हरिपूर्वामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन ९, २०८१
|
|
४६ पटक हेरिएको
Shares
हरिपूर्वामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा

सारांश

  • सर्लाहीको हरिपूर्वा नगरपालिकामा १२ वर्षको लामो प्रतीक्षापछि १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएको छ।
  • अस्पतालको उद्घाटन नगरप्रमुख विनोदकुमार साह तेली, उपप्रमुख सुमित्रादेवी ग्वारनी र प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले गरेका हुन्।
  • यस अस्पतालको भवन निर्माण २०७९ सालमै सम्पन्न भएको थियो, तर बजेटको अभावका कारण सञ्चालनमा ढिलाइ भएको थियो।

सर्लाही। सर्लाहीको हरिपूर्वा नगरपालिकामा १२ वर्षको लामो प्रतीक्षापछि १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएको छ। अस्पतालको उद्घाटन नगरप्रमुख विनोदकुमार साह तेली, उपप्रमुख सुमित्रादेवी ग्वारनी र प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले गरेका हुन्।

यस अस्पतालको भवन निर्माण २०७९ सालमै सम्पन्न भएको थियो, तर बजेटको अभावका कारण सञ्चालनमा ढिलाइ भएको थियो। हाल अस्पतालमा दुई एमबिबिएस चिकित्सक, एक रेडियोग्राफर, एक आँखा स्वास्थ्यकर्मी र तीन जना सिनियर अहेब नियुक्त भएका छन्।

अस्पताल निर्माणका लागि पाँचजना जग्गादाताले १० कट्ठा जग्गा दान गरेका थिए। उद्घाटन समारोहमा नगरपालिकाले यी जग्गादाताहरूलाई विशेष सम्मान गरेको थियो। प्रमुख जिल्ला अधिकारी श्रेष्ठले अस्पतालको प्रभावकारी सञ्चालनमा विशेष ध्यान दिन सुझाव दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलाका लागि ‘ब्लु बस’ सञ्चालन गर्ने सरकारको घोषणा
महिलाका लागि ‘ब्लु बस’ सञ्चालन गर्ने सरकारको घोषणा
केपी ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले बुझायो विरोध पत्र
केपी ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले बुझायो विरोध पत्र
८०० रुपैयाँले घट्यो सुनको मूल्य
८०० रुपैयाँले घट्यो सुनको मूल्य
कांग्रेस र एमालेले एक अर्काको घर जलाएको बालेनको आरोप
कांग्रेस र एमालेले एक अर्काको घर जलाएको बालेनको आरोप
मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु, अपराध नियन्त्रणमा थप मेहनत गर्न गृहमन्त्रीको निर्देशन
मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु, अपराध नियन्त्रणमा थप मेहनत गर्न गृहमन्त्रीको निर्देशन
बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित
बागमतीका नवनियुक्त मन्त्रीहरुको शपथ अनिश्चितकालका लागि स्थगित
प्रधानमन्त्रीसँग अन्तरराष्ट्रिय गोलरक्षक बुफनको भेट
प्रधानमन्त्रीसँग अन्तरराष्ट्रिय गोलरक्षक बुफनको भेट
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ
दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले भने : नागरिक सुरक्षाप्रति मेरो निष्ठा सँधै अटल रहनेछ
गुजरातमा पुल नदीमा खस्दा मृ*त्यु भएकाको संख्या १५ पुग्यो, अझै ४ जना बेपत्ता
गुजरातमा पुल नदीमा खस्दा मृ*त्यु भएकाको संख्या १५ पुग्यो, अझै ४ जना बेपत्ता
डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले खटायो ६२२ जनाको टोली
डेङ्गु नियन्त्रण गर्न काठमाडौं महानगरले खटायो ६२२ जनाको टोली