विदेशीहरूको पक्षपोषण गर्ने यो संविधान खारेज गर्नुपर्छ : प्रभु साह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३, २०८१
|
|
१९ पटक हेरिएको
Shares
विदेशीहरूको पक्षपोषण गर्ने यो संविधान खारेज गर्नुपर्छ : प्रभु साह

सारांश

  • आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान बाहिर हेर्दा नेपालको संविधान भनिएपनि अन्तर्यमा हेर्दा यो दलाल, भगौडा र विदेशीहरूको पक्षपोषण गर्ने संविधान भएको दाबी गरेका छन् ।
  • बिहीबार आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले आयोजना गरेको ‘नेपालको संविधान: समाधान कि समस्या’ विषयक अन्तरक्रियालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै पूर्वमन्त्री साहले अहिलेको संविधानले नेपाली जनताको भाग्य र भविष्य नबनाउने दाबी गर्दै यसको खारेजी गरिनुपर्ने आवश्यकता औँल्याए ।
  •   उनले भने,‘यो संविधानले नेपाली जनताको पक्षपोषण गर्दै ।

 

३ असोज , काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिलेको संविधान बाहिर हेर्दा नेपालको संविधान भनिएपनि अन्तर्यमा हेर्दा यो दलाल, भगौडा र विदेशीहरूको पक्षपोषण गर्ने संविधान भएको दाबी गरेका छन् । बिहीबार आम जनता पार्टीको भातृ संगठन आईटी आर्मीले आयोजना गरेको ‘नेपालको संविधान: समाधान कि समस्या’ विषयक अन्तरक्रियालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै पूर्वमन्त्री साहले अहिलेको संविधानले नेपाली जनताको भाग्य र भविष्य नबनाउने दाबी गर्दै यसको खारेजी गरिनुपर्ने आवश्यकता औँल्याए ।  उनले भने,‘यो संविधानले नेपाली जनताको पक्षपोषण गर्दै । यसले नेपाली जनताको भाग्य र भविष्यलाई उज्ज्वल गर्दैन । यसले नेपाललाई बर्बादमात्रै गर्नेछ भन्ने कुरा यो १० वर्षको घट्नाक्रमले पुष्टि गरिसकेको छ ।’

