मध्यराति कारमा ६८ लाख बोकेर कहाँ जाँदै थिए चार युवा ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ४, २०८१
|
|
४९ पटक हेरिएको
Shares
मध्यराति कारमा ६८ लाख बोकेर कहाँ जाँदै थिए चार युवा ?

सारांश

  • काठमाडौं महानगरपालिका–९ एयरपोर्ट अगाडिको शम्भुमार्गस्थित सडकमा रोकेर राखेको प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको सेतो रंङको हुण्डाई कम्पनीको क्रेटा कारबाट प्रहरी वृत्त गौशालाको टोलीले ६८ लाख रुपैयाँ बरामद गर्‍यो ।
  • पुसको राति करिब ११ बजेतिर एक हजार दरका ६८ लाखको गड्डीका साथै चार जनालाई प्रहरीले पक्राउ गर्‍यो ।
  • पक्राउ पर्नेमा १८ वर्षीय किशोरदेखि ४६ वर्षसम्मको युवाहरु छन् ।

 

३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिका–९ एयरपोर्ट अगाडिको शम्भुमार्गस्थित सडकमा रोकेर राखेको प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको सेतो रंङको हुण्डाई कम्पनीको क्रेटा कारबाट प्रहरी वृत्त गौशालाको टोलीले ६८ लाख रुपैयाँ बरामद गर्‍यो । पुसको राति करिब ११ बजेतिर एक हजार दरका ६८ लाखको गड्डीका साथै चार जनालाई प्रहरीले पक्राउ गर्‍यो । पक्राउ पर्नेमा १८ वर्षीय किशोरदेखि ४६ वर्षसम्मको युवाहरु छन् ।

त्यतिबेला काठमाडौं महानगरपालिका–३२ दोभानपुल घर भएका ४६ वर्षीय राजकुमार माली, झापााको अर्जुनधारा नगरपालिका–७ घर भइ काठमाडौं–७ बस्दै आएका ३२ वर्षीय प्रवेशकुमार पौडेल, झापाकै बिर्तामोड नगरपालिका–५ घर भएका २७ वर्षीय युवराज सुवेदी र काठमाडौं–१० का १८ वर्षका अवाद सिंह छन् । पक्राउ परेकाहरुलाई हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर वृत्त गौशालाले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताएका छन् । मुलुकी फौजदारी अपराध संहिता २०७४ को १२५ को (क) मा हुण्डीसम्बन्धी कारोबार गर्न नहुने उल्लेख गरिएको छ ।

उनीहरुबाट ६८ लाख रुपैयाँका साथै रकम नै उल्लेख गरिएको ५ थान चेक र ५ थान मोबाइल समेत बरामद गरिएको छ । मध्यराति ठूलो रकमसहित पक्राउ परेका चार जनाले भने उक्त रकम कुन प्रयोजनका लागि कहाँ लगिएको थियो भन्नेबारे केही नबताएको अनुसन्धान अधिृकत बताउँछन् । उक्त रकम कुनै अवैध कारोबार वा सुन खरिद बिक्रिका लागि लगिएको थियो कि भन्नेबारे समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ । यसअघि गत २८ वैशाखमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मालिगाउँबाट बा १३ च ४८५८ नम्बरको कारभित्रैबाट ९८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको थियो ।

स्याउको कार्टुनभित्र प्याक गरेर कारमा बोकिएको उक्त पैसा सुन खरिद बिक्रिका लागि बोकिएको खुलेको थियो । त्यतिबेला २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विक पक्राउ परेका थिए । दुवैजना यसअघि सुन तस्करीमा पक्राउ परेर छुटेको उनीहरु पक्राउ परेपछि खुलेको थियो । पछि अनुसन्धान गर्दा उक्त रकम सुन कारोबारकै लागि बोकिएको खुलेको थियो । अहिले पक्राउ परेका चार जनाबाट बरामद रकम पनि सुनसँग जोडिने आशंका गरेर अनुसन्धान गरिएको छ । उनीहरुबाट बरामद भएका मोबाइल तथा विभिन्न सूचनाका आधारमा उनीहरु हुण्डीको कारोबारी हुनसक्ने आशंका प्रहरीको छ । ‘हामीलाई सूचना आउँदा पनि हुण्डी कारोबारी भनेरै सूचना आएको थियो । यही विषयलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेका छौं’ एक अनुसन्धान अधिकृतले भने ।

