पाँच हजार मेगावाटका आयोजनासँग पीपीए गर्दै विद्युत् प्राधिकरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३१, २०८२
|
|
३५ पटक हेरिएको
Shares
पाँच हजार मेगावाटका आयोजनासँग पीपीए गर्दै विद्युत् प्राधिकरण

सारांश

  • नेपाल विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने भएको छ ।
  • प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै अर्धजलाशययुक्त (पीआरओआर) र बहाबमा आधारित (आरओआर) परियोजनाको विद्युत् खरिद सम्झौता गर्न आयोजनाहरूलाई बोलाएको हो ।
  • प्राधिकरणले १८५९ मेगावाटका आरओआर आयोजना र ३१ सय ७ मेगावाटका अर्धजलाशययुक्त आयोजनाको पीपीए गर्ने भएको हो ।

 

३१ वैशाख, काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले ५ हजार मेगावाटका जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्ने भएको छ । प्राधिकरणले बुधबार एक सूचना जारी गर्दै अर्धजलाशययुक्त (पीआरओआर) र बहाबमा आधारित (आरओआर) परियोजनाको विद्युत् खरिद सम्झौता गर्न आयोजनाहरूलाई बोलाएको हो ।

प्राधिकरणले १८५९ मेगावाटका आरओआर आयोजना र ३१ सय ७ मेगावाटका अर्धजलाशययुक्त आयोजनाको पीपीए गर्ने भएको हो ।प्राधिकरणसँग कनेक्सन एग्रिमेन्ट भएका तर पीपीए हुन बाँकी जलविद्युत् आयोजनाहरूको विद्युत् खरिद बिक्रि सम्झौताका प्राधिकरणले सम्पर्क गर्न आउन सूचना जारी गरेको छ । यसअघि हितमान शाक्य प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि नेपाल विद्युत् प्राधिकरण संचालक समितिको १२ चैत २०८१ को बैठकले नेपाल सरकारबाट १६ पुस २०८१ मा स्वीकृत ऊर्जा विकास मार्गचित्रको लक्ष्यअनुरुप उत्पादन क्षमता पुर्‍याउनका लागि पीपीए खुला गर्ने निर्णय गरेको थियो । सो मार्गचित्रले सन् २०३५ सम्म नेपालको कूल विद्युत् जडित क्षमता २८ हजार पाँच सय मेगावाट पुर्‍याउने लक्ष्य राखेको छ ।

‘सो लक्ष्य प्राप्तिका लागि हाललाई १२ चैत २०८१ सम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका १० मेगावाट भन्दा बढी क्षमताका विभिन्न प्रारुपका जलविद्युत् आयोजनाहरूको ग्रिड कनेक्सन एग्रिमेन्टको प्रावधान अनुसार विद्युत् खरिद बिक्रि सम्झौताको प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ,’ प्राधिकरणले जनाएको छ । त्यसरी ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका जलविद्युत् आयोजनाहरूसँग क्रमैसँग विद्युत् खरिद बिक्रि सम्झौताको कारबाही अगाडी बढाउने निर्णय विद्युत् प्राधिकरण व्यवस्थापनले ३० वैशाखमा गरेको पनि प्राधिकरणले जनाएको छ । पीपीएको पाइपलाइनमा रहेका ५४ आयोजनाहरूलाई ३० दिनभित्र दिनभित्र अध्यावधिक विवरण तथा कागजातहरू सहितको निवेदन साथ विद्युत् प्राधिकरणको विद्युत् व्यापार विभागमा सम्पर्क गर्न पनि प्राधिकरणले सूचनामा उल्लेख गरेको छ । प्राधिकरणले यसअघि पीपीए खोल्न आनाकानी गर्दै आएको थियो ।

