नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर २८, २०८२
|
|
३६ पटक हेरिएको
Shares
नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की

सारांश

  • प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरूमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छन्।
  • आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन्।
  • प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा युवाहरूले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको स्मरण गराउँदै सोही मुद्दा सम्बोधन हुनेगरी काम गर्न आवश्यक रहेको बताइन्।

२८ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरहरूमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने बताएकी छन्। आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन्।प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा युवाहरूले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको स्मरण गराउँदै सोही मुद्दा सम्बोधन हुनेगरी काम गर्न आवश्यक रहेको बताइन्।

उनले समावेशी विकास र समन्यायको आकांक्षा जेन–जीहरुको अभिव्यक्ति भएको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्नसके देशमा दिगो विकास हुने र त्यसले राष्ट्रलाई बलियो बनाउने समेत बताइन्। प्रधानमन्त्री कार्कीले भनिन्,‘भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा युवाहरुले सुशासन र समृद्धिको प्रमुख मुद्दा उठाएको यहाँहरु सबैलाई विदितै छ। राजनीतिक र आर्थिक अवसरहरूमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्ने जेन–जीको माग पनि समावेशी विकास र समन्यायको आकांक्षाको अभिव्यक्ति हो। सबै वर्ग र समुदायको समान पहुँच र सहभागितामा भएको विकास नै दिगो बन्न सक्दछ। यसले राष्ट्रलाई बलियो बनाउँदछ। यस दिशामा प्रतिष्ठानले थप प्रभावकारी भुमिका खेल्न सकोस्।’ प्रधानमन्त्री कार्कीले सबै जाति, भाषा र संस्कृतिका समुदायको हीत हुनेगरी अघि बढ्न पनि सम्बन्धित पक्षलाई सचेत पनि गराइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् अवरुद्ध हुँदा ४८० घरमा तीन महिनादेखि अन्धकार
विद्युत् अवरुद्ध हुँदा ४८० घरमा तीन महिनादेखि अन्धकार
ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री
ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री
कांग्रेसको नीति प्रतिष्ठानले तोक्यो सात वटा उपसमितिका संयोजक
कांग्रेसको नीति प्रतिष्ठानले तोक्यो सात वटा उपसमितिका संयोजक
महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि, सशस्त्र प्रहरीको सलामी
महाकाली किनारमा विपिन जोशीको अन्त्येष्टि, सशस्त्र प्रहरीको सलामी
एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौँमा
एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौँमा
तीनकुने घटनामा जरिवाना गराउन महानगरले खटायो अध्ययन टोली
तीनकुने घटनामा जरिवाना गराउन महानगरले खटायो अध्ययन टोली
लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी, करोडौंको क्षति
लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी, करोडौंको क्षति
काभ्रेमा बाढी–पहिरोले चार जनाको मृत्यु, १० जना बेपत्ता
काभ्रेमा बाढी–पहिरोले चार जनाको मृत्यु, १० जना बेपत्ता
फिफा विश्वकप : ब्राजिलसँग स्कटल्याण्डलाई ३-० गोलले पराजित 
फिफा विश्वकप : ब्राजिलसँग स्कटल्याण्डलाई ३-० गोलले पराजित 
काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ
काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