सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, पौष २७, २०८२
|
|
३२ पटक हेरिएको
Shares
सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य

सारांश

  • सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको कमला पुलको पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ ।
  • लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुललाई असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित हाल बाँकी संरचनात्मक र फिनिसिङसम्बन्धी काम भइरहेको छ ।
  • लुम्बिनी बिल्र्डसका साईट इन्चार्ज सुदिप थापाका अनुसार देनिक ४० देखि ५० जना कामदारहरुको टोलीले पुल मर्मत र संरचना निर्माणको कार्य गरिरहेको छ ।

२७ पुस, जनकपुर ।

सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको कमला पुलको पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुललाई असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित हाल बाँकी संरचनात्मक र फिनिसिङसम्बन्धी काम भइरहेको छ । लुम्बिनी बिल्र्डसका साईट इन्चार्ज सुदिप थापाका अनुसार देनिक ४० देखि ५० जना कामदारहरुको टोलीले पुल मर्मत र संरचना निर्माणको कार्य गरिरहेको छ । पप्पु लुम्बिनी जेभीले पुल निर्माण गर्ने ठेक्का पाएपनि पप्पु कन्सट्रक्सनलाई सरकारले कालो सूचिमा राखेकोले अब लुम्बिनी बिल्डर्सले एक्लै बाँकी निर्माण कार्य र ममर्तका कार्यहरु गरिरहेको साईट इन्चार्ज थापाले बताए ।

उनले ४० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी रहेको ६० प्रतिशत काम पनि निर्धारित समय भित्रै सम्पन्न हुनेमा कुनै शंका नरहेको बताए । उनले असार मसान्तमा उक्त पुलबाट आवतजावत सुरु हुने दाबी गरे । हुलाकी राजमार्गअन्तर्गत पर्ने यो पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले विगतमा पटक–पटक समयसीमा उल्लंघन गर्दा पुल १४ वर्षसम्म अधुरो रहँदै आएको थियो । पुल निर्माण समयमै सम्पन्न नहुँदा सिरहा र धनुषाका स्थानीय बासिन्दा जोखिमपूर्ण अस्थायी बाटो प्रयोग गर्न बाध्य थिए ।राजमार्ग हुँदै घुमेर जाँदा करीब ६० किलोमिटर बढी घुमेर जानु पर्ने बाध्ता पुल निर्माण भएपछि हट्ने सिरहाका स्थानीय श्याम सुन्दर सिंहले बताए। उनले स्थानीयवासीलाई अब आवतजावत गर्दा डेढ घण्टा कम यात्रा गर्नुपर्ने उनको भनाई छ । पछिल्लो समय सरकार र सडक विभागको दबाबपछि पुनःनिर्माण कार्यलाई तीव्रता दिइएको हो । सरकारका उच्च अधिकारी तथा भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिले समेत पुलको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यमा ढिलाइ हुन नदिन निर्देशन दिएका छन् । उनीहरूले कमला पुल क्षेत्रीय आवागमनका लागि मात्र नभई मधेश प्रदेशको आर्थिक र सामाजिक विकासका लागि पनि अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । पुल सञ्चालनमा आएपछि सिरहा, धनुषा, सप्तरी लगायतका जिल्लाबीचको आवागमन सहज हुने, व्यापार–व्यवसाय प्रवद्र्धन हुने तथा स्थानीय बासिन्दाले लामो समयदेखि भोग्दै आएको सास्ती अन्त्य हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री
एनआरएनएको एकताबाट नेपालका राजनीतिक दलहरुले सिक्नुपर्छ : प्रधानमन्त्री
नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने
नेपाल टेलिकमको सेवा चार घण्टा बन्द हुने
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि
भेरी–बबई आयोजनाको कानुनी अप्ठयारा फुकाउन सरकार तयार छ, काम छिटो सक्नु पर्योः गृहमन्त्री अर्याल
भेरी–बबई आयोजनाको कानुनी अप्ठयारा फुकाउन सरकार तयार छ, काम छिटो सक्नु पर्योः गृहमन्त्री अर्याल
बझाङमा उत्साहपूर्वक मतदान हुँदै
बझाङमा उत्साहपूर्वक मतदान हुँदै
बुटवलको डेल्टा मार्टको आगलागीबाट ४० करोड बढी क्षति अनुमान
बुटवलको डेल्टा मार्टको आगलागीबाट ४० करोड बढी क्षति अनुमान
ढल्केबर-लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न
ढल्केबर-लोहारपट्टी १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न
पूर्वन्यायाधीश सिन्हा सहकारी तथा गरिबी निवारण मन्त्रीमा सिफारिस, दिइयो दुई मन्त्रालय
पूर्वन्यायाधीश सिन्हा सहकारी तथा गरिबी निवारण मन्त्रीमा सिफारिस, दिइयो दुई मन्त्रालय
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश