अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष २६, २०८१
|
|
२८ पटक हेरिएको
Shares
अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु

सारांश

  • अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ ।
  • स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा कारमा सवार दुई नेपालीको मृत्यु भएको हो ।
  • मृत्यु हुनेमा चालक ५५ वर्षका कर्ण खड्का र उनका नातेदार २० वर्षका निश्चल भट्टको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै एनबीसी वाशिङ्गटन डटकमले जनाएको छ ।

२६ पुस, काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा कारमा सवार दुई नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक ५५ वर्षका कर्ण खड्का र उनका नातेदार २० वर्षका निश्चल भट्टको मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै एनबीसी वाशिङ्गटन डटकमले जनाएको छ । खड्का सोही होटलमा हाउस किपिङमा काम गर्दथे । उनले आफ्नो भान्जा नाता पर्ने अर्का व्यक्तिलाई त्यही होटलमा काम लगाइदिने भनेर उनले होटलमा ल्याएका थिए । तर कार पार्किङ क्षेत्रबाट हिउँमा चिप्लिएर करिब १० फिट गहिरो पोखरीमा खसेको थियो ।

दुर्घटना स्थलको भिडियो हेर्दा कारको अघिल्लो भाग पानीमा डुबेको देखिन्छ । अत्यधिक चिसो मौसम र उद्धारमा पनि ढिलाइ भएकाले उनीहरुको मृत्यु भएको त्यहाँस्थित नेपालीहरुले बताएका छन् । मृतक कर्ण थापा छोरी ज्वाइँ र श्रीमतीसहित अमेरिकामा बस्दै आए पनि मृतक अर्का व्यक्तिको परिवार भने नेपालमा रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला एसिया कपः भारतको कीर्तिमानी आठौँ उपाधि
महिला एसिया कपः भारतको कीर्तिमानी आठौँ उपाधि
उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृ*त्यु
उत्तरी युक्रेनमा रुसी ड्रोन आक्रमण, पाँच जनाको मृ*त्यु
पाकिस्तानी सेनाले आफ्नै देशमा खसाल्यो बम, ३० जनाको मृ*त्यु
पाकिस्तानी सेनाले आफ्नै देशमा खसाल्यो बम, ३० जनाको मृ*त्यु
जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जारी
पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी
पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशहरु विरुद्ध न्यायपरिषदमा उजुरी
नेपालमा रहेका बहुराष्ट्रिय कम्पनी प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री
नेपालमा रहेका बहुराष्ट्रिय कम्पनी प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री
यस्तै, २२ अप्रिलमा अर्को पत्र पठाउँदै फिफाले प्रतिबन्ध फुकुवामा अघि बढ्न राखेपलाई भनेको हो । “राखेपले एन्फामाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिनका लागि हाम्रो अनुरोध छ,” पत्रमा भनिएको छ ।  पत्रमा उल्लेखित चासोको विषय सम्बोधन भए/नभएकोबारे फिफालाई जानकारी गराउन राखेप र एन्फा दुवैलाई भनिएको छ ।

जापान पठाइदिने भन्दै २१९ जनालाई ठगेको आरोपमा २ जना पक्राउ
जापान पठाइदिने भन्दै २१९ जनालाई ठगेको आरोपमा २ जना पक्राउ
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा शासनमा बसेर खराब गर्नेलाई दण्डित गर्ने अधिकार छ : राष्ट्रपति
नवजात शिशुको शव फेला
नवजात शिशुको शव फेला