अमेरिकामा भारी हिमपातः १४ हजारभन्दा बढी उडान रद्द

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ ११, २०८२
|
|
२६ पटक हेरिएको
Shares
अमेरिकामा भारी हिमपातः १४ हजारभन्दा बढी उडान रद्द

सारांश

  • संयुक्त राज्य अमेरिकामा एकसातादेखि तीव्र बन्दै गएको भिषण हिमपातका कारण १४ हजारभन्दा बढी उडान रद्ध भएका छन् ।
  • शनिबारदेखि सोमबारसम्म १४ हजार ८ सयभन्दा बढी उडान रद्द भएका छन भने दशवटा राज्यमा आपतकाल घोषणा गरिएको छ ।
  • हिमपातका कारण खतरनाक सडक अवस्था सिर्जना भएसँगै विभिन्न राजमार्गहरू बन्द गरिएका छन् ।

 

११ माघ, काठमाडौं ।

संयुक्त राज्य अमेरिकामा एकसातादेखि तीव्र बन्दै गएको भिषण हिमपातका कारण १४ हजारभन्दा बढी उडान रद्ध भएका छन् । शनिबारदेखि सोमबारसम्म १४ हजार ८ सयभन्दा बढी उडान रद्द भएका छन भने दशवटा राज्यमा आपतकाल घोषणा गरिएको छ । हिमपातका कारण खतरनाक सडक अवस्था सिर्जना भएसँगै विभिन्न राजमार्गहरू बन्द गरिएका छन् । फ्लाइटअवेयरको तथ्यांक उद्धृत गर्दै सिएनएनले जनाएअनुसार अमेरिकी एयरलाइन्सका निर्धारित उडानमध्ये ४३ प्रतिशत र अटलान्टास्थित डेल्टा एयरलाइन्सका ३५ प्रतिशत उडान ग्राउन्ड गरिएका छन् ।

शनिबार मात्रै डलास र चार्लोट केन्द्रित गरी ४ हजारभन्दा बढी उडान रद्द भएका थिए भने सोमबारसम्म न्यूयोर्क र बोस्टन क्षेत्रमा प्रभाव केन्द्रित हुँदै १ हजार ६ सयभन्दा बढी उडान रद्द भइसकेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेनेसी, जर्जिया, नर्थ क्यारोलाइना, मेरील्यान्ड, अर्कान्सास, केन्टकी, लुइजियाना, मिसिसिपी, इन्डियाना र वेस्ट भर्जिनियासहित १० राज्यमा आपतकाल घोषणा गरेका छन् । उनले संघीय आपतकालीन व्यवस्थापन निकाय राज्यका गभर्नरहरू र आपतकालीन व्यवस्थापन टोलीहरूसँग समन्वय गरी नागरिकको सुरक्षामा काम भइरहेको बताएका छन् । राष्ट्रिय मौसम सेवाका अनुसार हिमपात अमेरिकाको पूर्वी दुई–तिहाइ भूभाग ढाक्नेछ खालको छ । उत्तरी तथा केन्द्रीय मैदान क्षेत्रबाट उत्तरपूर्वसम्म शून्यभन्दा तलको तापक्रम फैलिने र खाडी तटसम्म हरेक रात हिमांकभन्दा तलको तापक्रम रहने पूर्वानुमान गरिएको छ । एनडब्लुएसले आगामी सातासम्म अत्यधिक चिसो मौसम कायम रहने चेतावनी दिँदै, हावासँगैको चिसोले हाइपोथर्मिया र फ्रस्टबाइटको जोखिम बढ्ने भएकाले ‘ज्यान जोखिममा पार्ने चिसो’बाट जोगिन तयारी गर्न आग्रह गरेको छ । साथै, मध्य–एटलान्टिक राज्य हुँदै उत्तरपूर्वी क्षेत्रमा आँधी फैलिने जनाएको छ ।

भारी हिमपात र जम्ने वर्षाले अमेरिकाको पूर्वी भागका धेरै क्षेत्रमा ठूलो असर पार्ने अनुमान गरिएको छ । आँधी नजिकिँदै गर्दा गृह सुरक्षा विभागकी सचिव क्रिस्टी नोएमले सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेकी छन् । सिएनएनका अनुसार करिब १,३०० माइलसम्म फैलिएको यो विशाल शीतकालीन आँधीले टेक्सासदेखि न्यू इङ्ल्यान्डसम्म २,००० माइलभन्दा बढी क्षेत्रमा असर पार्नेछ । दक्षिणी क्षेत्रमा जम्ने बरफका कारण विद्युत् आपूर्ति अवरुद्ध भइरहेको छ भने केही स्थानमा गर्जन र चट्याङसहितको जम्ने वर्षा पनि देखिएको छ । आँधीका कारण आधाभन्दा बढी अमेरिकी नागरिकले शून्यभन्दा तलको हावाको चिसो अनुभव गर्नेछ् । जसले हिम र बरफ लामो समयसम्म जमिरहने र विद्युत् नपुगेका क्षेत्रका बासिन्दा धेरै दिनसम्म कठ्यांग्रिने अवस्था आउने चेतावनी दिइएको छ । राष्ट्रिय मौसम सेवाले १७ भन्दा बढी राज्यमा शीतकालीन आँधीसम्बन्धी चेतावनी जारी गरिसकेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपथमा ट्रक दुर्घटना , चालकसहित तीन घाइते
राजपथमा ट्रक दुर्घटना , चालकसहित तीन घाइते
दैलेखमा भीरबाट लडेर एक जनाको मृ*त्यु
दैलेखमा भीरबाट लडेर एक जनाको मृ*त्यु
हैदराबादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २० यात्रुको मृत्यु
हैदराबादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २० यात्रुको मृत्यु
राजनीतिक संवाद समितिको टोलीद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन
राजनीतिक संवाद समितिको टोलीद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन
प्रहरी ह*त्यामा संलग्न रहेको आरोपमा २ जना नाबालकविरुद्ध मुद्दा दायर
प्रहरी ह*त्यामा संलग्न रहेको आरोपमा २ जना नाबालकविरुद्ध मुद्दा दायर
प्रधानमन्त्री कार्कीद्वारा तीन वटा महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्ने निर्णय
प्रधानमन्त्री कार्कीद्वारा तीन वटा महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्ने निर्णय
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बन्न सकेनः सांसद ढकाल
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बन्न सकेनः सांसद ढकाल
काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल
काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल
जनज्योतिको स्ववियु सभापतिमा अनेरास्ववियुका सिंह निर्वाचित
जनज्योतिको स्ववियु सभापतिमा अनेरास्ववियुका सिंह निर्वाचित
पाेखराकाे रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला 
पाेखराकाे रत्नमन्दिर दरबार सर्वसाधारणका लागि खुला