महाकाली, नारायणी र अरुण नदीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ४१ ढोका खोलिए

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ २३, २०८१
|
|
२८ पटक हेरिएको
Shares
महाकाली, नारायणी र अरुण नदीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ४१ ढोका खोलिए

सारांश

  • लगातारको वर्षाले देशका विभिन्न नदी तथा खोलामा जलसतह बढेको छ ।
  • धनकुटास्थित अरुण नदी सिम्ले जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
  •  महाशाखाका अनुसार जलसतह अझै बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको छ ।

 

२३ असार, काठमाडौं। लगातारको वर्षाले देशका विभिन्न नदी तथा खोलामा जलसतह बढेको छ ।

धनकुटास्थित अरुण नदी सिम्ले जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार जलसतह अझै बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेको छ । यस्तै, महाकाली नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव उच्च भएपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ । महाकालीमा पानीले खतराको सतह नाघेपछि शनिबार साँझदेखि नै शारदा ब्यारेजमा सवारीसाधनको आवागमनमा रोक लगाइएको हो ।

यसैगरी नारायणी नदीमा बाढीको सतह अझै पनि सतर्कता तह माथि रहेको छ । नारायणी पुल जलमापन केन्द्रमा बाढीको सतह ११.७४ मिटर र देवघाटमा बाढीको सतह ८.८५ मिटर रहेको छ ।यता सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन् ।निरन्तरको भारी वर्षाका कारण आएको बाढीपहिरोमा परी शनिबार ९ जनाको मृत्यु हुनुका साथै देशभरको जनजीवन प्रभावित भएको थियो ।

बिहीबारदेखिको झरीले काठमाडौंसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भएको बाढीपहिरोले जनधनको व्यापक क्षति भएको छ । उपत्यकासहित विभिन्न जिल्लामा पहिरो र डुबानले दर्जनौं परिवार विस्थापित भएका छन् । कर्णाली, गण्डकी, वाग्मती, लुम्बिनी प्रदेशका अधिकांश सडक अवरुद्ध हुँदा यात्रु र सवारीसाधन अलपत्र छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?