सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

द सहारा लोन सेविङ्स को–अपरेटिभको २९औं वार्षिक साधारण सभा सम्पन्न

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २६, २०८२
|
|
४८ पटक हेरिएको
Shares
द सहारा लोन सेविङ्स को–अपरेटिभको २९औं वार्षिक साधारण सभा सम्पन्न

सारांश

  •   द सहारा लोन सेविङ्स को–अपरेटिभ सोसाइटी लिमिटेडको २९औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।
  • सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्ताव पारित गरेको छ।
  • सञ्चालक समितिका अध्यक्ष नागेन्द्र कुमारको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष कुमारले संस्थाले समयसापेक्ष परिमार्जन गर्दै प्रविधि–आधारित सेवामार्फत सदस्यलाई गुणस्तरीय सुविधा उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राख्दै आएको बताए।

सर्लाही, २६ मंसिर।  द सहारा लोन सेविङ्स को–अपरेटिभ सोसाइटी लिमिटेडको २९औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्ताव पारित गरेको छ।

सञ्चालक समितिका अध्यक्ष नागेन्द्र कुमारको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष कुमारले संस्थाले समयसापेक्ष परिमार्जन गर्दै प्रविधि–आधारित सेवामार्फत सदस्यलाई गुणस्तरीय सुविधा उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राख्दै आएको बताए।

वि.सं. २०५१ मा स्थापना भएको सहकारीले ३२ वर्षको यात्रामा ४६ करोड रुपैयाँ शेयर पूँजी, ५ अर्ब ८५ करोड निक्षेप तथा ५ अर्ब ५१ करोड ऋण लगानीको पहुँच बनाउँदै अग्रणी बचत तथा ऋण सहकारीको रूपमा स्थापित भएको छ। गत आर्थिक वर्षमा कर चुक्ता पश्चात १६ करोडभन्दा बढी खुद नाफा आर्जन गर्दै प्रति शेयर रु. १०६.८१ लाभांश वितरण गरेको संस्थाले जनाएको छ।

महाप्रबन्धक नागेन्द्र प्रसाद चौधरीले संस्थाले सुरु गरेको डिजिटल सेवाहरू—अनलाइन बैंकिङ र QR कोड—ले सदस्यलाई अझ सहज सेवा उपलब्ध गराइरहेको जानकारी दिए। हाल प्रधान कार्यालय मलंगवाससहित २९ शाखा तथा सेवा केन्द्रमार्फत सेवा विस्तार भइरहेको उनले बताए।

सभामा चौधरीले वीरगंजमा सेवा केन्द्र भवन निर्माण सम्पन्न भइसकेको तथा लहान र कलैयामा भवन निर्माण तथा खरिद प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिए। उनले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि करिब ७ अर्ब ९२ करोडको कारोबार तथा ३६ करोडभन्दा बढी खुद नाफा आर्जन गर्ने लक्ष्य प्रस्तुत गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत आयोजना निर्माणको लागि उपकरणको सहज उपलब्धता गरिदिन इप्पानको आग्रह
विद्युत आयोजना निर्माणको लागि उपकरणको सहज उपलब्धता गरिदिन इप्पानको आग्रह
सप्तकोशी बस दुर्घटनामा परेका २० जनाको उद्धार (अपडेट)
सप्तकोशी बस दुर्घटनामा परेका २० जनाको उद्धार (अपडेट)
अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध पीडितले दिए उजुरी
अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध पीडितले दिए उजुरी
सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु, घटनाको विरोधमा प्रदर्शन
सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु, घटनाको विरोधमा प्रदर्शन
बालेनको कालो चस्माबारे स्वास्थ्य रिपोर्ट संसद् सचिवालयमा
बालेनको कालो चस्माबारे स्वास्थ्य रिपोर्ट संसद् सचिवालयमा
कर्मचारीमाथि प्रधानमन्त्रीको कडाइ : ४५ दिनमै ४ हजार १८८ जनालाई कारबाही सिफारिस
कर्मचारीमाथि प्रधानमन्त्रीको कडाइ : ४५ दिनमै ४ हजार १८८ जनालाई कारबाही सिफारिस
प्रधानमन्त्रीज्यू, सडक होइन, सरकारमा क्षमता प्रदर्शन गर्नुस् : विश्वप्रकाश शर्मा
प्रधानमन्त्रीज्यू, सडक होइन, सरकारमा क्षमता प्रदर्शन गर्नुस् : विश्वप्रकाश शर्मा
खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री
खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री
शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल
शान्ति, सुशासन र पुनर्निर्माणमा सरकार गम्भीर होस् : विष्णुप्रसाद पौडेल
भारतीय अफ स्पिनर अश्विनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा
भारतीय अफ स्पिनर अश्विनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा