संसदका महासचिव पाण्डेयका ३ नागरिकता र ३ पासपोर्टबारे छानबिन जारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २४, २०८०
|
|
९२ पटक हेरिएको
Shares
संसदका महासचिव पाण्डेयका ३ नागरिकता र ३ पासपोर्टबारे छानबिन जारी

सारांश

  • सङ्घीय संसद्को महासचिवमा नियुक्त भएका पद्मप्रसाद पाण्डेयले ३ वटा नागरिकता लिएको विषयमा छानबिन जारी रहेको छ ।
  • पाण्डेयले विभिन्न मितिमा ३ पटक नागरिकता लिएको बारेमा गृह मन्त्रालयका साथै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा परेको उजुरीमाथि छानबिन भइरहेको हो ।
  • समितिका सभापति रामहरि खतिवडाले राज्यव्यवस्था तथा सुशासन समितिमा पनि पाण्डेयविरुद्ध उजुरी परेको र त्यो उजुरी बारेमा छानबिन चलिरहेको जानकारी दिए ।

२४ माघ, काठमाडौँ । सङ्घीय संसद्को महासचिवमा नियुक्त भएका पद्मप्रसाद पाण्डेयले ३ वटा नागरिकता लिएको विषयमा छानबिन जारी रहेको छ ।

पाण्डेयले विभिन्न मितिमा ३ पटक नागरिकता लिएको बारेमा गृह मन्त्रालयका साथै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा परेको उजुरीमाथि छानबिन भइरहेको हो । समितिका सभापति रामहरि खतिवडाले राज्यव्यवस्था तथा सुशासन समितिमा पनि पाण्डेयविरुद्ध उजुरी परेको र त्यो उजुरी बारेमा छानबिन चलिरहेको जानकारी दिए । सभापति खतिवडाले भने– ‘छानबिनको आफ्नै प्रक्रिया हुन्छ, उहाँको नियुक्तिको आफ्नै प्रक्रिया हो, उहाँले गलत गर्नुभएको रहेछ भने सजायको भागीदारी हुनुहुन्छ । उहाँले ३ वटा नागरिकता लिएको देखिएकै हो । पहिला २०२६ सालको जन्म मिति भएको, त्यसपछि २०३२ साल जन्म भएको र २०७७ सालमा फेरि २०२६ सालमै जन्म मिति कायम भएको नागरिकता लिनुभएको भेटिएको छ ।

पासपोर्ट पनि त्यस्तै त्यस्तै दुई तिनवटा लिएको भेटिएको छ । अर्को भर्खर रातो पासपोर्ट लिएको भेटिएको छ । त्यो बारेमा छानबिनको प्रक्रिया आफ्नै हुन्छ, उहाँले सभामुखमार्फत नियुक्ति प्रक्रिया पाउनुभयो त्यसमा मेरो केही प्रतिक्रिया छैन ।’ गत मङ्सिर २५ गते सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेयलाई संसद्को महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका थिए । तर रामचन्द्र पौडेलले झन्डै २ महिना होल्ड गरेर माघ २३ गते पाण्डेयलाई महासचिवमा नियुक्त गरेका थिए । पाण्डेयले आज सभामुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा
भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा
संसद् कर्मचारी ट्रेड युनियन खारेज, राजनीतिक गतिविधि गर्न नपाउने
संसद् कर्मचारी ट्रेड युनियन खारेज, राजनीतिक गतिविधि गर्न नपाउने
राति तिब्बतमा भारी वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
राति तिब्बतमा भारी वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु
विजयी भएका मनिष झाको नयाँ शैली : पराजितसँग भेट्ने र परामर्श लिने
विजयी भएका मनिष झाको नयाँ शैली : पराजितसँग भेट्ने र परामर्श लिने
मलेसियाविरुद्ध नेपालले पायो १ सय ५ रनको लक्ष्य
मलेसियाविरुद्ध नेपालले पायो १ सय ५ रनको लक्ष्य
लोडसेडिङ हटाउने कुलमान घिसिङलाई मन्त्रालयकै नेतृत्व
लोडसेडिङ हटाउने कुलमान घिसिङलाई मन्त्रालयकै नेतृत्व
भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन
भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत
बागमती प्रदेश सरकारको दश महिनाको खर्च ३८ प्रतिशत
पक्राउ पुर्जी जारी भएका सांसद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा
पक्राउ पुर्जी जारी भएका सांसद पन्थी बुद्ध जयन्तीको कार्यक्रममा