Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र १, २०८१
|
|
४७ पटक हेरिएको
Shares
रक्षामन्त्री नेतृत्वको टोली बाढी प्रभावित खुम्बु क्षेत्रमा

सारांश

  • त्यहाँस्थित थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासी उर्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुर्‍याएको छ।
  • बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकीगरी २० घरमा क्षति पुगेको छ।
  • रक्षामन्त्रीसहितको टोली प्रभावित क्षेत्रमा आज बिहान प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता गौरव केसीले जानकारी दिए।

१ भदौ , सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–५ स्थित बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली पुगेको छ। त्यहाँस्थित थामे खोलामा शुक्रबार लेदोसहितको बाढी एक्कासी उर्लेर आउँदा वरपरका घर, विद्यालय र स्वास्थ्यचौकीमा क्षति पुर्‍याएको छ। बाढीबाट निजी भवन, होटल, विद्यालय र स्वास्थ्यचौकीगरी २० घरमा क्षति पुगेको छ। रक्षामन्त्रीसहितको टोली प्रभावित क्षेत्रमा आज बिहान प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता गौरव केसीले जानकारी दिए। बाढीबाट प्रभावित ९३ जनालाई नजिकको सामुदायिक भवनमा तत्कालका लागि स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले बताइन्। बाढीबाट क्षति भएसँगै नेपाली सेनासहितको सुरक्षा फौज र स्थानीय जनप्रतिनिधिको सहयोगमा त्यस क्षेत्रमा उद्धार र राहतको काम भइरहेको छ। बाढीले प्रभावित बस्तीभन्दा केही तल रहेको पक्की पुलमा क्षति पुर्‍याएको छ। प्रभावित स्थान थ्री पास जाने मार्गमा रहेको पर्यटकीय क्षेत्र हो। त्यस क्षेत्रमा चौँरीपालन र होटल व्यवसाय हुँदै आएको छ। राष्ट्रियसभा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले प्रभावित क्षेत्र नाम्चेबाट करिब सात किलोमिटरको दूरीमा ‘थ्री पास’ मार्गमा रहको बस्ती भएको जानकारी दिए। उनले भने, ‘त्यो सगरमाथा आरोहण गर्ने बाटोभन्दा केही टाढाको दूरीमा छ। प्रभावित क्षेत्रको विद्युत् गृहमा क्षति पुगेकाले अहिले बिजुली नहुँदा दूरसञ्चार सेवा प्रवाहमा असर परेको छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गर्छौँ : किराती
गृहमन्त्रीले राजीनामा नदिए संसद्लाई लडाइँको मैदानमा परिणत गर्छौँ : किराती
आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, हिमाली भूभागमा हिमपातको सम्भावना
आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, हिमाली भूभागमा हिमपातको सम्भावना
सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन
सांसदले उठाएका विषयमा जवाफ दिन सरकारलाई निर्देशन
बाढीले विद्युत् सेवा अवरुद्ध, २५० परिवार अन्धकारमा
बाढीले विद्युत् सेवा अवरुद्ध, २५० परिवार अन्धकारमा
पहिरोले कान्ति लोकपथ अवरुद्ध, पहिरो पन्छाउन दिनभर लाग्ने
पहिरोले कान्ति लोकपथ अवरुद्ध, पहिरो पन्छाउन दिनभर लाग्ने
राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास
राष्ट्रपति पौडेलले गरे भानु साहित्य उद्यानको शिलान्यास
लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली
लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली
इरानको बन्दरगाहमा विस्फोट ; २८ को मृत्यु, आठ सय जना घाइते
इरानको बन्दरगाहमा विस्फोट ; २८ को मृत्यु, आठ सय जना घाइते
मन्त्री घिसिङको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु
मन्त्री घिसिङको निर्देशनपछि बागमती नदी किनारका बेवारिसे सवारी साधन हटाउन सुरु
सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?