यू-१९ महिला टिमलाई १० लाख दिने ,एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, कार्तिक ३०, २०८१
|
|
४७ पटक हेरिएको
Shares
यू-१९ महिला टिमलाई १० लाख दिने ,एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनौट

सारांश

  • विश्वकपमा छनौट भएको नेपाली यू-१९ महिला क्रिकेट टिमलाई नेपाल प्रिमियर लिग (एनपीएल) का आठ फ्रेन्चाइजीले १० लाख नगद पुरस्कार दिने भएका छन् ।
  • आठ फ्रेन्चाइजीले शुक्रबार नेपाली यू-१९ महिला टिमलाई १० लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।
  • नेपाली महिला यू-१९ टिमले युएईलाई पराजित गर्दै पहिलो पटक विश्वकपमा छनौट भएर इतिहास बनाएको थियो ।

३० कार्तिक, काठमाडौँ । विश्वकपमा छनौट भएको नेपाली यू-१९ महिला क्रिकेट टिमलाई नेपाल प्रिमियर लिग (एनपीएल) का आठ फ्रेन्चाइजीले १० लाख नगद पुरस्कार दिने भएका छन् ।

आठ फ्रेन्चाइजीले शुक्रबार नेपाली यू-१९ महिला टिमलाई १० लाख पुरस्कार दिने घोषणा गरेका हुन् । नेपाली महिला यू-१९ टिमले युएईलाई पराजित गर्दै पहिलो पटक विश्वकपमा छनौट भएर इतिहास बनाएको थियो ।

आगामी मङ्सिर १५ देखि शुरु हुने एनपीएलमा बिराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लाइन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सगरी आठ फ्रेन्चाइजीले भाग लिदै छन् । विश्वकपमा छनौट नेपाली यू-१९ महिला टिमलाई नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि जनही साढे २ लाख नगद पुरस्कार दिने घोषणा गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीले डाइभर्सन बगाएपछि वीपी राजमार्ग अवरुद्ध
बाढीले डाइभर्सन बगाएपछि वीपी राजमार्ग अवरुद्ध
बानेश्वरमा प्रहरी दमनपछि हिंसात्मक बन्यो आन्दोलन, २ जनाको मृ*त्यु
बानेश्वरमा प्रहरी दमनपछि हिंसात्मक बन्यो आन्दोलन, २ जनाको मृ*त्यु
प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी
प्रधानमन्त्रीबाट भारत भ्रमणबारे सदनलाई जानकारी
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार पठाइयो
दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार पठाइयो
माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन
माइतीघरमा सहकारी पीडितको अर्धनग्न प्रदर्शन
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै
प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी
प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै