द सहारा लोन सेविङ्स को–अपरेटिभको २९औं वार्षिक साधारण सभा सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २६, २०८२
|
|
३४ पटक हेरिएको
Shares
द सहारा लोन सेविङ्स को–अपरेटिभको २९औं वार्षिक साधारण सभा सम्पन्न

सारांश

  •   द सहारा लोन सेविङ्स को–अपरेटिभ सोसाइटी लिमिटेडको २९औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।
  • सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्ताव पारित गरेको छ।
  • सञ्चालक समितिका अध्यक्ष नागेन्द्र कुमारको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष कुमारले संस्थाले समयसापेक्ष परिमार्जन गर्दै प्रविधि–आधारित सेवामार्फत सदस्यलाई गुणस्तरीय सुविधा उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राख्दै आएको बताए।

सर्लाही, २६ मंसिर।  द सहारा लोन सेविङ्स को–अपरेटिभ सोसाइटी लिमिटेडको २९औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्ताव पारित गरेको छ।

सञ्चालक समितिका अध्यक्ष नागेन्द्र कुमारको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष कुमारले संस्थाले समयसापेक्ष परिमार्जन गर्दै प्रविधि–आधारित सेवामार्फत सदस्यलाई गुणस्तरीय सुविधा उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राख्दै आएको बताए।

वि.सं. २०५१ मा स्थापना भएको सहकारीले ३२ वर्षको यात्रामा ४६ करोड रुपैयाँ शेयर पूँजी, ५ अर्ब ८५ करोड निक्षेप तथा ५ अर्ब ५१ करोड ऋण लगानीको पहुँच बनाउँदै अग्रणी बचत तथा ऋण सहकारीको रूपमा स्थापित भएको छ। गत आर्थिक वर्षमा कर चुक्ता पश्चात १६ करोडभन्दा बढी खुद नाफा आर्जन गर्दै प्रति शेयर रु. १०६.८१ लाभांश वितरण गरेको संस्थाले जनाएको छ।

महाप्रबन्धक नागेन्द्र प्रसाद चौधरीले संस्थाले सुरु गरेको डिजिटल सेवाहरू—अनलाइन बैंकिङ र QR कोड—ले सदस्यलाई अझ सहज सेवा उपलब्ध गराइरहेको जानकारी दिए। हाल प्रधान कार्यालय मलंगवाससहित २९ शाखा तथा सेवा केन्द्रमार्फत सेवा विस्तार भइरहेको उनले बताए।

सभामा चौधरीले वीरगंजमा सेवा केन्द्र भवन निर्माण सम्पन्न भइसकेको तथा लहान र कलैयामा भवन निर्माण तथा खरिद प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिए। उनले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि करिब ७ अर्ब ९२ करोडको कारोबार तथा ३६ करोडभन्दा बढी खुद नाफा आर्जन गर्ने लक्ष्य प्रस्तुत गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गरिँदै
हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री पालिका घोषणा गरिँदै
जेन जी आन्दोलनको क्रममा भएको क्षतिमा २० अर्ब ७० करोड बराबरको बीमा दावी
जेन जी आन्दोलनको क्रममा भएको क्षतिमा २० अर्ब ७० करोड बराबरको बीमा दावी
निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता
निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता
१० किलो लागूऔषध गाँजासहित एक पक्राउ
१० किलो लागूऔषध गाँजासहित एक पक्राउ
विद्युत् परियोजना उद्घाटन गर्न भुटान पुगे नरेन्द्र मोदी
विद्युत् परियोजना उद्घाटन गर्न भुटान पुगे नरेन्द्र मोदी
दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ
दुर्गा प्रसाईंको बयान : कम्बोडियामा बस्ने नेपालीले नै प्रमाणहरू छन् भनेपछि सार्वजनिक गरेको हुँ
तीन महिनामा पौने २२ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलबाट यात्रा
तीन महिनामा पौने २२ लाख यात्रुले गरे त्रिभुवन विमानस्थलबाट यात्रा
राजा नभएको भए प्रचण्ड हुँदैन थिए : केशरबहादुर विष्ट
राजा नभएको भए प्रचण्ड हुँदैन थिए : केशरबहादुर विष्ट
बाढीपहिरो अपडेट: देशभर २ सय ३९ जनाको मृत्यु, १९ जना अझै बेपत्ता
बाढीपहिरो अपडेट: देशभर २ सय ३९ जनाको मृत्यु, १९ जना अझै बेपत्ता
मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु
मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु