।सरकारले अपेक्षित काम नगरेको एमाले नेताहरूको गुनासो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २२, २०८१
|
|
१९ पटक हेरिएको
Shares
।सरकारले अपेक्षित काम नगरेको एमाले नेताहरूको गुनासो

सारांश

  • आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै नेताहरूले जनताका अपेक्षा पूरा गर्न सरकारलाई आग्रह गरेका हुन् ।
  • ‘केन्द्रीय कमिटीका सदस्यहरूले आफ्नो विचार राख्ने क्रममा सरकारलाई प्रभावकारी र परिणाममुखी बनाउन, सुशासन र सेवाप्रवाहमा जोड दिन सुझाव दिएका छन्,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
  • एमालेलाई निर्णायक शक्ति बनाउन नेता तथा कार्यकता वडासम्म केन्द्रित नभएसम्म सम्भव नहुने बताए ।

 

२२ पुस, काठमाडौँ — एमाले केन्द्रीय कमिटी सदस्यहरूले सरकारले अपेक्षित रूपमा काम नगरेको भन्दै प्रभावकारी र परिणाममुखी काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै नेताहरूले जनताका अपेक्षा पूरा गर्न सरकारलाई आग्रह गरेका हुन् । ‘केन्द्रीय कमिटीका सदस्यहरूले आफ्नो विचार राख्ने क्रममा सरकारलाई प्रभावकारी र परिणाममुखी बनाउन, सुशासन र सेवाप्रवाहमा जोड दिन सुझाव दिएका छन्,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेलाई निर्णायक शक्ति बनाउन नेता तथा कार्यकता वडासम्म केन्द्रित नभएसम्म सम्भव नहुने बताए । ‘पार्टीलाई प्रभावकारी, जनआधारित बनाउन सबै नेताहरूलाई पार्टी काममा केन्द्रित गर्नुपर्ने, कार्यकर्ता र जनताका गुनासोहरूलाई सम्बन्धित ठाउँमै गएर सुन्न, समाधान गर्न विशेष जोड दिएका छन्,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?