बाढीपहिरोबाट कृषिमा ५ अर्ब ८३ करोड बराबरको क्षति

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १५, २०८१
|
|
२७ पटक हेरिएको
Shares
बाढीपहिरोबाट कृषिमा ५ अर्ब ८३ करोड बराबरको क्षति

सारांश

  • देशका अधिकांश स्थानमा परेको अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानका कारण बाली तथा पशुपन्छी क्षेत्रमा करिब ५ अर्ब ८३ करोड बराबरको क्षति भएको छ ।
  • असोज १० गतेदेखि परेको अविरल वर्षाले बाढी, पहिरो र डुबानका कारण बाली, पशुपन्छी तथा मत्स्य उत्पादन, खेतीयोग्य जमिन, कृषि सम्बन्धी पूर्वाधार, आपूर्ति शृङ्खला लगायतमा ५ अर्ब ८३ करोड क्षति पु-याएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ ।
  •   मन्त्रालयका अनुसार ५८ हजार ४७६ हेक्टर धानवाली नष्ट भई ३ अर्ब ५० करोड बरावरको क्षति भएको छ ।

 

१५ असोज , काठमाडौँ । देशका अधिकांश स्थानमा परेको अविरल वर्षासँगैको बाढी, पहिरो र डुबानका कारण बाली तथा पशुपन्छी क्षेत्रमा करिब ५ अर्ब ८३ करोड बराबरको क्षति भएको छ ।

असोज १० गतेदेखि परेको अविरल वर्षाले बाढी, पहिरो र डुबानका कारण बाली, पशुपन्छी तथा मत्स्य उत्पादन, खेतीयोग्य जमिन, कृषि सम्बन्धी पूर्वाधार, आपूर्ति शृङ्खला लगायतमा ५ अर्ब ८३ करोड क्षति पु-याएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार ५८ हजार ४७६ हेक्टर धानवाली नष्ट भई ३ अर्ब ५० करोड बरावरको क्षति भएको छ । सो क्षति सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेबाट संकलन गरिएको हो ।

यस्तै, १३ सय हेक्टर अलैँच नष्ट भई  ७० करोड रुपैयाँ बरावरको क्षति भएको मन्त्रालयले जनाएको छ । सो क्षति खोटाङ जिल्लाको हो ।पर्साको ८५ हेक्टर क्षेत्रफलको उखु क्षति भएको छ । सो क्षेत्रमा ३४ करोड रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्साका ४५८ हेक्टर माछापोखरीमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।यस्तै, पाँचथर, धनकुटा, तेह्रथुममा २४ पशुगोठमा क्षति पुगेको मन्त्रालयले जनाएको छ यस्तै, बाढी पहिरोमा परी २६ हजार २०५ पशुपन्छी मृत्यु भएको छ । यो क्षति पाँचथर, इलाम, सुनसरी, धनकुटा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, दोलखा, ललितपुर, मधेस प्रदेशका सबै जिल्लाको रहेको मन्त्रालयले जनाएको छ । यस्तै, कास्की, नवलपरासी पूर्व, कञ्चनपुर रौतहटजिल्लाको २२ हेक्टर फलफुल बगैचामा क्षति भएको छ ।

यस्तै, खोटाङ, मकवानपुर, चितवन, सप्तरी, सिराहा, धनुषा, बारा, पर्साको ४ हजार ७४३ हेक्टर तरकारी बालिमा नष्ट भएको मन्त्रालयको तथ्यांक छ । यस्तै, बाढी पहिरोका कारणले २ वटा कोल्डस्टोरमा पनि क्षति पुगेको छ । कृषि मन्त्रालय र मातहतको कार्यालयको भौतिक तथा अन्य संरचनाको १६ करोड बराबरको  क्षति भएको तथ्यांक छ । सो संरचना लालवन्दी, नक्टाझिज, गोदावरी, खुमलटार, मुसीकोट, फिकल कीर्तिपुर, मार्फा, नवलपुरको रहेको उल्लेख छ । कृषि मन्त्रालयले अन्य क्षतिको विवरण प्राप्त हुने क्रममा रहेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशमा जोगियो कृष्ण यादवको सरकार, चार दलले गरे निरन्तरता दिने निर्णय
मधेस प्रदेशमा जोगियो कृष्ण यादवको सरकार, चार दलले गरे निरन्तरता दिने निर्णय
पहलगाम आक्रमणपछि भारतमा १० लाख साइबर हमला
पहलगाम आक्रमणपछि भारतमा १० लाख साइबर हमला
नेपाल ग्रे लिष्टबाट छिटो बाहिरिने छ  : अर्थमन्त्री
नेपाल ग्रे लिष्टबाट छिटो बाहिरिने छ  : अर्थमन्त्री
सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य, किशोरले लिए ४ विकेट
सुदूरपश्चिमले दियो जनकपुरलाई १२४ रनको लक्ष्य, किशोरले लिए ४ विकेट
मध्यपूर्व तनाव : उद्धार र सहायताका लागि ६५ हजार बढी नेपालीले गरे नाम दर्ता
मध्यपूर्व तनाव : उद्धार र सहायताका लागि ६५ हजार बढी नेपालीले गरे नाम दर्ता
आज रामनवमी पर्व मनाइँदै, सार्वजनिक बिदा
आज रामनवमी पर्व मनाइँदै, सार्वजनिक बिदा
इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री आफैं जाने
इजरायलमा रहेका नेपालीलाई लिन परराष्ट्रमन्त्री आफैं जाने
पोखरामा रविको निवेदनमाथि आज तेस्रो दिन सुनुवाइ, के होला आदेश ?
पोखरामा रविको निवेदनमाथि आज तेस्रो दिन सुनुवाइ, के होला आदेश ?
सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौंमा प्रचण्ड
सुदूरपश्चिम प्रदेशका सांसदहरू भेट्न काठमाडौंमा प्रचण्ड
विराटनगरले रिटेन गर्‍यो सन्दीपसहित ६ खेलाडी
विराटनगरले रिटेन गर्‍यो सन्दीपसहित ६ खेलाडी