बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २६, २०८२
|
|
३४ पटक हेरिएको
Shares
बाजुरामा समानुपातिकमा समेत कांग्रेस पहिलो

सारांश

  • बाजुरामा प्रत्यक्षतर्फ जित हासिल गरेको नेपाली कांग्रेस समानुपातिकमा पनि पहिलो दल बनेको छ ।
  • प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा प्रत्यक्ष तर्फ जितेको कांग्रेस समानुपातिकमा समेत पहिलो बनेको हो ।
  • मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, समानुपातिकमा कुल खसेको ४५ हजार ६६९ मत मध्ये कांग्रेसले १६ हजार ७४६ मत प्राप्त गरेको हो ।

२६ फागुन,बाजुरा ।

बाजुरामा प्रत्यक्षतर्फ जित हासिल गरेको नेपाली कांग्रेस समानुपातिकमा पनि पहिलो दल बनेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा प्रत्यक्ष तर्फ जितेको कांग्रेस समानुपातिकमा समेत पहिलो बनेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, समानुपातिकमा कुल खसेको ४५ हजार ६६९ मत मध्ये कांग्रेसले १६ हजार ७४६ मत प्राप्त गरेको हो । त्यस्तै नेकपा एमालेले १५ हजार ८९७ मत प्राप्त गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ६ हजार ८२०, नेपाली कम्युनिष्ट पार्टीले ३ हजार ३५८ राप्रपाले ४७० नेपाल जनता संरक्षण पार्टीले १३६ सार्वभौम नागरिक पार्टीले १३१ नेपाल कम्युनिस्ट पार्टी माओवादीले २१५ मत प्राप्त गरेको हो। अन्य विभिन्न पार्टीले एक सय कम मत प्राप्त गरेका छन्। कुल खसेको मत मध्ये ४४ हजार ४६९ मत सदर भएको छ । भने १ हजार २ सय मत बदर भएको हो।समानुपातिकतर्फ ८९ हजार ३४३ मतदाता सङ्ख्या थिए।आइतबार सम्पन्न प्रत्यक्षतर्फको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी ५४० मतका साथ विजयी भएका थिए ।

गिरीले १७ हजार १७३ मत प्राप्त गरेका थिए। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६३३ मत प्राप्त गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका हेमराज थापाले ६ हजार ३५ प्राप्त गरेका थिए । नेकपाका प्रकाश बहादुर शाहले ३ हजार ४२४ प्राप्त गरेका हुन् । त्यस्तै क्रमशस्केशर शाहीले हलो चिन्हमा ३५२ दिपक डिसिले आँखा चिन्हमा ९७ भूपेन्द्र विकले गुलाफ चिन्हमा ३३३ र स्वतन्त्र उम्मेदवार उपेन्द्र शाहीले चरोमा ७२ मत पाएका थिए। बाजुरामा पाँच जनाको जमानत जफत समेत भएको थियो । सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री समेत रहेका प्रकाश बहादुर शाह लगायत अन्य ४ जनाको जमानत जफत भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
आन्दोलनकारीबाट मलाई सुरक्षा चुनौती छ : मुख्यमन्त्री यादव
आन्दोलनकारीबाट मलाई सुरक्षा चुनौती छ : मुख्यमन्त्री यादव
सूचना प्रविधि परिमार्जनका कारण राहदानी सेवामा प्रभाव
सूचना प्रविधि परिमार्जनका कारण राहदानी सेवामा प्रभाव
आज कस्तो रहनेछ देशभरको मौसम?
आज कस्तो रहनेछ देशभरको मौसम?
रुसको पूर्वी तटमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट
रुसको पूर्वी तटमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट
शिक्षक महासंघसँगको वार्ता सकारात्मक चरणमा पुगेको छ : शिक्षामन्त्री पन्त
शिक्षक महासंघसँगको वार्ता सकारात्मक चरणमा पुगेको छ : शिक्षामन्त्री पन्त
सामूहिक बलात्कारको बयान दिएकी रिंकुको मृत्यु रहस्यमय, दुरुत्साहनमा अनुसन्धान
सामूहिक बलात्कारको बयान दिएकी रिंकुको मृत्यु रहस्यमय, दुरुत्साहनमा अनुसन्धान
भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा छलफल
नेता रिहाइका लागि राप्रपाले आमसभा गर्ने, दबाबका कार्यक्रम निरन्तर चल्ने
नेता रिहाइका लागि राप्रपाले आमसभा गर्ने, दबाबका कार्यक्रम निरन्तर चल्ने