१०० रुपैयाँभन्दा बढीमा कर, सीमावर्ती जीवनमा असर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ७, २०८३
|
|
२८० पटक हेरिएको
Shares
१०० रुपैयाँभन्दा बढीमा कर, सीमावर्ती जीवनमा असर

सारांश

  • कैलालीको गौरीफन्टा नाकामा हिजो–आज पहिले जस्तो चहलपहल छैन ।
  • बिहानदेखि साँझसम्म किनमेलका झोलाहरू बोकेर आउजाउ गर्नेहरु भीड घटेको छ ।
  • सीमा पारि भारततर्फको गौरीफन्टा बजार र नेपालतर्फको डोकेबजार दुवैतिर व्यापारको गति सुस्ताएको छ ।

 

७ वैशाख, धनगढी ।

कैलालीको गौरीफन्टा नाकामा हिजो–आज पहिले जस्तो चहलपहल छैन । बिहानदेखि साँझसम्म किनमेलका झोलाहरू बोकेर आउजाउ गर्नेहरु भीड घटेको छ । सीमा पारि भारततर्फको गौरीफन्टा बजार र नेपालतर्फको डोकेबजार दुवैतिर व्यापारको गति सुस्ताएको छ ।

सरकारले भारतबाट ल्याइने न्यूनतम १०० रुपैयाँ बराबरका सामानमा समेत भन्सार शुल्क अनिवार्य गरेपछि सीमावर्ती जनजीवनमा यसको प्रत्यक्ष असर देखिन थालेको स्थानीय व्यापारीहरु बताउँछन् । साना किनमेलका लागि पारि जाने बानी परेका नेपालीहरू अहिले घटेका छन्, जसका कारण सीमा क्षेत्रको आर्थिक गतिविधि सुस्त भएको छ । डोकेबजारमा खुद्रा पसल चलाउँदै आएका कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का दलबहादुर विकका लागि यो परिवर्तन महसुस गर्ने विषय मात्र होइन, दैनिक आम्दानीसँग जोडिएको यथार्थ हो ।

सरकारको नयाँ प्रावधानपछि सीमा क्षेत्रमा आवागमन पातलो बन्दै गएको र डोकेबजार क्षेत्रमा सानोतिनो व्यापार गर्दै आएका आफूजस्ता व्यापारीको व्यापारमा पनि कमी आएको उनी बताउँछन् । ‘मान्छेहरु समान्य नुन, तेल, सोडा, साबुन लिन मात्रै गौरीफन्टा जान्थे । स्थानीय मान्छेको चहलपहलले हाम्रो पनि सानोतिनो व्यापार हुन्थ्यो,’ विकले भने, ‘सरकारले १०० रुपैयाँको सामानमा पनि कर लाउने भनेपछि किनमेलका लागि पारी जानेहरु घटेका छन् । स्वाभाविक रुपमा यसले हाम्रो व्यापारमा पनि असर देखिएको छ ।

 

सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको तथ्यांकअनुसार १ वैशाखमा गौरीफन्टा नाका भएर २३४ चार पांग्रे सवारीसाधन आवतजावत गरेका थिए । २ वैशाखमा २३२, ३ वैशाखमा १९७ र ४ वैशाखमा २०७ सवारीसाधन मात्र आउजाउ गरेको पाइएको छ । सीमा नाकामा मानिस र सवारीसाधन आवागमन मात्रै नभएर भारतबाट अवैध रुपमा हुने चोरी पैठारी समेत नियन्त्रणमा आएको सशस्त्र प्रहरीले बताउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल इरानसँग पराजित
नेपाल इरानसँग पराजित
आशा भोसलेको पाँच दशकको लामो सांगीतिक यात्रा : २० भाषामा १२ हजार गीत
आशा भोसलेको पाँच दशकको लामो सांगीतिक यात्रा : २० भाषामा १२ हजार गीत
प्रधानमन्त्रीको भूमिका प्रभावकारी भएन : कांग्रेस प्रवक्ता महत
प्रधानमन्त्रीको भूमिका प्रभावकारी भएन : कांग्रेस प्रवक्ता महत
स्रोत नखुलेको भारतीय ५ लाख रुपैयाँसहित एक पक्राउ
स्रोत नखुलेको भारतीय ५ लाख रुपैयाँसहित एक पक्राउ
महिला टी २० विश्वकप छनोट : हङकङसँग भिड्दै नेपाली टोली
महिला टी २० विश्वकप छनोट : हङकङसँग भिड्दै नेपाली टोली
सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा
सोनापुर मिनरलले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता पहिलो किस्ता, पुनः जडान भयो विद्युत सेवा
आज विप्लवले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने
आज विप्लवले जेनजी पुस्ताका युवाहरुसँग छलफल गर्ने
तुइनखोलामा पहिरो खस्यो, पन्छाउन एक घण्टा लाग्ने
तुइनखोलामा पहिरो खस्यो, पन्छाउन एक घण्टा लाग्ने
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
६ घण्टा छलफलपछि राति एकताको सन्देश दिँदै एउटै कारमा बाहिरिए रवि–बालेन
६ घण्टा छलफलपछि राति एकताको सन्देश दिँदै एउटै कारमा बाहिरिए रवि–बालेन