राजेन्द्र लिङ्देन ऊर्जामन्त्री भएका बेलामा प्राधिकरणले ०७९ सालमा १५ मेगावाट आयोजनाको पीपीए खोलेको थियो । त्यसपछि २०८० सालमा १० मेगावाटसम्मका आयोजनासम्मका आयोजनाको पीपीए खोलेको थियो । भारतसँग १० हजार मेगावाट विद्युत निर्यातको सम्झौता भएको अवस्थामा उत्पादन क्षमता बढाउन पनि पीपीए खोल्नुपर्ने निजी क्षेत्रले माग गर्दै आएको थियो । प्राधिकरणमा शाक्य नियुक्त भएपछिको पहिलो बोर्ड बैठकले पीपीए खुला गर्ने निर्णय गरेको थियो । संचालनमा रहेका र वित्तिय व्यवस्था भई निर्माणाधीन प्रसारण लाईन तथा सवस्टेशनहरू (अनुमानित निर्माण सम्पन्न हुने मिति समेत मध्यनजर गरी निर्वाध रुपमा विद्युत् प्रवाह हुनसक्ने जलविद्युत् आयोजनाको काम तत्काल अघि बढाउने प्राधिकरणको सूचनामा छ ।

त्यस्तै, एन–१ कन्टिन्जेन्सीको अवस्थामा सञ्चालनमा रहेका प्रसारण लाइन तथा सबस्टेशनहरूमार्फत् विद्युत् प्रवाह हुनसक्ने जलविद्युत् आयोजनाहरूलाई समेत उक्त शर्त सम्झौतामा समावेश हुनेगरी पहिलो प्राथमिकतामा राखी पीपीएको कारबाही अघि बढाउने सूचना प्राधिकरणले जनाएको छ ।/२०८०/८१ सम्ममा नेपाल विद्युत प्राधिकरणले जम्मा १० हजार ३०१ मेगावाट जडित क्षमताका विद्युत आयोजनाहरूको लागि विद्युत खरिद बिक्रि सम्झौता गरेको छ । यी मध्ये २४०६ मेगावाट क्षमताका आयोजनाहरूबाट व्यापारिक उत्पादन भइसकेको, ३९०६ मेगावाट क्षमताका आयोजनाहरू वित्तीय व्यवस्थापन भई निर्माणाधीन अवस्थामा रहेको तथा ३८९९ मेगावाट क्षमताका आयोजनाहरू विद्युत् खरिद विक्री सम्झौता भई वित्तीय व्यवस्थापन हुन बाँकी रहेको अवस्थामा छन् । यसमा सौर्य र सह–उत्पादनमा आधारित आयोजनाको क्षमता क्रमशः १०७ मेगावाट र ६ मेगावाट रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बेलायतका लागि नेपाली राजदूत घिमिरेद्वारा पदभार ग्रहण
बेलायतका लागि नेपाली राजदूत घिमिरेद्वारा पदभार ग्रहण
नवलपरासीमा आल्मुनियम रड उत्पादन गर्ने उद्योग सञ्चालन
नवलपरासीमा आल्मुनियम रड उत्पादन गर्ने उद्योग सञ्चालन
हैटीमा गोली हानाहान हुँदा ७० जनाको मृत्यु
हैटीमा गोली हानाहान हुँदा ७० जनाको मृत्यु
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
६१ किलो सुन तस्करी प्रकरणमा जीवन चलाउनेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन
सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन
केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने
केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने
धनुषामा शान्ति सुरक्षा मजबुत बनाएको भन्दै प्रहरी निरीक्षक यादव सम्मानित
धनुषामा शान्ति सुरक्षा मजबुत बनाएको भन्दै प्रहरी निरीक्षक यादव सम्मानित
किराँत समुदायको उधौंली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति
किराँत समुदायको उधौंली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने छ : राष्ट्रपति
भिजिट भिसा प्रकरण : अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति
भिजिट भिसा प्रकरण : अवरुद्ध संसद् खुलाउन तीन दलबीच दुई बुँदे सहमति
बालिकालाई सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ
बालिकालाई सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