बाँकेको नेपालगञ्जमा कर्फ्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन १६, २०८०
|
|
२५ पटक हेरिएको
Shares
बाँकेको नेपालगञ्जमा कर्फ्यु

सारांश

  • सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।
  • हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि दिउँसो साढे १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।
  • हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ ।

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि दिउँसो साढे १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।

हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्‍यालीले बजार परिक्रमा गरेको छ । ठूलो संख्यामा निस्किएको र्‍यालीमा घरमाथिबाट ढुंगा र ईंटा प्रहार भएको र स्थिति असामान्य भएपछि कर्फ्यु लगाइएको हो । बजार क्षेत्रमा प्रहरी नायब उपरीक्षक नारायण डाँगीको नेतृत्वमा ५ सय बढी प्रहरीहरु परिचालन गरिएको छ । १०० बढी संख्यामा सशस्त्र प्रहरीहरु पनि परिचालित छन् ।

नेपालगञ्जमा सम्भावित तनावलाई मध्यनजर गर्दै आज बिहान सदभाव र्यालीसमेत निकालिएको थियो । सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितामा पदयात्रा निकालिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र जरुरी सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सन्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्न भनेको थियो । यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जङ्गली च्याउ खाँदा  इलाम माङसेबुङमा दुई जनाको मृत्यु
जङ्गली च्याउ खाँदा इलाम माङसेबुङमा दुई जनाको मृत्यु
नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८७ अर्ब रूपैयाँ
नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८७ अर्ब रूपैयाँ
जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु
जनकपुरधामलाई स्वच्छ, सुरक्षित र व्यवस्थित सहर बनाउन गृहमन्त्रालयको पहल सुरु
काठमाडौं आए न्युजिल्यान्डका उपप्रधानमन्त्री
काठमाडौं आए न्युजिल्यान्डका उपप्रधानमन्त्री
कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादी केन्द्रको माग
कुलमान हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादी केन्द्रको माग
कुलमानलाई हटाउन मन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण
कुलमानलाई हटाउन मन्त्री खड्काले सोधे फेरि स्पष्टीकरण
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
मुगुको बिपी चोकमा ५१ जना जेनजीहरुको सम्झनामा श्रद्धान्जली सभा
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक : वरिष्ठ उपाध्यक्ष डाँगी
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक : वरिष्ठ उपाध्यक्ष डाँगी
सरकारलाई लाइफको भन्दा लाइकको चिन्ता छ : गगन थापा
सरकारलाई लाइफको भन्दा लाइकको चिन्ता छ : गगन थापा