उज्यालो नेपालको घोषणापत्र : प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ३, २०८२
|
|
३१ पटक हेरिएको
Shares
उज्यालो नेपालको घोषणापत्र : प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित

सारांश

  • उज्यालो नेपाल पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायमा जोड दिँदै चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ ।
  • आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो ।
  • घोषणा पत्रमा प्रतिनिधि सभा सदस्य संख्या घटाउने प्रस्ताव गरिएको छ ।

३ फागुन, काठमाडौं ।

उज्यालो नेपाल पार्टीले सुशासन, समृद्धि र सामाजिक न्यायमा जोड दिँदै चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो । घोषणा पत्रमा प्रतिनिधि सभा सदस्य संख्या घटाउने प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा सदस्य संख्या २७५ बाट घटाएर २०१ बनाउने उल्लेख गरिएको हो । राज्यलाई हुने आर्थिक भार कम हुने गरी प्रतिनिधि सभा सदस्य संख्या घटाउने प्रतिवद्धता व्यक्त गरिएको अध्यक्ष घिसिङले बताए ।

त्यसैगरी प्रदेश सभाको सदस्य संख्या पनि ५५० बाट घटाएर ३३० कायम राख्ने भनिएको छ । त्यसैगरी प्रदेश सरकारको स्थायित्वको लागि मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गरिएको घोषणापत्रमा समावेश गरिएको छ । संघीय सरकार १५ सदस्यीय र प्रदेश सरकार बढिमा ७ सदस्यीय हुने पनि घोषणा पत्रमा समावेश गरिएको छ । राज्यमन्त्री र सहायकमन्त्री नराख्ने व्यवस्था पनि आफूहरुले प्रतिवद्धता पत्रमा समावेश गरिएको अध्यक्ष घिसिङले बताए । ‘खर्च घटाउन प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट २०१ र प्रदेश सभा ५५० बाट ३३० मा कटौती गर्ने । संघीय मन्त्रालय १५ र प्रदेश मन्त्रालय ५ देखि ७ मा सिमित गर्ने । र, राज्यमन्त्री तथा सहायक मन्त्री नराख्ने व्यवस्था गरिएको छ,’ घिसिङले भने, ‘प्रदेशमा स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको अवधारणा समेत समेटिएको छ । साथै सरकार गठनपछि हरेक वर्ष प्रतिवद्धता कार्यान्वयनका प्रगति रिर्पोट सार्वजनिक गरिने प्रतिवद्धता गरिएको छ ।’ घोषणा पत्रमा अर्थतन्त्रको सुुदृढिकरण र रोजगारीको अवसर सृजना गर्नका लागि स्वदेशी पुँजी परिचालनमा जोड दिने नीति अवलम्बन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्ताङमा झन्डै ९२ करोड मूल्य बराबरको स्याउ उत्पादन
मुस्ताङमा झन्डै ९२ करोड मूल्य बराबरको स्याउ उत्पादन
स्पीनर चम्किँदा ओमानमाथि नेपालको शानदार जित
स्पीनर चम्किँदा ओमानमाथि नेपालको शानदार जित
नागरिक सेवा सरकारको पहिलो प्राथमिकता: गृहमन्त्री लेखक
नागरिक सेवा सरकारको पहिलो प्राथमिकता: गृहमन्त्री लेखक
ठेक्का तोडिँदा बैंकिङ क्षेत्र प्रभावित हुन्छः कार्यकारी निर्देशक पौडेल
ठेक्का तोडिँदा बैंकिङ क्षेत्र प्रभावित हुन्छः कार्यकारी निर्देशक पौडेल
बागमती प्रदेश : संसद् सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै
बागमती प्रदेश : संसद् सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै
बालुवाटारमा माओवादीको आकस्मिक बैठक जारी
बालुवाटारमा माओवादीको आकस्मिक बैठक जारी
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
मैले आन्दोलनमा गोली चलाउन आदेश दिएको होइन, दोषी देखाएर भ्रम फैलाइयो : ओली
मैले आन्दोलनमा गोली चलाउन आदेश दिएको होइन, दोषी देखाएर भ्रम फैलाइयो : ओली
भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर भागेका व्यक्ति १५ वर्षपछि समातिए
भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर भागेका व्यक्ति १५ वर्षपछि समातिए
पुस १ गतेदेखि बाघ गणना गरिँदै
पुस १ गतेदेखि बाघ गणना गरिँदै