विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकियो : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण २२, २०८२
|
|
२५ पटक हेरिएको
Shares
विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकियो : प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेका कारण विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ भएको आरोप लगाएका छन् ।
  • बिहीबार राष्ट्रिय सभागृहमा अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको विद्यार्थीसँग संवाद कार्यक्रममा प्रचण्डले एमाले नेतृत्व र प्रधानमन्त्री केपी शर्मा ओली विधेयकको विरुद्धमा गएकाले सदनमा पेश हुन ढिलाइ भएको बताएका हुन् ।
  • उनले भने, ‘विद्यालय शिक्षा विधेयक मेरो प्रधानमन्त्रित्वकालमै दर्ता भएपछि शिक्षकहरूसँग भएका सम्झौताहरूलाई समेटेर विधेयक बनाउने कुरामा वर्तमान सरकारको नेतृत्वकर्ता एमाले र केपी ओली जी नै त्यसको विरुद्ध गएकाले ढिलो भएको हो, त्यसमा कोही भ्रममा नपरौं ।

२२ साउन, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेका कारण विद्यालय शिक्षा विधेयक पारित हुन ढिलाइ भएको आरोप लगाएका छन् । बिहीबार राष्ट्रिय सभागृहमा अनेरास्ववियु क्रान्तिकारीले आयोजना गरेको विद्यार्थीसँग संवाद कार्यक्रममा प्रचण्डले एमाले नेतृत्व र प्रधानमन्त्री केपी शर्मा ओली विधेयकको विरुद्धमा गएकाले सदनमा पेश हुन ढिलाइ भएको बताएका हुन् । उनले भने, ‘विद्यालय शिक्षा विधेयक मेरो प्रधानमन्त्रित्वकालमै दर्ता भएपछि शिक्षकहरूसँग भएका सम्झौताहरूलाई समेटेर विधेयक बनाउने कुरामा वर्तमान सरकारको नेतृत्वकर्ता एमाले र केपी ओली जी नै त्यसको विरुद्ध गएकाले ढिलो भएको हो, त्यसमा कोही भ्रममा नपरौं ।’

आफूहरूले शिक्षक र विद्यार्थीको पक्षमा बोलिरहँदा प्रधानमन्त्री ओली शिक्षकहरूलाई किन सुविधा दिने भनेर गालीगलौज गरेको उनले बताए ।हामी जनताको घरदैलोमा अभियान लिएर जाँदै गर्दा, हामीले शिक्षकहरूको पक्षमा, विद्यार्थीको पक्षमा, विद्यालय शिक्षा विधेयकको पक्षमा बोल्दै गर्दा शिक्षकहरूलाई गाली गरेर किन चाहियो यिनीहरूलाई सुविधा भनेर गाली गर्ने प्रधानमन्त्री उहाँ नै होइन ?, त्यही कारणले रोकिएको छ, उहाँ ढाँटछल गर्न धेरै सिपालु हुनुहुन्छ तर शिक्षामा सुधार गर्ने कुरामा ध्यान छैन, उहाँहरू नीजिकरणतिर हुनुहुन्छ, सार्वजनिक शिक्षाको पक्षमा हुनुहुन्न ।’

असार १५ मै पारित गर्ने भनिएको विद्यालय शिक्षा विधेयक सरकारकै कारण रोकिएको उनको आरोप छ । साथै उनले सबै दल र नेता एकैखाले हुन् भन्ने भाष्य बनाइएको खण्डन गर्दै माओवादी सार्वजिक शिक्षा सुधारको पक्षमा रहेको जिकिर गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विकास, आर्थिक समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित
विकास, आर्थिक समितिको सभापति पदमा कृष्णप्रसाद पौडेल निर्वाचित
रास्वपाले फागुन पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने
रास्वपाले फागुन पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने
अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
अमिरको नेपाल भ्रमण : भैरहवा-कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट
रौतहटका ग्रामीण भेगका सडकमा ट्राफिक नियम उल्लघन
रौतहटका ग्रामीण भेगका सडकमा ट्राफिक नियम उल्लघन
श्रीमान् ओछ्यानमै मृ*त फेला, श्रीमती पक्राउ
श्रीमान् ओछ्यानमै मृ*त फेला, श्रीमती पक्राउ
मन्त्रिपरिषद् बैठक बस्दै 
मन्त्रिपरिषद् बैठक बस्दै 
भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न इप्पानका अध्यक्षको आग्रह
भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न इप्पानका अध्यक्षको आग्रह
राप्रपाले प्राविधिक रुपमा चुनाव हारेपनि राजनीतिक रुपमा जितेको छ :अध्यक्ष लिङ्देन
राप्रपाले प्राविधिक रुपमा चुनाव हारेपनि राजनीतिक रुपमा जितेको छ :अध्यक्ष लिङ्देन
अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित
अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बनीज दोस्रोपटक निर्वाचित