Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

विजयी भएका मनिष झाको नयाँ शैली : पराजितसँग भेट्ने र परामर्श लिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २४, २०८२
|
|
३९ पटक हेरिएको
Shares
विजयी भएका मनिष झाको नयाँ शैली : पराजितसँग भेट्ने र परामर्श लिने

सारांश

  • प्रतिनिधि सभा सदस्यको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ मा दुई दिन अघिमात्र भारी मतका साथ निर्वाचित भएका रास्वपाका उम्मेदवार मनिष झाले सोही क्षेत्रमा पराजित भएका एमालेका उम्मेदवार जुली महतोसंग भेटघाट गरेका छन् ।
  • आइतबार दिउँसो झाले जुली महतो जनकपुरधामस्थित नीजि निवासमा पुगेर भेट गरेका हुन् ।
  • झाले धनुषाको समग्र विकासका लागि अभिभावकको रुपमा रही सरसल्लाह दिन महतोसंग आग्रह गरेका छन् ।

 

२४ फागुन,जनकपुर ।

प्रतिनिधि सभा सदस्यको निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ मा दुई दिन अघिमात्र भारी मतका साथ निर्वाचित भएका रास्वपाका उम्मेदवार मनिष झाले सोही क्षेत्रमा पराजित भएका एमालेका उम्मेदवार जुली महतोसंग भेटघाट गरेका छन् । आइतबार दिउँसो झाले जुली महतो जनकपुरधामस्थित नीजि निवासमा पुगेर भेट गरेका हुन् । झाले धनुषाको समग्र विकासका लागि अभिभावकको रुपमा रही सरसल्लाह दिन महतोसंग आग्रह गरेका छन् ।

धनुषा र धनुषावासीलाई आफू भन्दा बढी जुलीले चिनेको भन्दै झाले धनुषामा गर्नु पर्ने कामहरुका बारेमा जुलीसंग छोटो छलफल गरेका छन् । सो क्रममा पराजित उम्मेदवार एवम नेकपा एमालेकी नेतृ महतोले झालाई बधाई तथा शुभकामना दिएकी थिइन । साथै उनले धनुषामा गर्नुपर्ने कार्यहरुको बारेमा झालाई जानकारी गराएकी थिइन । उनले श्रीराम जानकी बहुउद्देश्य रंगशालाको कार्य, स्वास्थ्य, शिक्षा र विशेष गरी बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखानालाई सुचारु गर्नका लागि पहल गर्न झालाई अवगत गराएकी थिइन ।

एमालेको सरकार भएको समयमा उनले अधिकांश कार्य योजनाहरु अगाडि बढाइसकेको र थोरै कामहरु गर्न मात्र बाँकी रहेकाले ती कार्यहरुलाई अगाडि बढाउन झालाई महतोले सल्लाह दिएकी थिइन । नवनिर्वाचित झाले यसअघि नेपाली कांग्रेसबाट पराजित भएका धनुषाका बिमलेन्द्र नीधिलाई भेटेका थिए । झाले यस क्षेत्रका सम्पूर्ण अग्रजहरुसंग भेटेर सरसल्लाह लिने कार्यक्रम रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा
नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति
बाँकेको नेपालगञ्जमा कर्फ्यु
बाँकेको नेपालगञ्जमा कर्फ्यु
नेपालले आज वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त गर्दै
नेपालले आज वेस्ट इन्डिजसँगको दोस्रो भिडन्त गर्दै
गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ : धवलशमशेर राणा
गणतन्त्र असफल भइसक्यो, सनातन हिन्दु राज्य घोषणा गरौँ : धवलशमशेर राणा
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
नेपाली राजनीतिको संस्थापन माओवादी, अरु शक्ति प्रतिपक्ष : प्रचण्ड
नेपाली राजनीतिको संस्थापन माओवादी, अरु शक्ति प्रतिपक्ष : प्रचण्ड
नेता होइन, जनताको सोचमा परिवर्तन हुनुपर्छ: सभामुख घिमिरे
नेता होइन, जनताको सोचमा परिवर्तन हुनुपर्छ: सभामुख घिमिरे
आलोकनगरमा चल्यो बालेनको डोजर, भत्काइए अवैध संरचना ( तस्बिरहरू )
आलोकनगरमा चल्यो बालेनको डोजर, भत्काइए अवैध संरचना ( तस्बिरहरू )
मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, करिब चार घण्टा यातायात अवरुद्ध
मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो, करिब चार घण्टा यातायात अवरुद्ध