अध्यागमन विभागको स्पष्टीकरण : एयरपोर्टमा टिकटको बिल चाहिदैन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २८, २०८२
|
|
७३ पटक हेरिएको
Shares
अध्यागमन विभागको स्पष्टीकरण : एयरपोर्टमा टिकटको बिल चाहिदैन

सारांश

  • अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले एयरपोर्टमा हवाई टिकटको बिल तथा भुक्तानीको रसिद पेस गर्न नपर्ने बताएको छ ।
  • वैदेशिक रोजगार विभागले टिकटको बिल र म्यानपावर कम्पनीलाई तिरेको सेवा शुल्कको रसिद अनिवार्य रूपम देखाउनुपर्ने व्यवस्था गरेपछि उत्पन्न अन्योलबीच अध्यागमनले यस्तो स्पष्टीकरण दिएको हो ।
  • विभागले जारी गरेको सूचनामा श्रमिकले श्रम स्वीकृति, राहदानीलगायतका न्यूनतम आवश्यक कागजात बाहेक अतिरिक्त कुनै पनि बिल वा रसिद देखाउन नपर्ने उल्लेख गरिएको छ ।

२८ चैत, काठमाडौं ।

अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले एयरपोर्टमा हवाई टिकटको बिल तथा भुक्तानीको रसिद पेस गर्न नपर्ने बताएको छ । वैदेशिक रोजगार विभागले टिकटको बिल र म्यानपावर कम्पनीलाई तिरेको सेवा शुल्कको रसिद अनिवार्य रूपम देखाउनुपर्ने व्यवस्था गरेपछि उत्पन्न अन्योलबीच अध्यागमनले यस्तो स्पष्टीकरण दिएको हो ।

विभागले जारी गरेको सूचनामा श्रमिकले श्रम स्वीकृति, राहदानीलगायतका न्यूनतम आवश्यक कागजात बाहेक अतिरिक्त कुनै पनि बिल वा रसिद देखाउन नपर्ने उल्लेख गरिएको छ । अध्यागमन विभागले वैदेशिक रोजगार विभागबाट चैत २३ गते जारी सूचनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै प्रचलित अध्यागमन कानुनअनुसार प्रक्रिया स्पष्ट गरेको हो । विभागका अनुसार गृह मन्त्रालयको २०८२ कात्तिक १३ गतेको मन्त्रिस्तरीय निर्णय तथा विद्यमान कानुनी व्यवस्थाअनुसार भिजिट भिसामा विदेश जाने नेपालीका हकमा कम्तीमा ६ महिना वैध राहदानी, गन्तव्य मुलुकसम्मको हवाई टिकट र सम्बन्धित मुलुकको भिसा भए पुग्नेछ ।

यस्तै, वैदेशिक रोजगारीका लागि जाने श्रमिकका हकमा श्रम स्वीकृति र राहदानीलगायतका आधारभूत कागजात मात्रै अनिवार्य हुने जनाइएको छ । विभागले विदेश जाने नागरिकलाई कुनै पनि भ्रममा नपरी आवश्यक जानकारी लिएर निर्धक्क यात्रा गर्न आग्रह समेत गरेको छ । यसअघि वैदेशिक रोजगार विभागले चैत २९ गतेदेखि लागू हुनेगरी हवाई टिकट, त्यसको बिल तथा म्यानपावरलाई तिरेको सेवा शुल्कको रसिद अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसईईको नतिजा आज सार्वजनिक हुँदै
एसईईको नतिजा आज सार्वजनिक हुँदै
सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ
सर्लाहीमा स्रोत नखुलेको सात लाखभन्दा बढी नेपाली रुपैयाँसहित भारतीय युवक पक्राउ
दाउन्ने सडक दैनिक ६ घण्टा बन्द रहने
दाउन्ने सडक दैनिक ६ घण्टा बन्द रहने
कानुन समितिको बैठकमा एकसाथ ४ मन्त्री सहभागी
कानुन समितिको बैठकमा एकसाथ ४ मन्त्री सहभागी
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
नवनियुक्त प्रधानमन्त्रीले आइतबार पदभार ग्रहण गर्ने, सरकारी निवास व्यवस्थापन नभएसम्म निजी निवासमै बस्ने
कचोर्वा , पथलवाघाटबाट र खजानीबाट तस्करी
कचोर्वा , पथलवाघाटबाट र खजानीबाट तस्करी
प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
प्रतिनिधिसभाबाट ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक स्वीकृत
सुकेधारामा शव भेटिएको घटना : हत्या आशंकामा एक पक्राउ
सुकेधारामा शव भेटिएको घटना : हत्या आशंकामा एक पक्राउ
हेटाैंडामा माेटरसाइकलको ठक्करले बालककाे मृत्यु
हेटाैंडामा माेटरसाइकलको ठक्करले बालककाे मृत्यु
आजबाट उपत्यका बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने 
आजबाट उपत्यका बाहिर जाने सवारी साधन नयाँ बसपार्कबाट मात्रै छुट्ने