ओलीले भने– सम्पत्ति विवरण भर्दिनँ, खरानी उठाएर लैजा सरकार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २०, २०८३
|
|
३१० पटक हेरिएको
Shares
ओलीले भने– सम्पत्ति विवरण भर्दिनँ, खरानी उठाएर लैजा सरकार

सारांश

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबीन आयोगलाई बयान नदिने बताएका छन् ।
  •  राजधानीमा आयोजित एक कार्यक्रम मार्फत ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने बताएका छन् ।
  • ‘यस्ता आयोगलाई हामी मान्यता दिदैनौं ।

२० जेठ, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति छानबीन आयोगलाई बयान नदिने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रम मार्फत ओलीले सम्पत्ति छानबिन आयोग नस्वीकार्ने बताएका छन् । ‘यस्ता आयोगलाई हामी मान्यता दिदैनौं । अरु कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ,’ ओलीले भने, ‘त्यसमा सम्पत्ति विवरण भरेर पठाइदिनँ । जे जे गर्न सक्छ, गरोस् ।’ विपक्षीलाई फसाउन आयोग गठन गरिएकाले बयान नदिने बताए । ‘यो राज्य राज्य होइन, यो पूर्वाग्रहको पोको हो ।

प्रतिशोधको पोको हो,’ ओलीले भने, ‘देशद्रोही क्रियाकलाप गर्ने प्रायोजित भवितव्यले बनेको चिज हो । यसले विपक्षीलाई फसाउन यस्ता क्रियाकलाप गरेको छ ।’ आफ्नो सम्पत्ति खरानी भइसकेकाले विवरण नभर्ने पनि उनले बताए । ‘…मेरो सम्पत्ति विवरण खरानी भरिदिने मैले,’ उनले भने, ‘सम्पत्ति विवरण फेरि चाहियो ? आगो लगाएर पुगेन, सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ?,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने, दियो ३ विकल्प
सरकारले दोस्रोपटक बोलाएको वार्तामा पनि शिक्षक महासंघ नजाने, दियो ३ विकल्प
तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी
तलब नपाएपछि प्रादेशिक अस्पताल मलंगवाका चिकित्सा अधिकृतद्वारा ज्ञापनपत्र, सेवा अवरुद्ध गर्ने चेतावनी
वडा सदस्यसहित पाँच जना पक्राउ
वडा सदस्यसहित पाँच जना पक्राउ
सेनाले निस्क्रिय पार्‍यो संखुवासभामा भेटिएको शंकास्पद वस्तु
सेनाले निस्क्रिय पार्‍यो संखुवासभामा भेटिएको शंकास्पद वस्तु
निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने प्रावधान संसदीय समितिबाट सदर
निजामती कर्मचारीलाई अवकाशपछि कुलिङ पिरियड लाग्ने प्रावधान संसदीय समितिबाट सदर
  ७ दलिय गठबन्धनले विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्दै
  ७ दलिय गठबन्धनले विरोध तथा शान्तिपूर्ण आन्दोलन गर्दै
सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली
सूर्यदर्शन सहकारी ठगी प्रकरण : अनुसन्धान गर्न पोखरा पुग्यो सिआइबीको टोली
राज्य व्यवस्थामा सहकारीको प्रसंग उठेपछि एमाले सांसदको आपत्ति
राज्य व्यवस्थामा सहकारीको प्रसंग उठेपछि एमाले सांसदको आपत्ति
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी छलफल
भारत लगेर महिला बेच्न खोजेको आरोपमा पक्राउ परेका उर्पा कारागार चलान
भारत लगेर महिला बेच्न खोजेको आरोपमा पक्राउ परेका उर्पा कारागार चलान