Press 4K
बुधबार, २७ जेठ २०८३

क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख ११, २०८३
|
|
३६३ पटक हेरिएको
Shares
क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै

सारांश

  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी बारामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् ।
  • बाराको बम नहर रोड अन्तर्गत थलही पुलमा शुक्रबार उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
  • दुर्घटनालगत्तै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोज कुमार यादव घटनास्थल पुगेर घाइते अन्सारीको उद्धारमा सहयोग गरेका थिए ।

११ वैशाख, रौतहट ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी बारामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छन् । बाराको बम नहर रोड अन्तर्गत थलही पुलमा शुक्रबार उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनालगत्तै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोज कुमार यादव घटनास्थल पुगेर घाइते अन्सारीको उद्धारमा सहयोग गरेका थिए ।

एम्बुलेन्स चालक संघ बाराका अध्यक्ष शेख सर्फुदिनका अनुसार अन्सारीलाई तत्कालै उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल पुर्याइएको थियो । अस्पताल भर्ना गरिएका अन्सारीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ । चिकित्सकहरूले उनको स्वास्थ्यको थप परीक्षण गरिरहेका छन् ।

दुर्घटना भएको बम नहर रोडका पुलहरू अत्यन्तै जीर्ण र असुरक्षित रहेको स्थानीयले गुनासो गरेका छन् । पुलहरू खुल्ला र मर्मत नहुँदा बारम्बार दुर्घटना हुने गरे पनि सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानीय आक्रोशित बनेका छन् । यतिबेला सामाजिक सञ्जालमा क्रिकेटर अन्सारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै खेलप्रेमी तथा शुभेच्छुकहरूले सन्देशहरू लेखिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?
योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?
प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै
प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै
च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त
च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त
राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने
राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने
प्रतिनिधिसभा बैठक बस्दै, २ विधेयक प्रस्तुत गरिने
प्रतिनिधिसभा बैठक बस्दै, २ विधेयक प्रस्तुत गरिने
ईपीएस कोरिया शाखाका निर्देशक जिम्मेवारीबाट हटाइए
ईपीएस कोरिया शाखाका निर्देशक जिम्मेवारीबाट हटाइए
मन्त्री खरेलको दाबी : मुलुक चुनावी माहोलमा प्रवेश गरिसक्यो
मन्त्री खरेलको दाबी : मुलुक चुनावी माहोलमा प्रवेश गरिसक्यो
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीले दिए पुरस्कार
निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना फिल्डमा, ८० हजार जनशक्ति परिचालन हुने
निर्वाचन सुरक्षाका लागि आजदेखि नेपाली सेना फिल्डमा, ८० हजार जनशक्ति परिचालन हुने
राष्ट्रिय दलित पत्रकार संघ बाराद्वारा नव- निर्वाचित पत्रकारहरुलाई सम्मान
राष्ट्रिय दलित पत्रकार संघ बाराद्वारा नव- निर्वाचित पत्रकारहरुलाई सम्मान

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...