विजयी भएका मनिष झाको नयाँ शैली : पराजितसँग भेट्ने र परामर्श लिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
२९ पटक हेरिएको
Shares
विजयी भएका मनिष झाको नयाँ शैली : पराजितसँग भेट्ने र परामर्श लिने

सारांश

  • प्रतिनिधि सभा सदस्यको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ मा दुई दिन अघिमात्र भारी मतका साथ निर्वाचित भएका रास्वपाका उम्मेदवार मनिष झाले सोही क्षेत्रमा पराजित भएका एमालेका उम्मेदवार जुली महतोसंग भेटघाट गरेका छन् ।
  • आइतबार दिउँसो झाले जुली महतो जनकपुरधामस्थित नीजि निवासमा पुगेर भेट गरेका हुन् ।
  • झाले धनुषाको समग्र विकासका लागि अभिभावकको रुपमा रही सरसल्लाह दिन महतोसंग आग्रह गरेका छन् ।

२४ फागुन,जनकपुर ।

प्रतिनिधि सभा सदस्यको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ मा दुई दिन अघिमात्र भारी मतका साथ निर्वाचित भएका रास्वपाका उम्मेदवार मनिष झाले सोही क्षेत्रमा पराजित भएका एमालेका उम्मेदवार जुली महतोसंग भेटघाट गरेका छन् । आइतबार दिउँसो झाले जुली महतो जनकपुरधामस्थित नीजि निवासमा पुगेर भेट गरेका हुन् । झाले धनुषाको समग्र विकासका लागि अभिभावकको रुपमा रही सरसल्लाह दिन महतोसंग आग्रह गरेका छन् ।

धनुषा र धनुषावासीलाई आफू भन्दा बढी जुलीले चिनेको भन्दै झाले धनुषामा गर्नु पर्ने कामहरुका बारेमा जुलीसंग छोटो छलफल गरेका छन् । सो क्रममा पराजित उम्मेदवार एवम नेकपा एमालेकी नेतृ महतोले झालाई बधाई तथा शुभकामना दिएकी थिइन । साथै उनले धनुषामा गर्नुपर्ने कार्यहरुको बारेमा झालाई जानकारी गराएकी थिइन । उनले श्रीराम जानकी बहुउद्देश्य रंगशालाको कार्य, स्वास्थ्य, शिक्षा र विशेष गरी बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखानालाई सुचारु गर्नका लागि पहल गर्न झालाई अवगत गराएकी थिइन ।

एमालेको सरकार भएको समयमा उनले अधिकांश कार्य योजनाहरु अगाडि बढाइसकेको र थोरै कामहरु गर्न मात्र बाँकी रहेकाले ती कार्यहरुलाई अगाडि बढाउन झालाई महतोले सल्लाह दिएकी थिइन । नवनिर्वाचित झाले यसअघि नेपाली कांग्रेसबाट पराजित भएका धनुषाका बिमलेन्द्र नीधिलाई भेटेका थिए । झाले यस क्षेत्रका सम्पूर्ण अग्रजहरुसंग भेटेर सरसल्लाह लिने कार्यक्रम रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाकाली, नारायणी र अरुण नदीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ४१ ढोका खोलिए
महाकाली, नारायणी र अरुण नदीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ४१ ढोका खोलिए
अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर
अमेरिकी सरकार र नेपाल सरकारबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा हस्ताक्षर
जापानमा हालै गएको भूकम्प अर्को विनाशकारी भूकम्पको सङ्केत हो ?
जापानमा हालै गएको भूकम्प अर्को विनाशकारी भूकम्पको सङ्केत हो ?
भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग
भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग
समानुपातिक सांसदलाई आयोगद्वारा प्रमाणपत्र प्रदान
समानुपातिक सांसदलाई आयोगद्वारा प्रमाणपत्र प्रदान
राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला
राजनीतिमा उत्तारचढाव आइरहन्छ, यसमा रमाउनेले नै राजनीति गर्नसक्छः शशांक कोईराला
त्रिभुवन विमानस्थल बन्द गर्ने तयारी
त्रिभुवन विमानस्थल बन्द गर्ने तयारी
आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्रीन कार्डको प्रलोभनमा मानब बेचबिखन, आरोपी पक्राउ
ग्रीन कार्डको प्रलोभनमा मानब बेचबिखन, आरोपी पक्राउ
भारतको झारखण्डमा एयर एम्बुलेन्स दु*र्घटना हुँदा ७ जनाको मृ*त्यु
भारतको झारखण्डमा एयर एम्बुलेन्स दु*र्घटना हुँदा ७ जनाको मृ*त्यु