मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २१, २०८२
|
|
४१ पटक हेरिएको
Shares
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

सारांश

  • मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।
  • कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
  • मुख्यमन्त्रीको कार्यालयले आज शपथ ग्रहणको तयारी गरिएको जनाएको छ ।

२१ मंसिर, जनकपुरधाम ।

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्रीको कार्यालयले आज शपथ ग्रहणको तयारी गरिएको जनाएको छ । उनले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने बताइएको छ । संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि कांग्रेस दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन् । संविधानको धारा १६८ को ३ बमोजिम एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन र विश्वासको मत पाउन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै अर्को सरकार गठन गर्न आदेश दिएको थियो ।तर विश्वासको मत लिनसक्ने अवस्था नरहेपछि यादवले राजीनामा दिएका थिए । त्यसपछि कांग्रेस दलका नेता यादवले  कांग्रेससहित जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका ७७ सांसदहरूको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउन सुशासन प्रवद्र्धनसम्बन्धी ऐन ल्याइएको हो : सञ्चारमन्त्री गुरुङ
यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्युबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
यौन दुर्व्यवहारमा परेकी महिलाको मृत्युबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
हराएका आमा छोरीको श*व भेटियो, छोरा अझै बेपत्ता 
हराएका आमा छोरीको श*व भेटियो, छोरा अझै बेपत्ता 
बागमती प्रदेश सभाको बैठक आज बस्दै
बागमती प्रदेश सभाको बैठक आज बस्दै
विश्व सम्पदा दिवस मनाइँदै
विश्व सम्पदा दिवस मनाइँदै
एसईईको नतिजा सुधार्न अनलाइन कक्षा चलाउँछौं : प्रधानमन्त्री
एसईईको नतिजा सुधार्न अनलाइन कक्षा चलाउँछौं : प्रधानमन्त्री
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने
दशैंको मुखमा पहिरोले सडक अवरुद्ध भएपछि भाैतिक पूर्वाधारमन्त्रीले बाेलाए आकस्मिक बैठक
दशैंको मुखमा पहिरोले सडक अवरुद्ध भएपछि भाैतिक पूर्वाधारमन्त्रीले बाेलाए आकस्मिक बैठक
राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त
राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त
काठमाडौंसहित आज ३९ जिल्लामा बाढीको जोखिम
काठमाडौंसहित आज ३९ जिल्लामा बाढीको जोखिम