स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १०, २०८१
|
|
२१ पटक हेरिएको
Shares
स्रोत नखुलेको १२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट ३ भारतीय पक्राउ

सारांश

  •   मकवानपुरको हेटौँडा–भैसे सडकखण्डस्थित चौकीटोल नजिकैको प्रहरी चेकपोइन्टबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।
  • पक्राउ परेका तीनजना भारतीय नागरिकको साथबाट करिब ६३ लाख रुपैयाँ बराबरको अमेरिकी डलर र युरो फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) विश्वराज खड्काले जानकारी दिए।
  • एसपी खड्काको नेतृत्वमा खटिएको टोलीले काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा.

१० मंसिर , स्रोत नखुलेको करिब ६३ लाख रुपैयाँ बराबरको अमेरिकी डलर र युरोसहित मकवानपुरबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।  मकवानपुरको हेटौँडा–भैसे सडकखण्डस्थित चौकीटोल नजिकैको प्रहरी चेकपोइन्टबाट प्रहरीले स्रोत नखुलेको ठूलो परिमाणको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ परेका तीनजना भारतीय नागरिकको साथबाट करिब ६३ लाख रुपैयाँ बराबरको अमेरिकी डलर र युरो फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) विश्वराज खड्काले जानकारी दिए। एसपी खड्काको नेतृत्वमा खटिएको टोलीले काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा.प्र.०३-००१ ज ०७६५ नम्बरको ईभी माइक्रोबसलाई चेकजाँच गर्दा सो परिमाणको रकम फेला परेको हो।  माइक्रोभित्र सवार भारतको उत्तर प्रदेश जालौन बस्ने ४० वर्षका बिजय सिंह कुशवाहको साथमा युएस डलर १२ हजार (नेपाली रुपैयाँ करिब

१६ लाख २० हजार), भारतको उत्तर प्रदेश गोरखपुर बस्ने २६ वर्षको प्रशान्त पाठकको साथबाट युरो १४ हजार (नेपाली रुपैयाँ करिब १९ लाख ६९ हजार) र भारतको राजस्थान, चित्तौडगढका २३ वर्षीय राहुल कुमार माण्डावतको साथबाट युएस २० हजार डलर (नेपाली करिब २७ लाख रुपैँया) फेला परेको जिल्ला प्रहरी कायाृल्य मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।मकवानपुर प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा चेकजाँचको क्रममा यो अवैध मुद्रा पत्ता लागेको हो।

बसभित्र अन्य यात्रु सामान्य अवस्थामा रहे पनि पक्राउ परेकाहरूको व्यवहार शंकास्पद देखिएपछि प्रहरीले उनीहरूको झोला र शरीरमा खोजतलास गरेको थियो। उनीहरुको झोला र शरीर खानतलासी गर्दा अवैध रूपमा लुकाइ राखिएको विदेशी मुद्रा फेला परेको प्रहरीले जनाएको छ। स्रोत नखुलेको उक्त रकम नेपाली ६२ लाख ९० हजार ३५ रुपैयाँ हुन आउने प्रवक्ता अर्यालले बताए।  पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखी अनुसन्धान अघि बढाइएको छ। यो प्रकरणलाई राजस्व अनुसन्धान विभाग, मिनभवन, ललितपुरमा पठाउने प्रक्रिया अगाडि बढाइएको प्रहरी प्रवक्ता डिएसपी अर्यालले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीआईबीमा दुर्गा प्रसाईंको बयान सकियो
सीआईबीमा दुर्गा प्रसाईंको बयान सकियो
वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता
वनमन्त्री शाहीसँग चीनका प्रशासक लिउको भेटवार्ता
मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने
मधेश प्रदेश सरकार माध्यमिक शिक्षा परीक्षा कार्यक्रममा सहभागी नहुने
बाजुरामा कांग्रेसका उम्मेदवार जनक गिरीको अग्रता
बाजुरामा कांग्रेसका उम्मेदवार जनक गिरीको अग्रता
बागमती सरकारबाट बाहिरियाे एमाले, मन्त्रीहरुले बुझाए राजीनामा
बागमती सरकारबाट बाहिरियाे एमाले, मन्त्रीहरुले बुझाए राजीनामा
एमालेले आज पनि थाल्यो काठमाडौंमा प्रदर्शन
एमालेले आज पनि थाल्यो काठमाडौंमा प्रदर्शन
नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न गठित समिति रद्द
नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न गठित समिति रद्द
आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने
आजको मौसम पूर्वानुमान : देशभर आंशिकदेखि साधारणतया बदली रहने
कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्षलाई बोर्डले गर्‍यो कारबाही
कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्षलाई बोर्डले गर्‍यो कारबाही
जितको नजिक पुगेर वेष्ट इन्डिजसँग पराजित भए नेपाल
जितको नजिक पुगेर वेष्ट इन्डिजसँग पराजित भए नेपाल