यो रकम उनीहरुले कोबाट ल्याएका थिए र कसलाई दिन लागेका थिए वा यसको स्रोत के हो भन्नेबारे अझै यकिन हुन बाँकी नै रहेको प्रहरीले जनाएको छ । चार जनालाई ६८ लाख पक्राउ गरकै भोलिपल्ट दिउँसो गौशाला प्रहरीले नै फेरि २६ लाखसहित चार जनालाई नै पक्राउ गरेको छ । ३ पुसको दिउँसो साढे २ बजेतिर काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीस्थित श्री बालाजी इम्पोर्ट प्रालिबाट प्रहरीले २६ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । अहिले उक्त कम्पनीका सञ्चालक गुल्मीको तम्घास नगरपालिका–४ घर भएका ५२ वर्षीय भेषराज पाण्डे, भारतको राजस्थान ढुगरगढ घर भएका ५२ वर्षकै बस्नतकुमार राठी,

काठमाडौंको कमलपोखरीका ३५ वर्षीय प्रनिश थापा र काठमाडौं–१६ घर भएका ५२ वर्षकै सुरेश अधिकारी गौशाला प्रहरीको हिरासतमा छन् । राति चार जनालाई ६८ लाख पक्राउ परेपछि आएको सूचनाकै आधारमा बालाजी प्रालिमा परिसर काठमाडौं र वृत्त गौशालाको टोलीले छापा हानेर उक्त रकम बरामद गरेको हो । राति बरामद भएको ६८ लाख रुपैयाँ उनीहरुसँग कनेक्सन छ÷छै भन्नेबारे समेत प्रहरीले जोडेर अहिले अनुसन्धान गरिरहेको छ । साढे २६ लाखसहित पक्राउ परेकाहरुको मोबाइलमा भने हुण्डीको कारोबार गरेको हो भन्ने प्रष्ट देखिने म्यासेजहरु फेला परेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु
इजरायलले लेबनानमा आक्रमण गर्दा एकैदिन ४९२ जनाको मृत्यु
संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगे राष्ट्रपति पौडेल
संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगे राष्ट्रपति पौडेल
हट्यो तीनकुने क्षेत्रको कर्फ्यु
हट्यो तीनकुने क्षेत्रको कर्फ्यु
प्रतिगमनविरुद्ध एकीकृत समाजवादीको विरोध र्‍याली
प्रतिगमनविरुद्ध एकीकृत समाजवादीको विरोध र्‍याली
पार्टी एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको छ ःसहसंयोजक नेपाल
पार्टी एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको छ ःसहसंयोजक नेपाल
पसलबाट चोरी गरेकाे रुपैयाँ नै नक्कली परेपछि
पसलबाट चोरी गरेकाे रुपैयाँ नै नक्कली परेपछि
गृह मन्त्रालयद्वारा हालसम्मकै उच्च बेरुजु फर्छ्योट
गृह मन्त्रालयद्वारा हालसम्मकै उच्च बेरुजु फर्छ्योट
यस्ता छन् मन्त्रिपरिषद् बैठकको निर्णयहरु [सूचीसहित]
यस्ता छन् मन्त्रिपरिषद् बैठकको निर्णयहरु [सूचीसहित]
विद्युत प्राधिकरणले ३५ उद्योगबाट असुल्यो २३ करोड ८७ लाख रुपैंयाँ
विद्युत प्राधिकरणले ३५ उद्योगबाट असुल्यो २३ करोड ८७ लाख रुपैंयाँ
सर्लाहीमा मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा एक जनाको मृ*त्यु
सर्लाहीमा मोटरसाइकल र ट्याङ्कर ठोक्किँदा एक जनाको मृ*त्यु