सिराहा–१ मा रास्वपाका बब्लु गुप्ताको शानदार जित
सिराहा–१ मा रास्वपाका बब्लु गुप्ताको शानदार जित
आयोगमा पुगेर उज्यालो पार्टीका नेताले भने- भोलिबारे थाहा छैन, आज एक्लै अघि बढ्यौं
आयोगमा पुगेर उज्यालो पार्टीका नेताले भने- भोलिबारे थाहा छैन, आज एक्लै अघि बढ्यौं
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड
मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड
नौ किलो गाँजासहित पक्राउ परे क्यानडाका कप्तान निकालेस किर्टोन
नौ किलो गाँजासहित पक्राउ परे क्यानडाका कप्तान निकालेस किर्टोन
२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने
२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने
बिहारमा रेलवे स्टेसनमा गोली चल्यो, तीन जनाको मृत्यु
बिहारमा रेलवे स्टेसनमा गोली चल्यो, तीन जनाको मृत्यु
आइपिएलमा आज दुई खेल हुँदै
आइपिएलमा आज दुई खेल हुँदै