१४ अंक बढ्यो सेयर बजार, आधा घट्यो कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आषाढ ३१, २०८३
|
|
२५३ पटक हेरिएको
Shares
१४ अंक बढ्यो सेयर बजार, आधा घट्यो कारोबार

सारांश

  • अघिल्लो दिन ६.
  • ११ अंक बढेको सेयर बजार बधुबार १४ अंक बढेको छ ।
  • सो वृद्धिपछि नेप्से २५९० अंकमा कायम भएको छ ।

३१ असार, काठमाडौं ।

अघिल्लो दिन ६.११ अंक बढेको सेयर बजार बधुबार १४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २५९० अंकमा कायम भएको छ । आज दिनभर बजार हरियोमै रह्यो । आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा आधा घटेको छ । अघिल्लो दिन ८ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ४ अर्ब १६ करोडमा सीमित भयो । अघिल्लो दिन ऋणपत्रको मात्रै ४ अर्ब ७६ करोडको कारोबार भएकोमा आज यो रकम १ अर्ब ३२ करोडमा खुम्चियो, जसले गर्दा समग्र कारोबार प्रभावित भएको हो । अघिल्लो दिनको कारोबार रकम वैशाख ३ यताकै उच्च थियो । आज १९१ कम्पनीको मूल्य बढ्दा ६४ को घट्यो भने १९ को स्थिर रह्यो । अधिकांश समूहगत सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरै १.३७ प्रतिशत बढ्यो ।

बैंकिङ ०.७४, फाइनान्स ०.५०, होटल तथा पर्यटन ०.६१, जलविद्युत् ०.४७, जीवन बीमा ०.५४, उत्पादन तथा प्रशोधन ०.५७, माइक्रोफाइनान्स ०.२७, निर्जीवन बीमा १.०३, अन्य ०.३७ प्रतिशत तथा व्यापार ०.६० प्रतिशत बढे । लगानी ०.४६ प्रतिशत घट्यो । नारायणी डेभलपमेन्ट बैंकको मूल्य ८.४० तथा थ्रीस्टार हाइड्रोपावरको ६.२१, सागर डिस्टिलरीको ६.०३, भुजुङ हाइड्रोपावरको ४.७२ प्रतिशत मूल्य बढ्यो । उपकार लघुवित्तको मूल्य ७.३२ प्रतिशत घट्यो । कर्पोरेट डेभलपमेन्टको ३.०६, तथा आत्मनिर्भर लघुवित्तको ३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा सिद्धार्थ बैंक, आँखुखोला जलविद्युत्, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीको मूल्य आज पनि स्थिर
सुनचाँदीको मूल्य आज पनि स्थिर
फरार दुर्गा प्रसाईंको सरकारलाई चुनौती: ‘२४ घन्टाभित्र मलाई र राजालाई थुनेर देखाऊ’
फरार दुर्गा प्रसाईंको सरकारलाई चुनौती: ‘२४ घन्टाभित्र मलाई र राजालाई थुनेर देखाऊ’
सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
सुक्खा पहिरो खस्दा दाउन्नेमा यातायात सेवा अवरुद्ध
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना
गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना
अनुसन्धान र नवप्रवद्र्धनको लागि बलियो मन्त्रालय बनाउन महावीर पुनको सुझाव
अनुसन्धान र नवप्रवद्र्धनको लागि बलियो मन्त्रालय बनाउन महावीर पुनको सुझाव
जेनजी आन्दोलनमा मृ*त्यु हुनेको संख्या ७२ पुग्यो
जेनजी आन्दोलनमा मृ*त्यु हुनेको संख्या ७२ पुग्यो
‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमर्मबमोजिम आगामी बजेट आउनुपर्छ’
टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
टिकटक प्रतिबन्धको निर्णय कार्यान्वयन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
महिला पिएम कप – कोशीलाई हराउँदै आर्मी सुपर फोरमा
महिला पिएम कप – कोशीलाई हराउँदै आर्मी सुपर फोरमा
झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए
झापामा सात सय ७६ घरेलु तथा साना उद्योग थपिए
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...