विचार मिल्ने शक्तिहरूबीच एकता र सहकार्य अपरिहार्य: प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र ७, २०८३
|
|
१७१ पटक हेरिएको
Shares
विचार मिल्ने शक्तिहरूबीच एकता र सहकार्य अपरिहार्य: प्रचण्ड

सारांश

  • नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकको वर्तमान परिस्थिति असाधारण र चुनौतीपूर्ण रहेको बताएका छन्।
  • सोमबार काठमाडौँमा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर सङ्कट देखापरेको उल्लेख गरेका हुन्।
  • संयोजक दाहालले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धिहरू क्रमशः खोसिँदै गएकोप्रति चिन्ता व्यक्त गरे।

७ भदौ, काठमाडौं ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुकको वर्तमान परिस्थिति असाधारण र चुनौतीपूर्ण रहेको बताएका छन्। सोमबार काठमाडौँमा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर सङ्कट देखापरेको उल्लेख गरेका हुन्।

संयोजक दाहालले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएका उपलब्धिहरू क्रमशः खोसिँदै गएकोप्रति चिन्ता व्यक्त गरे। देशमाथि वैदेशिक र प्रतिक्रियावादी शक्तिहरूको दबाब एवं हस्तक्षेप बढ्दै गएको दाबी गर्दै उनले वर्तमान अवस्थामा विचार मिल्ने शक्तिहरूबीचको एकता र सहकार्य अपरिहार्य भएको बताए।  संयोजक दाहालले भने, ‘आज देशको परिस्थिति निकै जटिल मोडमा छ, राष्ट्रिय स्वाधीनता र प्राप्त उपलब्धिहरूमाथि प्रहार भइरहेको छ। यो परिस्थितिमा विचार मिल्ने दलहरूबीच पार्टी एकता, तत्कालीन मुद्दाहरूमा सहकार्य र विगतमा शान्ति, संविधान एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा उभिएका शक्तिहरूबीच साझा मोर्चा निर्माण गर्नु आजको मुख्य आवश्यकता हो।’ उनले प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै मुलुकलाई सही दिशामा अघि बढाउन परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्नेमा विशेष जोड दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै
पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै
रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
सवारी दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते
सवारी दुर्घटनामा एकजनाको मृत्यु, एक घाइते
मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ :अध्यक्ष दाहाल
मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान भएको छ :अध्यक्ष दाहाल
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
माओवादी सांसदले मागे प्रधानमन्त्रीको राजीनामा
माओवादी सांसदले मागे प्रधानमन्त्रीको राजीनामा
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल
भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल
आज प्रतिनिधि सभा बैठक बस्दै
आज प्रतिनिधि सभा बैठक बस्दै
राजावादी प्रदर्शनअघि एआईजीको निर्देशन– मानवअधिकारको ख्याल गरियोस्
राजावादी प्रदर्शनअघि एआईजीको निर्देशन– मानवअधिकारको ख्याल गरियोस्
स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्छः पौडेल
स्वास्थ्य संस्थाले नागरिक बडापत्रमा सेवाको शुल्क टाँस्नुपर्छः पौडेल