सुदूरपश्चिमः मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २०, २०८२
|
|
२१ पटक हेरिएको
Shares
सुदूरपश्चिमः मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीलाई कारबाहीको माग

सारांश

  • महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष भरतबहादुर शाहले शनिबार विज्ञप्ति प्रकाशित गर्दै सचिव सुवेदीले विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन समग्र पत्रकारिता क्षेत्र र मिडिया हाउसहरुलाई बदनाम गर्ने गरी फेसबुकमा लेखेको स्टाटसप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
  • काठमाडौँबाट प्रकाशित अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक र धनगढीको ईविगुल डटकमको समाचार लिंक सेयर गर्दै सचिव सुवेदीले ‘पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवसको शुभकामना’ भन्दै फेसबुक स्टाटस लेखेका छन्।
  • आफ्नोबारेमा प्रकाशित समाचारका विषयमा विमती भए कानुनी उपचार खोज्नुको सट्टा समग्र पत्रकारिता क्षेत्रलाई नै बदनामित हुने गरी स्टाटस राखिएको घटना भर्त्सनायोग्य र निन्दनीय छ।

 

२० वैशाख, धनगढी –

सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव लिलाधर सुवेदीले फेसबुकमा लेखेको स्टाटसप्रति नेपाल पत्रकार महासंघ प्रदेश समितिले गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ। महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष भरतबहादुर शाहले शनिबार विज्ञप्ति प्रकाशित गर्दै सचिव सुवेदीले विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन समग्र पत्रकारिता क्षेत्र र मिडिया हाउसहरुलाई बदनाम गर्ने गरी फेसबुकमा लेखेको स्टाटसप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

काठमाडौँबाट प्रकाशित अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक र धनगढीको ईविगुल डटकमको समाचार लिंक सेयर गर्दै सचिव सुवेदीले ‘पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवसको शुभकामना’ भन्दै फेसबुक स्टाटस लेखेका छन्।आफ्नोबारेमा प्रकाशित समाचारका विषयमा विमती भए कानुनी उपचार खोज्नुको सट्टा समग्र पत्रकारिता क्षेत्रलाई नै बदनामित हुने गरी स्टाटस राखिएको घटना भर्त्सनायोग्य र निन्दनीय छ। कुनै पत्रकारले पैसा खाएर समाचार लेखेको भए, त्यसको सप्रमाण महासंघको प्रदेस समितिलाई उपलब्ध गराउन पनि महासंघ सचिव सुवेदीलाई चुनौती दिन चाहन्छ,’ अध्यक्ष शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

महासंघले सचिव सुवेदी आफ्नो पदीय मर्यादा बिर्सेर कानुन विपरीत कार्य गरिरहेको पनि महासंघको ठहर छ। ‘प्रदेश सचिवजस्तो पदमा बसेका व्यक्तिले आफ्नो पदीय मर्यादाको ख्यालै नगरी यस्ता गैरजिम्मेवार र अफवाहपूर्ण अभिव्यक्ति दिनु कानुनको बर्खिलाप हो,’ विज्ञप्तिमा भनिएको छ,’बेलाबेला सचिव सुवेदीले पार्टीको कार्यकर्ताजस्तै देखिने गरी स्टाटस लेख्दै आएका छन्। उनले आफ्नो फेसबुकमा पोखराको भावि मेयरसम्म लेख्न भ्याएका छन्। यस्ता हर्कतहरु निजामती कर्मचारी आचारसंहिता विपरीत भएको महासंघको ठहर छ’ विज्ञप्तीमा भनिएको छ । महासंघले यस्ता अराजक सचिवलाई कारबाहीको पनि प्रदेश सरकारसँग माग गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?