नेपालको अर्थतन्त्र धराशायी भएको र नेपालीहरूलाई विदेशमा कमाउने र विदेशमा नै आश्रित हुने बनाइएको भन्दै उनले आक्रोश पोखे । पूर्वमन्त्री साहले अहिलेको संविधान स्वरूपमा खिचडी चरित्रको भएको दाबी गरे । उनले भने,‘अहिलेको संविधानको प्रवृत्ति र चरित्र लुटकारी छ । यो संविधानले नेपाली जनताको पक्षपोषण गर्दैन, यसले नेपाली जनताको होइन, विदेशीहरूको पक्षपोषण गरेको छ । यहाँ विदेशी इन्ट्रेस्टमा काम हुन्छ । प्रभु साह पूर्वाग्रहमा बोलिरहेको छैन । म कुनै आग्रह वा पूर्वाग्रहdf हिँड्ने मान्छे पनि होइन । यो संविधान र व्यवस्थाको लागि मैले ठूला ठूला लडाइँ लडेको छु ।’ नेपालको बदलावको लागि नेपाली जनताले विभिन्न आन्दोलन र जनयुद्धमार्फत ठुलो त्याग र बलिदानी दिएको उनले स्मरण गराए ।  उनले नेपालमा अहिले लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको टिप्पणी गरे ।उनले भने,‘मैले यो कुरा आज भनेको होइन, आजभन्दा १० वर्षअघि नै भनेको थिएँ । नेपालमा अब लोकतन्त्र रहेन, यो त दलतन्त्र भयो भनेर भनेको थिएँ । लोकतन्त्रमा निर्वाचित संस्थाको सुप्रिमेसी हुन्छ । नेपालमा जनताबाट निर्वाचित जनप्रतिनिधिहरू डोमिनेट छन् । हिजो पञ्चायतकालमा जसरी जनप्रतिनिधिहरू राजाबाट डोमिनेट थिए, अहिले दलबाट डोमिनेट छन् । मैले यो संसद्लाई मैले लोकतन्त्रको मन्दिर भनेको छैन, यो त दलहरुको कारिन्दाको समारोह भनेको छु ।’उनले नेपालमा निर्वाचन प्रणालीको विकृतिको कुरा उल्लेख गर्ने क्रममा समानुपातिक मतबाट को सांसद बन्छ भन्ने कुरा मत हालेका जनतालाई थाहा नहुनु जनताप्रति गद्दारी भएको दाबी गरे । यस्तै, संघीयतालाई पनि पहिचान र अधिकारविहीन बनाइएको उनको आरोप छ । उनले भारत र चीनजस्तो भीमकायी जनसंख्या भएका देशमा जम्मा ३७ र ३४ वटा सरकारमात्रै रहेको तर नेपालजस्तो तीन करोड जनसंख्या भएको देशमा ७६१ वटा सरकार बनाइएको भन्दै आक्रोश पोखे । उनले संघीय शासन भएका कुनैपनि देशमा तीन तहका सरकार नभएको तथ्याङ्क पेस गरे । उनले नेपालमा भने तीन टायरको सरकार बनाइएको भन्दै आलोचना गरे ।  उनले नेपालमा शासक वर्गलाई नै आरक्षण दिएको भन्दै आलोचना गरे । उनले अहिले दलतन्त्र र दलका नेताहरू मालामाल भएको र जनता लाचार हुनुपरेको अवस्था रहेको सुनाए । उनले जनताको शासन ल्याउनुपर्ने आवश्यकत्ता औँल्याए । उनले पुरानै दलमा सवार भएर देश र जनताको लागि राम्रो गर्न नसक्ने निश्कर्ष निकालेर आफूले नयाँ दल खोलेर जनताको सेवामा समर्पित भएको बताए ।  जनयुद्ध र जनआन्दोलनमा आफूहरूले ठुलो त्याग गरेको भएपनि त्यसमा ठुलो व्यापार र गद्दारी भएको उनको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल
पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी ४ विकेटले विजयी
प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी ४ विकेटले विजयी
अवसरवादीको चंगुलमा रास्वपा, अस्तित्व संकट कि नयाँ यात्राको आरम्भ ?
अवसरवादीको चंगुलमा रास्वपा, अस्तित्व संकट कि नयाँ यात्राको आरम्भ ?
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस, ३ खर्ब ३५ अर्ब थुप्रियो
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई सकस, ३ खर्ब ३५ अर्ब थुप्रियो
सेतो कोटसहित चिकित्सकहरू सडकमा, बिरामीको बिचल्ली
सेतो कोटसहित चिकित्सकहरू सडकमा, बिरामीको बिचल्ली
जिपको ठक्करबाट चितवनमा एक जनाको मृ*त्यु
जिपको ठक्करबाट चितवनमा एक जनाको मृ*त्यु
विशेष महाधिवेशनकाे विराेध गरेका शेखरले गगनसँग लिए भाग
विशेष महाधिवेशनकाे विराेध गरेका शेखरले गगनसँग लिए भाग
दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना
दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना
सर्वोच्चको आदेशपछि कालीगण्डकीमा उत्खनन सुरु
सर्वोच्चको आदेशपछि कालीगण्डकीमा उत्खनन सुरु
कांग्रेस संसदीय बोर्डको बैठक सर्‍यो, भोलि मात्रै उम्मेदवार तय गर्ने गगनको तयारी
कांग्रेस संसदीय बोर्डको बैठक सर्‍यो, भोलि मात्रै उम्मेदवार तय गर्ने गगनको तयारी