तराई मधेश महिला फाउन्डेशनकी अध्यक्ष सुनिता साह आजपा प्रवेश

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १२, २०८०
|
|
३२ पटक हेरिएको
Shares
तराई मधेश महिला फाउन्डेशनकी अध्यक्ष सुनिता साह आजपा प्रवेश

सारांश

  • १२,फागुन ।
  • तराई मधेश महिला फाउन्डेशन, नेपालका अध्यक्ष सुनिता कुमारी साह (क्रान्ति) आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन् ।
  • तत्कालिन फोरम नेपालको संस्थापक समेत रहेकी साह आज आजपामा प्रवेश गरी हुन् ।

अमरेश कुमार पाण्डेय।

१२,फागुन । तराई मधेश महिला फाउन्डेशन, नेपालका अध्यक्ष सुनिता कुमारी साह (क्रान्ति) आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन् । तत्कालिन फोरम नेपालको संस्थापक समेत रहेकी साह आज आजपामा प्रवेश गरी हुन् । आजपाको केन्द्रीय कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच उनी पार्टी प्रवेश गरेकी हुन् । साहसंगै अनुसन्धानकर्ता तथा समाजसेवी बसन्त कुमार पूर्वे, महिला समाजसेवी तथा अभियन्ता मिना देवी साह लगायतका लोकप्रिय एवं प्रभावशाली व्यक्तित्वहरु आजपामा प्रवेश गरेका छन् ।

पश्चगामी र यथास्थितिवादी शक्तिहरुले मुलुकलाई अहिलेको दुर्दशापूर्ण अवस्थामा पुर्याएको तथा वर्तमान संकटबाट देशलाई निकाश दिन अग्रगामी शक्तिको मुल धाराको रुपमा आम जनता पार्टी नै एकमात्र ठोस विकल्प रहेको निश्कर्ष सहित उनीहरु आजपामा प्रवेश गरेको आजपाका उपमहासचिव चन्द्रभुषण साहले जनाएका छन् । नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले उनीहरुको उज्जवल राजनीतिक भविष्यको शुभकामना व्यक्त गरे । पार्टीको विधान अनुसार संगठन निर्माणमा जुटन निर्देशन दिदै उनले पार्टीमा उचित जिम्मेवारी दिइने बताए ।

पूर्वदेखी पश्चिमसम्म, उतरदेखी दक्षिणसम्म पार्टीको संगठन निर्माण, गठन, पुनर्गठनका साथै बिभिन्न अभियान सञ्चालन भईरहेकै बीचमा पछिल्लो समय आजपामा प्रवेश गर्नेको संख्या बढदै गईरहेको आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाले जनाएका छन् । पछिल्लो समय बिभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गरेका नेता–कार्यकर्ताहरुलाई पार्टीले जिम्मेवारी पनि दिईरहेको छ ।

आजपा अहिले भ्रष्टाचार, अनियमितता, कुशासन लगायतका बिरुद्धमा अभियान सञ्चालन गर्दै आएको छ । शासन व्यवस्थामा आम जनताको पहुच हुनुपर्ने र दलिय सिण्डिकेटको अन्त्य हुनुपर्ने भन्दै आजपाले संघर्ष समेत गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले गर्‍यो अश्रुग्याँस प्रहार
पोखरामा प्रदर्शनकारीमाथि प्रहरीले गर्‍यो अश्रुग्याँस प्रहार
अनुमति नलिई जेनजी भन्दै माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ
अनुमति नलिई जेनजी भन्दै माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ
विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै
विवाहपञ्चमीको चौथो दिन आज तिल्कोत्सव मनाइँदै
हरिपूर्वा–६ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
हरिपूर्वा–६ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
मधेशमा सांसदहरूबीच हात हालाहाल, सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,
मधेशमा सांसदहरूबीच हात हालाहाल, सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता,
१९ अंकले बढ्यो सेयर बजार, २७ सय नजिक पुग्दा साढे ९ अर्बको कारोबार
१९ अंकले बढ्यो सेयर बजार, २७ सय नजिक पुग्दा साढे ९ अर्बको कारोबार
डेङ्गु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट अभियान
डेङ्गु नियन्त्रण गर्न लामखुट्टेको लार्भा नष्ट अभियान
खोप नलगाएका ५५ प्रतिशतमा दादुरा पुष्टि
खोप नलगाएका ५५ प्रतिशतमा दादुरा पुष्टि
नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल, चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्दै
नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल, चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्दै
काठमाडौंमा फेरि भूकम्पको धक्का
काठमाडौंमा फेरि भूकम्पको धक्का