माधव नेपाल र बाबुराम भट्टराईमाथि कारबाही नभए कडा आन्दोलन थाल्छौं : ज्ञानेन्द्र शाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २५, २०८०
|
|
१६ पटक हेरिएको
Shares
माधव नेपाल र बाबुराम भट्टराईमाथि कारबाही नभए कडा आन्दोलन थाल्छौं : ज्ञानेन्द्र शाही

सारांश

  • आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियताको सवालमा एक भएर आन्दोलन गर्ने चेतावनी दिए।
  • ‘प्रधानमन्त्रीलाई चुनौती दिन चाहन्छु, अब तपाईंका आन्दोलन गर्ने दिन गए।
  • जनताले प्रधानमन्त्री बनाएको हो जनताको काम गरौं, जनताको काम गर्न सकेन भने घरमा गएर बसौं।

२५ भदौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारलाई आन्दोलन कसरी गर्नुपर्छ भन्ने देखाउने चेतावनी दिएका छन्।

आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियताको सवालमा एक भएर आन्दोलन गर्ने चेतावनी दिए। ‘प्रधानमन्त्रीलाई चुनौती दिन चाहन्छु, अब तपाईंका आन्दोलन गर्ने दिन गए। जनताले प्रधानमन्त्री बनाएको हो जनताको काम गरौं, जनताको काम गर्न सकेन भने घरमा गएर बसौं। किनभने धेरै फुरफुर नगरौं आन्दोलन कसरी गर्नुपर्छ भन्ने कुरा हामीले देखाउँछौं,’ उनले भने, ‘राष्ट्रवादी शक्तिले देखाउँछ। राष्ट्रियताको सवालमा हामी एकजुट छौं।’

बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भ्राईलाई कारबाही नभए कडा आन्दोलन थाल्ने उनको चेतावनी छ। ‘बालुवाटारको जमिन प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई प्रक्राउ गर्ने आन्दोलन हुन्छ, आन्दोलन २७ गतेबाट सुरू हुन्छ। यो हाम्रो प्रधानमन्त्रीलाई खुला चुनौती हो। जब नेताहरूको नाम आउँछ त्यो प्रकरण सेलाएर जान्छ, हाम्रो आन्दोलन यस्तै भ्रष्टचारका विरूद्धमा हो।’

उनले आफूहरूको आस्थामाथि पटक-पटक खेलबाड भएको भन्दै आक्रोश पोखे। ‘हाम्रो आस्थाको कुरालाई आँच आउने कुरा गरे अतिवादी नहुुने तर जसले यस्तो काम नगर्न भनेको छ त्यो चाहिँ अतिवादी हो। हाम्रो संस्कृतिलाई प्रभाव पार्ने नै अतिवादी र आतंकवादी पनि हुन्। उनीहरूलाई ठीक कसरी गर्ने त्यो हामीलाई थाहा छ,’ उनले भने। संविधानमा गाई मार्‍याे भने तीन वर्षको सजाय हुने व्यवस्था भए पनि गृहमन्त्री जात्रा हेरेर डलर खाएर बसेको उनको आरोप छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रम क्षेत्रको समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ शुरू गरिएको हो : मन्त्री अर्याल
श्रम क्षेत्रको समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ शुरू गरिएको हो : मन्त्री अर्याल
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित
हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित
गोवा नाइटक्लब विस्फोटमा परी चार नेपालीको मृ*त्यु
गोवा नाइटक्लब विस्फोटमा परी चार नेपालीको मृ*त्यु
नेपाली कांग्रेस सर्लाहीका उप–सभापति नवीन अधिकारीको निधन
नेपाली कांग्रेस सर्लाहीका उप–सभापति नवीन अधिकारीको निधन
लमजुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
लमजुङमा भरूवा बन्दुकसहित एक जना पक्राउ
जनकपुर बोल्ट्सको जितपछि मधेसीमाथि विभेद भएको भन्दै विरोध प्रदर्शन
जनकपुर बोल्ट्सको जितपछि मधेसीमाथि विभेद भएको भन्दै विरोध प्रदर्शन
जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना
जेनजी आन्दोलनलाई निर्वाचनको नारा र औजारको रुपमा प्रयोग गरियो : मिराज ढुंगाना
छठ महापर्वको दोस्रो दिन आज ‘खरना’
छठ महापर्वको दोस्रो दिन आज ‘खरना’
हिरासतबाट छुटेपछि स्वागत नेपालले भने – अब उच्छृङ्खल गतिविधि निषेध गर्छौं
हिरासतबाट छुटेपछि स्वागत नेपालले भने – अब उच्छृङ्खल गतिविधि निषेध गर्छौं
पूर्वमेयर पासमानसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
पूर्वमेयर पासमानसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर