झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित   

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख ६, २०८२
|
|
३० पटक हेरिएको
Shares
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित   

सारांश

  • तनहुँको घिरिङ गाउँपालिका–२ र ३ जोड्ने चिन्नेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।
  • यहाँ पुल नहुँदा यस भेगका जनताहरुले घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता थियो ।
  • पुल निर्माणले यात्रा सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

६ वैशाख, तनहुँ ।

तनहुँको घिरिङ गाउँपालिका–२ र ३ जोड्ने चिन्नेखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । यहाँ पुल नहुँदा यस भेगका जनताहरुले घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता थियो । पुल निर्माणले यात्रा सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।  रु ४५ लाख ६८ हजार १९२ को लागतको पुल निर्माणका लागि गैरसरकारी संस्था समन्वय समिति तनहुँले सामाजिक तथा प्राविधिक सहयोग गरेको थियो । उक्त संस्थाका महासचिव राजेश्वर हड्खलेले पुल निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख ९५ हजार ९८५ सहित लागत साझेदारी गरेको जानकारी दिनुभयो ।

त्यस्तै, स्थानीयवासीले रु ८९ हजार दुई सय ४२ बराबरको श्रमदान गरेका थिए । सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रममार्फत रु ३८ लाख ६७ हजार सात सय ७३ विनियोजन भएको थियो ।
पुल निर्माणका लागि उपभोक्ता समितिसँग रु २०८१ वैशाख १६ गते सम्झौता भएको थियो । विसं २०८१ कात्तिक १५ गतेबाट पुल निर्माण सुरु गरिएको र विसं २०८२ असार १५ गतेसम्म म्याद रहेकामा म्यादअगावै पुल निर्माणको काम सकिएको हड्खलेले बताउनुभयो । पुल निर्माणपश्चात् एक सय १८ घरधुरीका नौ सय ५४ जना लाभान्वित भएका छन् ।

चन्द्रावती–घलेछाप सडकखण्ड स्तरोन्नति

तनहुँको भानु नगरपालिका–१२ स्थित भिसी शेरबहादुर मोटरमार्गको चन्द्रावती–घलेछाप सडकखण्ड स्तरोन्नति थालिएको छ । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालयको बजेटबाट उक्त खण्ड स्तरोन्नति थालिएको हो । सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रु एक करोड बजेटमा उक्त खण्डअन्तर्गत ढुङ्गेधारा घुम्तीबाट ४७० मिटर कालोपत्रसहित आवश्यक संरचना निर्माण भइरहेको वडा सदस्य सुदीप केसीले जानकारी दिनुभयो ।

त्यस्तै, सहरी विकास मन्त्रालयको रु एक करोड बजेटबाट चार सय ९० मिटर कालोपत्रसहित अन्य संरचना निर्माण गरिने केसीले जानकारी दिनुभयो । पूर्वाधार विकास कार्यालयमार्फत कार्यान्वयन भएको रु २० लाख बजेटबाट सुरुआती बिन्दु चन्द्रावतीमा १८० घनमिटर ग्याविन जाली र ५४ घनमिटर पक्की नाला निर्माणको काम सम्पन्न भइसकेको छ । भानु नगरपालिकामार्फत ठेक्का लागेको निर्माण पक्षले पटकपटक समय थप गर्दासमेत निर्माण नगरेको सुरुआती बिन्दुबाट कुडुलेसम्मको ठेक्का तोडी रु ७५ लाखमा करिब नौ सय ५० मिटर कालोपत्र सुरु गरिएको केसीले बताउनुभयो । हाल भइरहेको चार सय ७० मिटर कालोपत्र सम्पन्न हुन केही दिन लाग्ने जनाइएको छ । निर्माण कार्य भइरहँदा माथिल्लो घलेछाप, ओख्ले, बयापानी जाने उपभोक्ताले वैकल्पिक मार्ग चन्द्रावती–अर्चले–आरबाजेमार्फत यात्रा गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ ड्राइभिङ लाइसेन्सका लागि बन्द प्रणाली सञ्चालनमा
नयाँ ड्राइभिङ लाइसेन्सका लागि बन्द प्रणाली सञ्चालनमा
ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प
ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सोसल मिडियामाथिको प्रतिबन्ध हटाउने तयारी
वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो
वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो
कांग्रेस सांसदसँग पूर्णबहादुर खड्काले भने– देश र जनताका सवालमा दृढतापूर्वक काम गर्नुस्
कांग्रेस सांसदसँग पूर्णबहादुर खड्काले भने– देश र जनताका सवालमा दृढतापूर्वक काम गर्नुस्
बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै
बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै
आजको मौसम : यी प्रदेशहरुमा साधारणतया बदली रहने
आजको मौसम : यी प्रदेशहरुमा साधारणतया बदली रहने
नेपालको संसद्‍मा उठ्यो भारत-पाकिस्तान युद्धको विषय
नेपालको संसद्‍मा उठ्यो भारत-पाकिस्तान युद्धको विषय
प्रथम राष्ट्रिय पानी सम्मेलनः नौबुँदे काठमाडौँ घोषणापत्र जारी
प्रथम राष्ट्रिय पानी सम्मेलनः नौबुँदे काठमाडौँ घोषणापत्र जारी
युद्धग्रस्त देशबाट फर्कनेलाई सघाउन परराष्ट्रमा २४ घण्टे हेल्प डेस्क
युद्धग्रस्त देशबाट फर्कनेलाई सघाउन परराष्ट्रमा २४ घण्टे हेल्प डेस्क