लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
२५ पटक हेरिएको
Shares
लुम्बिनीमा आफ्नो कार्यक्रममा मान्छे नआएपछि खाली कुर्सीलाई भाषण सुनाएर फर्के ओली

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रम खल्लो बनेको छ।
  • कारण हो- दर्शकको उपस्थिति अत्यन्त न्यून हुनु।
  • ५ हजार व्यक्ति अट्ने क्षमता भएको अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा न्यून उपस्थितिका कारण कुर्सी खाली देखिए।

२९ वैशाख,  काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा आयोजित कार्यक्रम खल्लो बनेको छ। कारण हो- दर्शकको उपस्थिति अत्यन्त न्यून हुनु। ५ हजार व्यक्ति अट्ने क्षमता भएको अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा न्यून उपस्थितिका कारण कुर्सी खाली देखिए। आयोजकमध्येका एकले भने, ‘थोरै उपस्थितिले प्रधानमन्त्री सहभागी कार्यक्रम एकदमै खल्लो भयो।’

हलको अघिल्लो लहरमा केही व्यक्तिहरु सहभागी भए पनि पछाडितिर कुर्सीहरु खाली थिए। कार्यक्रममा सहभागीहरु पनि धैर्यपूर्वक बस्न सकेनन्। वक्ता बोलेको कुरा हलमा उपस्थित सबैले स्पष्ट सुन्न सकिने गरी बनाउन उनले निर्देशन दिए। प्रधानमन्त्री ओलीले छोटो समय मात्र मन्तव्य थिए। समारोहमा प्रधानमन्त्री ओलीसँगै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय र प्रदेश सांसदहरू, विभिन्न देशका राजदूत, भिक्षु, भिक्षुणी, उपासक, सर्वसाधारण लगायतको उपस्थिति छ।

त्यस क्रममा ओलीले आफूहरूले संयमित हुन आग्रह गरेका कारण भारत र पाकिस्तानबीचको युद्ध रोकिएको टिप्पणी गरे। उनले भने, ‘भर्खर केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा झण्डै झण्डै भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो। तर, हात हालाहाल बढ्न पाएन। संयमका लागि उहाँहरूलाई धन्यवाद छ। हामीले सुरुदेखि भन्यौं, विस्तार हुन नपाओस् है यो। यो हात हालाहालको स्थिति लडाइँमा परिणत हुन नपाओस् भनेर कामना गर्‍यौं। उहाँहरूसँग पनि कुरा गर्‍यौं, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत
समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत
रुसको पूर्वी तटमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट
रुसको पूर्वी तटमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट
यूथ ओडिआई : नेपालविरुद्ध अफगानिस्तान ब्याटिङ गर्दै
यूथ ओडिआई : नेपालविरुद्ध अफगानिस्तान ब्याटिङ गर्दै
नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा उडान सुरु
नेपाल एयरलाइन्सको मलेसिया–भैरहवा उडान सुरु
गृहमन्त्रीले राजीनामा नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने प्रतिपक्षको चेतावनी
गृहमन्त्रीले राजीनामा नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने प्रतिपक्षको चेतावनी
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
अब वैदेशिक ऋण अनुदान पहिलाभन्दा कम आउनेछ : परराष्ट्रमन्त्री देउवा
तीन महिने शिशुलाई अपहरण गर्ने एक महिला पक्राउ
तीन महिने शिशुलाई अपहरण गर्ने एक महिला पक्राउ
घट्यो सेयर बजार, २७ सयबाट ओर्लियो नेप्से
घट्यो सेयर बजार, २७ सयबाट ओर्लियो नेप्से
सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण
सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण
राष्ट्रिय प्रतिबद्धता लागि सरकारले सुझाव माग्यो, दलहरूले पठाएनन्
राष्ट्रिय प्रतिबद्धता लागि सरकारले सुझाव माग्यो, दलहरूले पठाएनन्