यस्तै, २२ अप्रिलमा अर्को पत्र पठाउँदै फिफाले प्रतिबन्ध फुकुवामा अघि बढ्न राखेपलाई भनेको हो । “राखेपले एन्फामाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिनका लागि हाम्रो अनुरोध छ,” पत्रमा भनिएको छ । पत्रमा उल्लेखित चासोको विषय सम्बोधन भए/नभएकोबारे फिफालाई जानकारी गराउन राखेप र एन्फा दुवैलाई भनिएको छ ।

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख १०, २०८३
|
|
२७० पटक हेरिएको
Shares
यस्तै, २२ अप्रिलमा अर्को पत्र पठाउँदै फिफाले प्रतिबन्ध फुकुवामा अघि बढ्न राखेपलाई भनेको हो । “राखेपले एन्फामाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिनका लागि हाम्रो अनुरोध छ,” पत्रमा भनिएको छ ।  पत्रमा उल्लेखित चासोको विषय सम्बोधन भए/नभएकोबारे फिफालाई जानकारी गराउन राखेप र एन्फा दुवैलाई भनिएको छ ।

सारांश

  • फुटबलको सर्वोच्च निकाय फिफाले २१ जेठभित्र एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्राचार गरेको छ ।
  •   गत चैत ११ मा राखेपले स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अखिल नेपाल फुटबल एसोसियसन (एन्फा)लाई निलम्बन गरेको थियो ।
  • उक्त निर्णयमा फिफाले आपत्ति जनाउँदै एन्फामाथि तेस्रो पक्षको हस्तक्षेप भएको उल्लेख गरेको थियो ।

१० वैशाख,काठमाडौं ।

फुटबलको सर्वोच्च निकाय फिफाले २१ जेठभित्र एन्फामाथिको प्रतिबन्ध फुकुवा गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्राचार गरेको छ ।  गत चैत ११ मा राखेपले स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अखिल नेपाल फुटबल एसोसियसन (एन्फा)लाई निलम्बन गरेको थियो । उक्त निर्णयमा फिफाले आपत्ति जनाउँदै एन्फामाथि तेस्रो पक्षको हस्तक्षेप भएको उल्लेख गरेको थियो ।

अप्रिल ४ मा फिफाले पत्र पठाउँदै निलम्बन फिफा विधानको दफा १४, १९ र एसियाली फुटबल महासंघ (एएफसी) विधानको दफा १५ विपरीत रहेको जनाएको छ । फिफाले यी दफामा आफ्ना सदस्य संघहरूको कुनै पनि तेस्रो पक्षको हस्तक्षेप अनुचित प्रभावबिना आफ्ना मामिला स्वतन्त्र रूपमा व्यवस्थापन गर्नुपर्ने दायित्वलाई जोड दिएको थियो ।  यस्तै, २२ अप्रिलमा अर्को पत्र पठाउँदै फिफाले प्रतिबन्ध फुकुवामा अघि बढ्न राखेपलाई भनेको हो । “राखेपले एन्फामाथि प्रतिबन्ध लगाउने निर्णय फिर्ता लिनका लागि हाम्रो अनुरोध छ,” पत्रमा भनिएको छ । पत्रमा उल्लेखित चासोको विषय सम्बोधन भए/नभएकोबारे फिफालाई जानकारी गराउन राखेप र एन्फा दुवैलाई भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षा विधेयक रोकेर सरकार र महासंघ वार्तामा
शिक्षा विधेयक रोकेर सरकार र महासंघ वार्तामा
टीकापुरमा साउन १ बाट प्लाष्टिक झोला प्रतिबन्ध
टीकापुरमा साउन १ बाट प्लाष्टिक झोला प्रतिबन्ध
बँदेल मार्न थापेको धरापमा परेर महिलाको मृत्यु, २ जना पक्राउ
बँदेल मार्न थापेको धरापमा परेर महिलाको मृत्यु, २ जना पक्राउ
संसदीय समितिद्वारा सरकारलाई आव ०८२/८३ को नीति तथा कार्यक्रमबारे सुझाव प्रतिवेदन हस्तान्तरण
संसदीय समितिद्वारा सरकारलाई आव ०८२/८३ को नीति तथा कार्यक्रमबारे सुझाव प्रतिवेदन हस्तान्तरण
शान्तिचोकमा कन्टेनर र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु
शान्तिचोकमा कन्टेनर र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु
राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
नाबालिकालाई झुक्याएर विवाह गर्ने बेहुलासहित दुई जना पक्राउ
नाबालिकालाई झुक्याएर विवाह गर्ने बेहुलासहित दुई जना पक्राउ
इटहरीले उपमहानगरले सुरु गर्‍यो नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा
इटहरीले उपमहानगरले सुरु गर्‍यो नि:शुल्क शव वाहन र एम्बुलेन्स सेवा
गाडी जलेपछि श्रम मन्त्रालयले २ कार्यालय प्रमुखलाई सोध्यो स्पष्टीकरण, चढ्ने र चलाउने निलम्बित
गाडी जलेपछि श्रम मन्त्रालयले २ कार्यालय प्रमुखलाई सोध्यो स्पष्टीकरण, चढ्ने र चलाउने निलम्बित
क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्वको छापा, २ करोड बरामद
क्षेत्रपाटीस्थित व्यापारी नरेश अग्रवालको घरमा राजस्वको छापा, २ करोड बरामद